मानसिक स्वास्थ्यलाभका लागि ध्यान र योग लन्डन– दिनदिनैको तनाव र दौडधुपका कारणले मानिसको शारीरिक र मानसिक स्वास्थ्यलाई प्रभावित पार्न सक्छ । शारीरिक र मानसिक स्वास्थ्यले पार्ने दीर्घकालीन असर कस्तो हुन्छ भन्नै पर्दैन तर खुसीको कुरा के छ भने केही विशेषज्ञहरुले भनेअनुसार गर्ने हो भने मानिसले आफ्नो फुर्ति ज्यूँका त्यूँ त राख्ने नै भयो शरीर र दिमागमा नयाँ ऊर्जा भर्न पनि सक्छन्। विशेषज्ञहरुले ध्यान, योग र आफ्नो पुरानो दैनिकी फेर्ने हो भने यसो गर्न सम्भव भएको बताएका छन् । दक्षिण क्यालिफोर्नियामा बिहीबार केही मानिसहरु सबेरै पाँच बजे निद्रालाई पाखा लगाउँदै समुद्र तटमा भेला हुन्छन् । भेला भएका यी सबै नाउमा योग गर्न जम्मा भएका हुन् । नाउमा गरिने योग जम्माजम्मी ४५ मिनेटको हुन्छ । यसमा गहिरो श्वास लिने र छोडने क्रिया गरिन्छ । यसपछिको दुई घण्टासम्म उनीहरु डेब्रेकर नामक एक किसिमको तीव्र संगीतमा उफ्रीपाफ्री गर्ने कार्यक्रममा सहभागी हुन्छन् । यहाँ देखिने उफ्रीपाफ्री हेर्दा गर्मीयामको छुट्टीमा केटाकेटीहरुले गर्ने मस्ती सम्झाउन सक्छ तर यसमा सहभागी केही मानिसहरु भने महिनामा दुई पटक आफ्नो दैनिक काम सुरु गर्नुअघि यसरी उफ्रनुलाई सौभाग्य नै ठान्छन् । डेब्रेकरको अर्थ बिहान तपाईंले पाउने त्यो गतिशीलतासँग सम्बन्धित छ, जुन तपाईंले आफ्नो दैनिकी सुरु गर्न चाहनुहुन्छ । यो चलन लस एन्जल्सको मात्र भने होइन । यसको सुरुवात त न्युयोर्क सहरको युनियन स्क्वायरको कफी पसलमा भएको थियो । दुई वर्षभित्रै यो सोच संसारका आठ प्रमुख सहरहरुमा फैलियो । तेल अभिभ, लण्डन र साओ पाउलो तीमध्ये प्रमुख हुन् । लस एन्जल्स सहरमा ३० डलर तिरेर तपाईं योग अभ्यास र डान्स पार्टी दुवैमा सहभागी हुन सक्नु हुन्छ । दिनको सुरुवात पार्टीबाट ! यसमा सहभागी हुनेहरु यसलाई 'एक्सट्रिम वेकअप कल' भन्छन्। यसमा धेरै किसिमका अभ्यासहरु गर्नुपर्ने हुन्छ। यति गरिसकेपछि सहभागीहरुले दिनभर ऊर्जाशील महसुस गर्ने गर्दछन् र उत्पादनशील काम भएकोमा खुसी हुने गरेका छन्। डेब्रेकरका सहनिर्माता आन्द्रे हर्ड भन्छन्, 'यसको लक्ष्य दिनको रुटिनलाई उल्टो पारिदिनु हो । दिनभरिको व्यस्तता र बैठकहरुभन्दा पहिले केही मोजमज्जा र ऊर्जा अनुभव गर्नु नै यसको उद्देश्य हो।' यो पार्टीमा योग र मसाज प्रयोग गरिन्छ। यसको सुरुवात लन्डनमा भएको थियो। डेब्रेकरजस्तै यहाँ पनि मस्तिष्क र शरीरलाई नयाँ तरिकाले ताजा अनुभव गर्ने उपाय रचिन्छ। यसरी अमेरिकामा पनि इन्डोर साइक्लिङ फिटनेस चेन 'सोलसाइकल' –आत्माको चक्र) कम्पनीले पाएको सफलताका कारण गएको जुलाईदेखि सेयर जारी गरेको