I would like to report news, comedies, sports, health......all kind of activities in my page for all of you!!!
Sunday, 18 October 2015
डिआईडी सिजन ५ का उपविजेता तामाङले खोले आफ्नो सफलताको रहस्य (भिडियो सहित)
काठमाडौं, १ कात्तिक । भारतीय चर्चित रियालिटी शो डान्स इण्डिया डान्स (डीआईडी) सिजन पाँचमा फस्ट रनरअप (उपविजेता) बनेका नेपाली निर्मल तामाङले सफलता हात पार्न निरन्तरको लगाव, आत्म विश्वास, दृढ संकल्प आवश्यक रहेको बताएका छन् । नुवाकोटका २३ वर्र्षीय तामाङले आफ्नो क्षमता देखाएर उत्कृष्ट १० भित्र परेका थिए भने त्यसपछि भोटिङका आधारमा फस्ट रनरअप सम्मको यात्रा तय गरे । आफ्नो सफलताको जस सबै नेपाली, रियालीटी शो सञ्चालन गरेको जी टिभी तथा जजहरुलाई दिएका उनले निकै जोखिम मोलेर प्रतिस्पर्धा गरेको मिडिया एनपीसँग स्मरण गरे । दैनिक २० घण्टा अथक रुपमा मिहेनत गर्नुपर्दा समेत आफ्नो उद्देश्यमा निरन्तर लाग्दा आजको सफलता हात परेको उनको भनाइ छ । ‘टिभीमा हेरेर दर्शकले मुल्यांकन गर्छन, यो स्वभाविक पनि हो,’ उनले भने, ‘तर पर्दा पछाडि कडा परिश्रम गर्नु पथ्र्याे । कहिले काहीँ हातबाट रगत समेत बग्थ्यो ।’ बैसाखमा गएको शक्तिशाली भूकम्पका कारण पारिवारीक सदस्य गुमाउँदाको पीडाले केही समय आफ्नो प्रस्तुतिमा असर गरे पनि आफूलाई नियन्त्रण गर्न सकेको तामाङले आफ्नो दुखद् अवस्था सुनाए । आफ्नो उद्देश्यबाट विचलित नभइ निरन्तर लाग्दाको परिणाम फस्ट रनरअपको ताज पहिरिन सफल भएको बताएका उनले भने, ‘फस्ट रनरअपको घोषणा गर्दा जति खुशी थिएँ , त्यत्तिकै त्रिभुवन विमानस्थलबाट बाहिरीदैँ गर्दा नेपालीहरुले देखाएको सद्भावले भएँ ।’ आफूले अपेक्षा गरेको भन्दा पनि धेरै नेपालीहरुले आफ्नो प्रशंसा गरेको खुशी लागेको उनको भनाइ छ । मुलुकको नाम राख्न पाएकोमा खुशी र गौरवको अनुभूति गरेका तामाङले नेपालमा धेरै क्षमतावान डान्सरहरु रहेपनि उनीहरुले आफ्नो क्षमता प्रदर्शन गर्ने स्थान नपाएको उनले बताए । यसमा राज्य तथा सरोकारवालाहरुले ध्यान दिनु पर्ने तामाङको सुझाव छ । केही समय अफर भए अनुसार विदेशमा गएर आफ्नो प्रस्तुति देखाउन र त्यसपछि नुवाकोटमा चार वर्ष देखि खोलिएको डान्स सेन्टरबाट नयाँ पुस्तालाई नृत्य प्रशिक्षण गर्न भावी योजनाका बारे तामाङले खोले ।
Labels:
मनोरञ्जन
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment