काठमाडौं, १ कात्तिक । मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका महासचिव रामजनम चौधरीले मन्त्री पदको सपथ लिएका छन् । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा उनी मन्त्री बनेका हुन् । उनको मन्त्रालयको टुङ्गो लागेको छैन् । उनको पार्टीबाट यसअघि अध्यक्ष विजय गच्छदार उपप्रधानमन्त्री बनिसकेका छन् । महासचिव चौधरी कैलाली क्षेत्र नम्बर ३ का सांसद हुन् । यसैबीच भदौ ७ गते एसएसपी सहित ९ जनाको ज्यान जानेगरी कैलालीको टीकापुरमा भएको हिंसात्मक घटनाको मुख्य योजनाकारको आरोप चौधरीलाई लागेको थियो । टीकापुरको स्थानीय स्रोतका अनुसार चौधरीकै घरबाट घरेलु हतियार बोकेर आन्दोलनकारीले प्रहरीमाथि आक्रमण गरेका थिए । प्रहरी हत्याको योजना बनाएको आरोप लागेका चौधरीलाई ओली सरकारले मन्त्री बनाएको हो ।
I would like to report news, comedies, sports, health......all kind of activities in my page for all of you!!!
Sunday, 18 October 2015
टीकापुर हत्याकाण्डका ‘योजनाकार’ रामजनम चौधरीले मन्त्री पदको सपथ लिए ...
काठमाडौं, १ कात्तिक । मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका महासचिव रामजनम चौधरीले मन्त्री पदको सपथ लिएका छन् । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा उनी मन्त्री बनेका हुन् । उनको मन्त्रालयको टुङ्गो लागेको छैन् । उनको पार्टीबाट यसअघि अध्यक्ष विजय गच्छदार उपप्रधानमन्त्री बनिसकेका छन् । महासचिव चौधरी कैलाली क्षेत्र नम्बर ३ का सांसद हुन् । यसैबीच भदौ ७ गते एसएसपी सहित ९ जनाको ज्यान जानेगरी कैलालीको टीकापुरमा भएको हिंसात्मक घटनाको मुख्य योजनाकारको आरोप चौधरीलाई लागेको थियो । टीकापुरको स्थानीय स्रोतका अनुसार चौधरीकै घरबाट घरेलु हतियार बोकेर आन्दोलनकारीले प्रहरीमाथि आक्रमण गरेका थिए । प्रहरी हत्याको योजना बनाएको आरोप लागेका चौधरीलाई ओली सरकारले मन्त्री बनाएको हो ।
Labels:
समाचार
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment