भदौ ७ । के तपाई आफ्नो मोटो पनले गर्दा समस्यामा हुनुहुन्छ ? चिन्ता नगर्नुहोस्, शरीर मोटो र दुब्लो हुनु चिन्ताको विषय होइन शरीर स्वस्थ हुनु चाहिँ आवश्यक हो । मोटोपनाले केही असहज पैदा गर्छ नै यस कारण शरीरको तौल सन्तुलनमा राख्नु अति आवश्यक छ । हामीलाई थाहा भएकै कुरा पनि हो– यदि तौल घटाउनु छ भने ऊर्जाको सन्तुलन सधैँ ऋणात्मक हुनै पर्छ । तर दुब्लाउनु छ भने ऊर्जाको आयात (खानपिन) घटाउने तथा ऊर्जाको खपत (उपयोग) बढाउनुपर्ने हुन्छ ।
तौल घटाउने सजिला घरायसी उपायहरु : * एक समयमा नियमित पानी पिउनुहोस् । जसले गर्दा मेटाबोलिजम बढ्छ र शरीरबाट विषालु पर्दाथ बाहिर निस्कन्छ । पानी पिउनाले पनि शरीर स्वस्थ रहन सहयोग पुर्याउँछ ।
* खेलकुद अथवा व्यायाम एउटा मात्रै अति नै प्रभावकारी उपाय हो, जसले स्फूर्ति बढाउँछ, स्वस्थ बनाउँछ, रक्तचाप तथा चिनीरोगविरुद्ध लड्ने शक्ति प्रदान गर्छ । व्यायाम र खेलकुद गर्ने व्यक्ति चलायमान हुन्छ । यसले तौल नियन्त्रण गरी निरोगितातिर डोर्याउँछ । त्यसैले व्यायाम र खेल खेल्न अल्छी मान्नुहुँदैन ।
* जूसको सट्टा फलफूल आनाले पनि तौल कम गर्न सकिन्छ । फलले जुसको तुलनामा भोक पनि कम गर्छ । फलमा घुलनशील फाइबरको मात्रा बढी हुन्छ । त्यसैले प्रत्येक दिन दुइपटक फलफुल खानुहोस ।
* तौल घटाउन क्यालोरीयुक्त खाना कम गर्नुपर्छ । त्यसैले अल्कोहलको सेवन कम गर्नुस किनभने हरेक पल्टको अल्कोहल सेवनमा तपाइले १०० देखी १५० क्यलोरी खानुहुन्छ ।
* उमेर अनुसारको खानपान गर्नुहोस् । बढ्ने उमेरमा खानाको आवश्यकता बढि पर्ने भएपनि ४० वर्ष नाघिसकेकाहरुले भने चिकित्सकहरुको सल्लाहहनुसार मात्र खाना खानु उपयुक्त हुन्छ ।
* हरेक बिहान हल्का मनतातो पानीमा कागती र मह मिसाएर सेवन गर्ने गर्नुहोस् यसले तौल कम गर्न सहयोग गर्छ ।
No comments:
Post a Comment