Thursday, 22 October 2015

किन बन्यो यो तस्बिर इन्टरनेटमा भाइरल ?

एजेन्सी – पछिल्लो समय आमाहरुले आफ्ना नानीबाबुलाई दुध चुसाएको तथा आफ्ना शरीरका स्तन देखाएको तस्बिरलाई सामाजिक सञ्जालमा सार्वजनिक गरी सम्प्रेण गर्ने कार्य सामान्य बनेको छ । तर, पछिल्लो पटक भने एउटा यस्तो तस्बिर सार्वजनिक भएको छ, जो इन्टनेटमा केही घन्टामा नै विश्वभर भाइरल बनेको छ । बच्चा जन्माउँदा शल्यक्रिया गर्दाको घाउको दाग, नवजात शिशु र महिलाको गुप्तांग समेत देखिने गरी खिचिएको यस तस्बिर सामाजिक संजालमा भाइरल बनेको हो । फोटोग्राफर हेलेन एलेरद्धारा खिचिएको यस श्याम श्वेत तस्बिरमा शल्यक्रिया गर्दा खेरी भएको घाउको खतले सांकेतकि रुपमा एक अज्ञात आमा र नवजात शिशुलाई बचाएको उल्लेख गरिएको छ । यो तस्बिरको प्रभाव त्यतिबेला बढ्यो जब उनले आफ्नो फेसबुक पेजमा नै सेयर गरिन् । तस्बिरलाई लाखौ मानिसहरुले हेरेका छन् भने तस्बिरको हजारौंले सेयर समेत भएको छ । ‘एक महिलाले बच्चा जन्माउँदा मैले यो तस्बिर लिएकी हुँ । सी सेक्सन गर्दा ती महिला आफू निकै भयभित भएकोे बताएकी थिइन्,’ हेलेनले भनिन् । । ‘ गत साता उनलाई सुत्केरी व्यथा लागेको थियो । तर, जटिल अवस्थाका कारण उनको आकस्मिक सी सेक्सन गर्न्ुप¥यो । ‘उनले मलाई बोलाएर आफूलाई र शिशुलाई नै बचाएको भन्दै तस्बिर खिच्न आग्रह गरिन्,’ फोटोग्राफर महिलाले भनिन् । सी सेक्सनलाई निकै सम्वेदनशिल विषय मानिन्छ । यस तस्बिरमा देखिएकी जस्तै अन्य गर्भवती महिलाले स्वभाविक रुपमा यौनांगबाट बच्चा नजन्माउँदा आफूले जन्म नै नदिएको जस्तो समेत बताउने गरेको बताइन्छ । यो प्रविधिले महिलालाई प्रसव पिडाका क्रममा ज्यान जोगाउनबाट समेत बचाएको छ । केही मानिसहरुले सामाजिक सञ्जालबाट समेत हटाउन सुरु गरेको जनाइन्छ । कतिपयले ती महिलाको कदमको आलोचना गरेका छन् । बच्चा जन्माउन हुन पीडा सहन नसकेर अमेरिका र बेलायतमा सी सेक्सन प्रविधिको प्रयोग निकै बढेको बताइन्छ ।

No comments:

Post a Comment