३ कात्तिक, काठमाण्डौ । नेपालमाथि अघोषित नाकाबन्दी गरिरहेको भारतले बीरगञ्ज नाका तत्काल नखुल्ने बताएको छ । बीरगञ्जमा रोकिएका इन्धनका ट्याङ्कर अन्य नाकाबाट भित्राउने उपाय पनि सही नभएको उसले बताएको छ । परराष्ट्रमन्त्री कमल थापाले भारत भ्रमण गरेर आएको भोलीपल्ट नेपालका लागि भारतीय राजदूत रणजीत रायले पत्रकार सम्मेलन गरी हजारौं आन्दोलनकारी सीमा नाकामा बसेर आन्दोलन गरिरहेको हुँदा तत्कालै नाका खुल्ने सम्भावना नरहेको बताए । रक्सौलमा अडकिएर बसेका सवारीलाई अन्य नाकाबाट नेपाल प्रवेश गराउने उपाय पनि सहज नभएको उनले बताए । अन्य नाकाहरु त्यति ठूलोमात्र सवारी थेग्न सक्ने नरहेको भन्दै उनले त्यसो गर्नु सही समाधान हुन नसक्ने बताए । तर, अन्य नाकाबाट दैनिक एक हजारसम्म सवारी साधन नेपाल प्रवेश गरिरहेको उनले बताए । मधेसमा भएको आन्दोलनकै कारण ढुवानी असहज भएको दोहोर्याउने राजदूत रायले भारतले नेपालमा कुनै प्रकार नाकाबन्दी नलगाएको र नाकाबन्दी लगाउनुपर्ने कुनै कारण नरहेको जिकिर गरे । नेपालले चीनबाट पेट्रोलियम पदार्थ आयात गर्ने तयारी थालेकोबारे सोधिएको प्रश्नमा राजदूत रायले भने-‘नेपाल सार्वभौम मुलुक हो, चीनबाट पनि ल्याउन सक्छ तर ढुवानी खर्च धेरै हुन्छ ।’ भारतले मधेससँग मात्र नभई सम्पूर्ण नेपालसँग सम्बन्ध मजबुद बनाउन चाहेको उनको भनाई थियो । सम्पूर्ण नेपालसँग नै रोटीबेटीको सम्बन्ध रहेको उनले बताए । तराईमा देखिएको राजनीतिक समस्याको समाधान खोजेसँग आवागमन सहज हुने उनको दावी थियो । सरकार र मधेसबादी दलहरुवीच वार्ता भइरहेको र संसोधन प्रस्ताव समेत दर्ता भइसकेको जानकारी आफुले पाएको भन्दै उनले छिटै समस्या समाधान हुनेमा आशाबादी रहेको बताए । इन्धन अभावमा नेपाली जनताले दुःख पाइरहेका छन, तपाईहरुले पाइरहनुभएको होला नी भन्ने प्रश्नमा राजदूत रायले भने- ‘हामीले पनि तपाईहरुले जस्तै समस्या भोगिरहेका छौं ।’
I would like to report news, comedies, sports, health......all kind of activities in my page for all of you!!!
Tuesday, 20 October 2015
बीरगञ्ज नाका तत्काल खुल्दैनः भारतीय राजदूत
३ कात्तिक, काठमाण्डौ । नेपालमाथि अघोषित नाकाबन्दी गरिरहेको भारतले बीरगञ्ज नाका तत्काल नखुल्ने बताएको छ । बीरगञ्जमा रोकिएका इन्धनका ट्याङ्कर अन्य नाकाबाट भित्राउने उपाय पनि सही नभएको उसले बताएको छ । परराष्ट्रमन्त्री कमल थापाले भारत भ्रमण गरेर आएको भोलीपल्ट नेपालका लागि भारतीय राजदूत रणजीत रायले पत्रकार सम्मेलन गरी हजारौं आन्दोलनकारी सीमा नाकामा बसेर आन्दोलन गरिरहेको हुँदा तत्कालै नाका खुल्ने सम्भावना नरहेको बताए । रक्सौलमा अडकिएर बसेका सवारीलाई अन्य नाकाबाट नेपाल प्रवेश गराउने उपाय पनि सहज नभएको उनले बताए । अन्य नाकाहरु त्यति ठूलोमात्र सवारी थेग्न सक्ने नरहेको भन्दै उनले त्यसो गर्नु सही समाधान हुन नसक्ने बताए । तर, अन्य नाकाबाट दैनिक एक हजारसम्म सवारी साधन नेपाल प्रवेश गरिरहेको उनले बताए । मधेसमा भएको आन्दोलनकै कारण ढुवानी असहज भएको दोहोर्याउने राजदूत रायले भारतले नेपालमा कुनै प्रकार नाकाबन्दी नलगाएको र नाकाबन्दी लगाउनुपर्ने कुनै कारण नरहेको जिकिर गरे । नेपालले चीनबाट पेट्रोलियम पदार्थ आयात गर्ने तयारी थालेकोबारे सोधिएको प्रश्नमा राजदूत रायले भने-‘नेपाल सार्वभौम मुलुक हो, चीनबाट पनि ल्याउन सक्छ तर ढुवानी खर्च धेरै हुन्छ ।’ भारतले मधेससँग मात्र नभई सम्पूर्ण नेपालसँग सम्बन्ध मजबुद बनाउन चाहेको उनको भनाई थियो । सम्पूर्ण नेपालसँग नै रोटीबेटीको सम्बन्ध रहेको उनले बताए । तराईमा देखिएको राजनीतिक समस्याको समाधान खोजेसँग आवागमन सहज हुने उनको दावी थियो । सरकार र मधेसबादी दलहरुवीच वार्ता भइरहेको र संसोधन प्रस्ताव समेत दर्ता भइसकेको जानकारी आफुले पाएको भन्दै उनले छिटै समस्या समाधान हुनेमा आशाबादी रहेको बताए । इन्धन अभावमा नेपाली जनताले दुःख पाइरहेका छन, तपाईहरुले पाइरहनुभएको होला नी भन्ने प्रश्नमा राजदूत रायले भने- ‘हामीले पनि तपाईहरुले जस्तै समस्या भोगिरहेका छौं ।’
Labels:
समाचार
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment