Thursday, 22 October 2015

भारतले सत्तामा बिहारीको पकड चाहन्छ – भरत दाहाल

बाम विश्लेषक भरत दाहालले भारतले बिहारीहरु सत्तामा हाली मुहाली गर्ने गरी प्रस्ताव अघि सारेको दावी गरेका छन् । कमल थापा शुत्र असफलः अव ओलीका विकल्प के उनको भनाइमा कर्णाली र काेशी उच्च बाँध, नागरीकता, समान जनसंख्याका अाधारमा निर्वाचन क्षेत्र निर्धारण, सत्तामा बिहारीहरूकाे पकड र समानुपातिक समावेशि प्रतिनिधित्वका नाममा प्रशासनिक तहमा भारतीय नागरीकहरूकाे सर्व व्यापकताकाे ग्यारेन्टी त्यसकाे नाकाबन्दीका तात्कालिक कारणहरू हुन् । केपी ओलीले पनि सुशील कोइरालाकै पदचाप खोजिरहेको भन्दै उनले ‘काइते राष्ट्रवाद’ नदेखाउन आग्रह समेत गरेका छन् । भारतको षडयन्त्र अनुसार मधेशी समुदायबाट राष्ट्रपति बनाउने कुरा भैरहेकोमा आपत्ति जनाउँदै उनले महन्त ठाकुरको सट्टा महेश चौधरी र उपराष्ट्रपतिका लागि अमिक शेरचन उपयुक्त पात्र भएको सुझाव दिएका छन् ।

No comments:

Post a Comment