मलेसियाको बिभिन्न जेल तथा डिटेन्सन क्याम्पमा रहेका ती नेपालीलाई मलेसियामा कार्यरत रहेका केही संस्थाको सहयोगमा नि:शुल्क टिकट उपलव्ध गराएको दुतावासले जनाएको छ ।काजाङ्गको सिमोनिया डिटेन्सन क्याम्पमा रहेका पन्ध्र जना, के एलआइ ए डिटेन्सन क्याम्पमा रहेका एक र अर्का एक जनालाई नेपाल फर्काइएको दुतावासले जनाएको छ । मलेसियामा रोजगारीका लागि आएका नेपालीले काम र दाम राम्रो नपाएपछि अवौधानिक बन्ने गरेका छन् ।
अवौधानिक रुपमा काम गरिरहेको अवस्थामा प्रहरीले पक्राउ गरे उनीहरुलाई यहाँको कानुन अनुसार ३ महिना जेल र थप डिटेन्सन क्याम्पमा राख्ने गरेको छ ।
केहि समय अघि जेलमा रहेका नेपालीलाइ घर फर्काउन गैरआवसिय नेपाली संघ मलेसिया, बिजनेश एसोसिएसन मलेसिया र नेपाली कांग्रेस जन सम्पर्क समिती मलेसियाले निशुल्क टिकटका लागि दुतावासलाई सहयोग गरेका थिए ।
जेलमा रहेका नेपालीलाई शुन्यमा झार्ने योजना बनाएको दुतावासले यसमा सहयोग गर्न मलेसियामा कार्यरत संघसस्थासँग समेत अपिल गरेको छ । डिटेन्सन क्याम्पमा रहेर पनि टिकट अभावका कारण घर फर्किन नसकेका नेपालीलाई नेपाल फर्काउने काममा सहयोग गर्न दुतावासले आग्रह गरेको हो ।
No comments:
Post a Comment