दसैँमा काठमाडौँबाट धनुषा जान लागेका धनुषा धारापानी–७ का ३५ वर्षीय थोरमान थिङ बसको छतबाट खसेर गम्भिर भएका छन् । उनको अहिले चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । काठमाडाँैबाट सर्लाही जान आउँदै गरेको ना ५ ख ४०४८ नम्वरको बसको छतबाट खसेर उनी घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।गएराति भएको सो दुर्घटना चितवनको दारेचोक गाविस–३ लेवाटारमा उक्त दुर्घटना भएको प्रहरीले जनाएको छ । ईन्धन अभावका कारण धेरै गाडी नचलेकाले यसपाली चाडवाडमा घरजाने यात्रु जोखिम मोलेर गइरहेका छन् ।
No comments:
Post a Comment