Monday, 19 October 2015

रातको समयमा गर्न नहुने यी दुई कुरा

हाम्रो सफलताको पछि सकारात्मक र नकारात्मक पक्षको प्रभाव हुने गर्छ । यदी हाम्रो वरिपरी नकारात्मक पक्षको प्रभाव हुने हो भने त्यसले हामे सफलतामा पनि त्यति नै प्रभाव पार्दछ । हामी सुत्ने क्रममा भूलवस यस्ता कामहरु गर्छौ जुन हामीलाई गर्नु हुँदैन । यी कामहरु यस्ता पनि हुन्छन् जसले नकारात्मक पक्षलाई बढावा दिने गर्छन् । ऋषिमुनीका अनुसार प्रकृतिमा हरेक कामका लागि सकय हुन्छ । जुन समयमा हामीले त्यही काम गर्नुपर्छ । नत्र त्यो हाम्रा लागि खतरनाक सावित पनि हुन सक्छ ।यदी तपाईले ध्यान दिनु भएको छ भने थाहा पाउनु भयो होला कि मानिस रातिमा पनि पूजा गर्ने गर्छन् । यसो गर्नुको काराण हो हामी भित्र केही सकारात्मक पक्षको विकास होस् । आज हामी यसतो केही कुरा भन्दे छौँ जसलाई स्त्री र पुरुषले भुलेर पनि गर्नु हुँदेन । 

१. श्रृंगार नगर्नुः रातको समयमा नुहाएर सेन्ट अथवा डियो लगाएर विस्तारामा जानु हुँदैन । शास्त्रका अनुसार रातिमा सुगन्धित पदार्थ लगाउनाले प्रतिकुल असर पर्छ । यसो गर्नाले हाम्री भित्रको सकारात्मकतामा कमी आउन सक्छ र नकारात्मकतामा परिणत हुन जान्छ ।

 २. कपाल छाडेर नसुत्नुः कपालले महिला र पुरुष दुबैको सौन्दर्यतालाई बढाएको हुन्छ । महिलाको कपालको सज्दर्भमा पनि विभिन्न कुराहरु हामी सुन्छौँ । केही महिलाको रातिमा आफ्नो कपाल खोलेर सुत्ने बानी हुन्छ । तर, शास्त्रका अनुसार रातिमा कपाल खोलेर सुत्नु गलत मानिन्छ । खुला कपालले नकारात्मकता पैदा गर्ने र यसले भाग्यमा समेत असर पर्ने बताइन्छ । एजेन्सी

No comments:

Post a Comment