Monday, 12 October 2015

एमालेमा मन्त्री हुन चाहनेको लर्को, वामदेव फेरि र्याल काढ्दै

काठमाडौं । एमालेको तर्फबाट पटकपटक सरकारको नेतृत्व गरेका वामदेव गौतमले चौथोपटक पनि सरकारमा जान र्याल काढेका छन् । आजको तरुण साप्ताहिकमा खबर छ–गृहमन्त्रीका रुपमा चौतर्फी आलोचित बनेका गौतमले प्रधानमन्त्री एवं अध्यक्ष केपी ओलीसँग अब अन्तिम पटकका लागि मौका दिन आग्रह गरेको बालकोट निकट स्रोतको दाबी छ । स्रोतका अनुसार बालकोट पुगेर गौतमले ‘अब पार्टीमा मेरो कार्यकाल यत्ति हो, फेरि सरकारमा पनि हुन्न, यसपटक तपाईंको नेतृत्वमा बसेर काम गर्न इच्छा छ’ भन्दै फेरि मन्त्री हुने इच्छा देखाएका हुन् । एमालेले गृह मन्त्रालय नपाउने निश्चित भए पनि उनले उर्जा मन्त्रालयतर्फ ध्यान केन्द्रित गरेका छन् । बालकोट स्रोतका अनुसार प्रथम उपप्रधानमन्त्रीसहित कृषि या उर्जा मन्त्रालय पनि रोजेका थिए । गौतमले यसपटक आफ्नो तर्फबाट दुई जनालाई मन्त्री बनाउन अध्यक्ष ओलीसँग माग गरेका छन् । गौतमलाई मन्त्री बनाए पार्टीमा विद्या भण्डारीलाई कार्यवाहक दिन सजिलो हुने भएकोले पनि अध्यक्ष ओलीले छलफल अघि बढाएको बुझिएको छ । सासद नभएका नेतालाई मन्त्री बन्ने बाटो नै रोकेपछि एमालेमा पदाधिकारीबाट दुई नेतालाई मन्त्रिपरिषद्मा सामेल गर्न र अरु तकाल नेतालाई स्थान दिने मनस्थिति ओलीले बनाएका छन् । पार्टी उपाध्यक्ष भीम रावललाई मन्त्री हुन नदिन सुदरपश्चिमका ओली समूहकै कार्यकर्ता अरोरात्र खटिएका छन् । तर, ओलीले उनलाई सन्तुलन मिलाउन पनि सरकारमा लान सक्ने बताइन्छ । उपमहासचिव विष्णु पौडेललालई मन्त्री बनाउने कसरत भएको छ । एमालेले अर्थमन्त्रालय पाउने भएका कारण माधव नेपाल प्रधानमन्त्ती हुँदा अर्थमन्त्री बनेका सुरेन्द्र पाण्डेको पल्लाभारी छ । पाण्डे अर्थमन्त्री बन्ने निश्चित भएपछि महासचिवमा आफूसित प्रतिस्पर्धा गरेका कारण ईश्वर पोखरेलले उनलाई रोक्न कोशिस गरिहेको स्रोतको दाबी छ । अग्नी खरेल, प्रकाश ज्वाला, दिपक कार्की, गणेशसिंह ठगुन्ना, बैजनाथ थारुका लागि पनि नेताहरुले लबिङ गरिरहेको छन् ।

No comments:

Post a Comment