Tuesday, 20 October 2015

शरीरका मांसपेशी किन बाउँडिन्छ , बाउँडिदा के गर्नु पर्छ?

शरीरको कुनै मांसपेशीमा अचानक चर्को दुखाई आएर उक्त मांसपेशी केहि बेरसम्म चलाउन नसक्ने हामी सबैले भोेगेको हुनुपर्छ। कहिलेकाहिँ राती गहिरो निन्द्रामा भएको बेला वा बाटो हिँडिरहेको बेला पनि यसरी अचानक हाम्रो मांसपेशी बाउँडिने गर्छ। प्राय शरीर निर्जलीकरण हुँदा अथवा रगतमा सोडियमको कम मात्रा हुँदा शरीरका मांसपेशी बाउँडिने गर्दछन्। कतिपय अवस्थामा मांसपेशीको सहनशक्ति भन्दा बढि बल लगाउँदा पनि यस्तो हुन सक्छ। मांसपेशी बाउँडिदा कहिले कम दुख्छ तर कहिले सहनै नसक्ने गरि पनि दुख्न सक्छ। मांसपेशी किन बाउँडिन्छन्? मांसपेशी बाउँडिनको मुल कारण हाम्रो मांसपेशीलाई धेरै लामो समयसम्म कुनै कार्यमा प्रयोग गर्नु वा कुनै एक अवस्थामा स्थिर राख्नु हो। यी दुवै अवस्थामा हाम्रो मांसपेशी र स्नायु प्रणाली बिच निरन्तर सम्पर्क भईरहेको हुन्छ। यो प्रणाली शरीरमा भएको जल स्तर र रगतमा भएको सोडियमको मात्रामा आधारित हुन्छ। यी पक्षहरुमा केहि असामान्य परिवर्तन भयो भने सो प्रणालीमा खराबी आउन सक्छ जसले गर्दा मस्तिस्कबाट पठाइने तरङ्गहरु असामान्य ढंगले मांसपेशीमा पुग्न सक्छ र मांसपेशी बाउँडिन सक्छ। मांसपेशी बाउँडिदा के गर्नु पर्छ? मांसपेशी बाउँडिदा आत्तिनु हुन्न। बाउँडिएको अवस्थामा उक्त मांसपेशी भएको भाग मालिस गर्दा दुखाई कम गर्न सकिन्छ। धेरै मात्रामा पानी खाएर पनि यो अवस्था टार्न सकिन्छ। मांसपेशी बाउँडिनबाट बच्नको लागि शरीरमा जलको मात्रा र रगतमा सोडियमको मात्रा स्थिर हुनपर्छ। यसको लागि सहि तरल पदार्थको सेवन, सोडियम भएको खानेकुरा जस्तै अचारको सेवन र शारीरिक व्यायाम गर्दा उपयुक्त हुन्छ।

No comments:

Post a Comment