१- आँखाको तेजमा असल : गाईको ध्यूमा एघार दाना मरिच खराउनु, रातो भएपछी झिकेर चोलो पारी वेसरी चपाई खाई घ्यू पिउनू। यो क्रम केही दिन चलाए आँखाको तेज(ज्योति) बढ्दछ।२- ग्रीष्म-ज्वरमास: मरिच र तुलसीको पात बराबर राखेर बेसरी पिस्ने र मरिचको दाना जत्रै गोली बनाएर चार/चार गोली दिनको तीन पल्ट खाए ग्रीष्म ज्वरो हराउँछ।
३- आँखा दुखेमा: घ्यू दश ग्राम, देशी चीनी पन्ध्र ग्राम, मरिच एघार दाना पिसेर चाट्ने गरे आँखा दुख्ने निको हुन्छ।
४- रूघाखोकीमा: दुई ग्राम मरिच र एक ग्राम विरेनूनको धूलो पारेर बिहान बेलुका खानाले रूघा खोकी निको हुन्छ।
५- रक्त/प्रदर, स्वेत/प्रदर: पीपलको बोक्राको खरानी ५ ग्राम, मिश्री दश ग्राम र मरिच तीन दाना बासी पानीसित खाए केही दिनमा रक्त प्रदर र स्वेत प्रदर ठीक हुन्छ।
६- बढि निन्द्रामा: मरिच चबाउनु बा मरिचको धूलो सुर्मा लगाए जस्तै आँखामा लगाए निन्द्रा हराउँछ। ७- बालकको मूर्च्छामा: पाँच ग्राम मरिच महसित चटउने गरे बालकको मूर्च्छा निको हुन्छ।
८- पक्षघात: लकवामा मरिचका चूर्ण बनाएर मिश्रीसित खाए पक्षघातमा लाभ हुन्छ।
९- कामजोरमा: ती ग्राम मरिच २० ग्राम घ्यू पिसेर मालिश गरे जाडो भएर आउने कामजरो ठिक हुन्छ।
१०- अतिसार(पखाला)मास: एक ग्राम मरिच, आधा ग्राम हीङ र चौथाई ग्राम अफिम पिसेर जीरा पखला आराम हुन्छ।
No comments:
Post a Comment