Monday, 19 October 2015

बंगलादेशले भारतलाई भन्यो, ‘नेपालमाथिको नाकाबन्दी तत्काल हटाऊ’

काठमाण्डु, २ कात्तिक– बंगलादेशले नेपालमाथि लगाएको नाकाबन्दी तत्काल हटाउन भारतलाई आग्रह गरेको छ ।उसले नेपालमा भएको नाकाबन्दी नेपाल–भारत द्विपक्षीय मात्र नभई सार्क क्षेत्रकै मामला भएको पनि प्रष्ट्याएको छ । भारतीय पत्रिका द हिन्दूसँगको कुराकानीमा बंगलादेशका बाणिज्यमन्त्री टोफेल अहमदले नाकाबन्दी दक्षिण एसियाली सहयोग संगठन ‘सार्क’ बडापत्रविपरीत भएको बताएका हुन् । भारतीय नाकाबन्दी नेपालको मात्र नभई सार्क क्षेत्रकै समृद्धिमा आघात पुग्ने घटना भएको उनले बताए । ‘हामी भारतले नेपालमाथि गरेको नाकाबन्दीलाई नजिकबाट हेरिरहेका छौं’, अहमदले भनेका छन्, ‘यो नेपालका लागि मात्र होइन सार्ककै समृद्धिका लागि घातक छ ।’ अहमदले गत जुनमा नेपाल, भारत, बंगलादेश र भुनाटबीच बीबीआइएन ट्रान्सपोर्ट नेटवर्क निर्माणसम्बन्धमा भएको सहमति नाकाबन्दीले तोडेको स्पष्ट गरे ।

No comments:

Post a Comment