छ। यो कम्पनीको उद्देश्य नै शरीर, दिमाग र आत्मालाई सहयोग गर्नु रहेको बताइएको छ । यसको वेबसाइटका अनुसार राम्रा प्रशिक्षक, कम उज्यालो, मनमोहक ठाउँ र संगीतमय वातावरणमा रमाएर मानिसले आफूलाई सशक्त अनुभव गर्न सक्छन्। बिहान उठ्ने समय छैन? मोबाइल जिन्दाबाद तपाईंसँग बिहान उठ्ने समय छैन र डेब्रेकर अभ्यास अथवा मोर्निङ ग्लोरिविलजस्ता संस्थामा गएर उफ्रीपाफ्री गर्न भ्याउनु हुन्न भने, दुई घन्टे समय पनि कतिका लागि सम्भव छैन । यो बेला अधिकांश मानिसहरु बस या रेलमा यात्रा गर्ने, आफ्ना सन्तानहरुलाई विद्यालय पु¥याउने, घरपालुवा कुकुर वा बिरालालाई घुमाउन लैजानेजस्ता व्यस्त बनाउने क्रियाकलापमा हुन्छन् । यस्ता व्यक्तिलाई फुर्सद कहाँ ? यस्ता व्यस्तहरुलाई ध्यानमा राखेर बनाइएको एउटा स्मार्टफोन वा ट्याब्लेटमा डाउनलोड गर्न सकिने एप तयार पारिएको छ । यो एपलाई हेडस्पेस भनिन्छ र यसका संस्थापक हुन्, एन्डी पुड्डीकोम्ब हुन् । एन्डी भन्छन्, 'मजस्तो पाँचै बजे उठ्न सम्भव नहुनेहरुका लागि यो एप निकै प्रभावकारी हुन्छ ।' एन्डीले बौद्ध भिक्षु तालिम लिएका छन् र क्यालिफोर्नियाको सान्ता मोनिका क्षेत्रमा बस्छन् । उनको एप प्रयोग गरेर ध्यानको अभ्यास गर्ने हो भने १० देखि १५ मिनेटमै प्रयोगकर्ताको मस्तिष्क तरोताजा हुन्छ । रेल वा बसमा यात्रा गर्दागर्दै यो अभ्यास गर्न सकिने उनी बताउँछन् । 'ध्यान गर्नु भनेको कठिन काम हो र यसका लागि शान्त ठाउँ चाहिन्छ भन्ने भ्रम छ,' उनी भन्छन्, 'मेरो अनुभवका आधारमा के भन्न सक्छु भने रेलमा होस्, बसमा या व्यस्त एयरपोर्टमा पनि घरैमा जस्तो ध्यान गर्न सकिन्छ ।' एन्डी भन्छन्, 'तपाईंलाई राति राम्रोसँग निद्रा लागेन भने पनि काम सुरु गर्नुअघि मज्जाले केही मिनेट ध्यान गर्नुभयो भने तपाईंलाई ताजा बनाइदिन्छ ।' उनले यो एप सन् २०१२ मा बजारमा ल्याएका थिए । यो एप अहिलेसम्म ३५ लाख पटक डाउनलोड गरिसकिएको छ । एप डाउनलोड र फाउन्डेसन कोर्स सित्तैमा गर्न सकिने उनी बताउँछन् तर विशिष्ट कोर्सका लागि महिनाको १३ डलर तिनुपर्छ । दैनिक ध्यान गर्नाले दिमाग शान्त त हुन्छ नै यो एपका माध्यमले गरिने कतिपय सेसनको सहयोगले काम गर्ने क्षमतामा उच्च वृद्धि हुने उनको दाबी छ । 'यसले तपाईंको ध्यान र एकाग्रता उच्चस्तरको वृद्धि हुन्छ,' एन्डी भन्छन् । पछिल्ला समयमा आध्यात्मिक अभ्यास र ध्यान गर्ने क्रियाकलाप अमेरिका र युरोपमा निकै लोकप्रिय हुन थालेको छ । यसको मूल कारण चाहिँ ध्यानले दिने सकारात्मक मनोवैज्ञानिक र शारीरिक प्रभाव हुन्छ भन्ने वैज्ञानिक प्रमाण पाइनु पनि हो । लस एन्जल्सस्थित क्यालिफोर्निया विश्वविद्यालयका