Tuesday, 20 October 2015

बाथ रोग र यसका लक्षणहरु.......

के तपाईको हाड, जोर्नी, नशा, मांशपेशी आदि दुख्ने समस्या छ ? यदि त्यस्तो समस्या छ भने तपाइले बुझ्नुहोस् कि तपाइलाई बाथ रागले समातेको छ । वाथ साधारण भाषामा रोगलाई बुझाउने एउटा शब्द मात्र हो । बाथ भन्नाले एउटा रोग भन्ने मात्र बुझिदैन । बाथ धेरै किसिमको हुन्छ । चिकित्सा विज्ञान तथा मेरो लामो अनुभवमा बाथरोग सय भन्दा बढी प्रकारका हुन्छन् । त्यसमध्ये हड्डी खाने बाथरोग,मासु खाने बाथरोग,नशा खाने बाथरोग र मुटु खाने बाथरोग भने मुख्य हुन् ।

अरु कुनै संक्रमण तथा रोग सँग पनि बाथ सम्बन्धीत हुने गर्छ । बाथरोग हाड, जोर्नी, हाडरोग, नशा, छाला, ढाड, कम्मर, आँखालगायत शरीरको कुनै पनि भागबाट बाथ उत्पन्न हुनसक्छ । पुरुष भन्दा महिलालाई बढी हुने यो रोग जन्मेको बच्चादेखि ८०–९० वर्षको व्यक्तिलाई जुनकुनै बेला पनि हुनसक्छ ।

 महिलामा महिनावारी सुकेपछि, पाठेघर फालेपछि र ४० वर्ष काटेपछि वाथरोग लाग्ने संभावना बढी हुन्छ । १५ वर्षदेखि कम उमेरका बालबालिकालाई हुने बाथरोगलाई जुभिनाईल ग्रुप अर्थात चाइल्डहुड अथराइटिसको ग्रुपमा राखिन्छ । वाथ साधारणतया कुनै जिवाणु तथा किटाणुले हुने रोग होईन । यो अटो इम्युन प्रोसेसबाट हुने रोग हो ।

 बाथरोगका लक्षण

 गर्भ तुहिने, श्वास लिन गाहे हुने

 ज्वरो आउने,कपाल झर्ने,मुखमा घाउ हुने

छाती दुख्ने, खकारमा रगत आउने

 शरीरको कुनै भागको हाडजोर्नी,घाँटीको हड्डी दुख्ने ।

 पाखुरा, कुईनो , हातका औला कम्मर दुख्न

घुँडा, कुर्कुच्चा, गोलीगाँठा, पाईतला, दुख्ने ।

 कसैको केही भाग तथा कसैको सम्र्पूण शरीर दुख्छ ।

 शरीरमा निला, राता, डाम आउने, ९जसलाई केही मानिसहरु बोक्सीले टोकेको पनि भन्छन्

 हड्डी सुनिने चिसोपानीमा हात राख्दा छालाको रंग परिवर्तन भई सेतो , निलो वा रातो हुने

 मुटु काम्ने निद्रा नलाग्ने खुट्टा झमझम गर्ने , पोल्ने , सिल्को हान्ने,

 अनुहारमा पुतलीको प्वाख जस्तो रातो डाम आउने छाला विस्तारै विस्तारै तन्किदै जाने र कडा हुने, आदि

No comments:

Post a Comment