मस्तिष्क अनुसन्धाता डा. फ्लोरियन कुर्थ भन्छन्, 'जो व्यक्ति आध्यात्म वा ध्यान गर्छन् तिनले एकाग्रता, राम्रो स्मरणशक्ति, तिनको बोलीचाली र काममा निकै ठूलो फाइदा पाइरहेका छन् ।' मस्तिष्कको 'रिसेट बटम' कुर्थ भन्छन्, 'दैनिक रुपमा ध्यान गर्नाले तपाईंको दैनिक गतिविधिमा कार्य कुशलता आश्चर्यजनक तरिकाले बढ्छ ।' हेडस्पेस एपका संस्थापक एन्डी भन्छन्, '१०–१५ मिनेटसम्म ध्यान गर्नु भनेको तपाईंको मस्तिष्कको कम्प्युटर पुनः सञ्चालन गर्नुजस्तो हो । यसले तपाईंको काम गर्ने क्षमता अविश्वसनीय तरिकाले बढ्छ ।' विश्वविद्यालयको ब्रेन म्यापिङ सेन्टरमा कुर्थले केही सहयोगीहरुका साथ लामो समयदेखि ध्यानले दिमागमा गर्ने असरका बारेमा अध्ययन गरेका छन् । उनी भन्छन्, 'ध्यान गर्ने व्यक्तिले छदेखि आठ साताभित्रै मस्तिष्कमा सकारात्मक प्रभाव देखिन थाल्छ ।' हालै गरिएको एउटा अध्ययनअनुसार ध्यानको अभ्यासले वृद्धावस्थाका कारण मस्तिष्कमा हुने असर, ग्रे म्याटर घट्ने गति निकै कम हुन्छ । ग्रे म्याटर स्मरणसम्बन्धी गतिविधिहरुमा महत्वपूर्ण भूमिका खेल्ने गर्दछ । वैज्ञानिकहरुले वर्षौंसम्म ध्यान गर्ने ५० जना र ध्यान नगर्ने ५० जनाहरुमाझ एउटा अध्ययन गरेको थियो । अध्ययनले के देखायो भने ध्यान गर्ने व्यक्तिमा ग्रे म्याटरको क्षति सुस्त गतिमा हुन्छ भने ध्यान नगर्नेहरुको अलि बढी गतिमा हुन्छ । कुर्थ भन्छन्, 'ध्यान गर्नेहरुले निकै आनन्द महसुस हुने बताउँछन् र वैज्ञानिक शोध र अध्ययनले देखाएको आँकडाले पनि यो कुरालाई प्रमाणित गर्दछन् ।' ध्यानको बढ्दो लोकप्रियता त्यसो त ध्यान गर्नेहरुले नगर्ने भन्दा कत्तिको राम्रो काम गर्छन् भन्ने अध्ययन गरिएको छैन तर अफिस आउनेबित्तिकै केही पनि नगरी शून्य भावमा रहनेहरुले सामान्यतः राम्रो स्वास्थ्य देखिने गरेको छ । दिनदिनैको दौडधुपका बीच ध्यानबाट निकै फाइदा देखिन्छ । यस्तो अवस्थामा योगको कक्षा होस् या मोबाइल एपको प्रयोगबाट होस्, ताजा महसुस गर्ने बडो गज्जबको सोच हो । एन्डी भन्छन्, 'लामो समयदेखि हामीले शरीरलाई महतव दिँदै आयौं तर अब हामीले मस्तिष्कलाई पनि ध्यान दिनु र त्यसको रेखदेख गर्नु आवश्यक भएको स्पष्ट भएको
I would like to report news, comedies, sports, health......all kind of activities in my page for all of you!!!
Tuesday, 20 October 2015
मानसिक स्वास्थ्यलाभका लागि ध्यान र योग

Labels:
स्वास्थ्य समाचार
Subscribe to:
Post Comments (Atom)
2uxj3sfx
ReplyDeletecialis 100 mg satın al
kamagra jel
viagra eczane
cialis 5 mg satın al
cialis 20 mg eczane
sight care
glucotrust