Monday, 19 October 2015

भारत सराकात्मक : परराष्ट्रमन्त्री

काठमाडौं, कार्तिक २ । तीनदिने भारत भ्रमणमा रहेका उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापा सोमबार स्वदेश फर्किएका छन् ।

 भारतीय नाकाबन्दीका विषयमा कुरा गर्न नयाँ दिल्ली पुगेका मन्त्री थापा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री सुष्मा स्वराज, गृहमन्त्री राजनाथ सिंहलगायतसँग भेट गरी स्वदेश फर्किएका हुन् ।

 काठमाडौं फर्किएलगत्तैत्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सन्चारकर्मीहरुसँग कुरा गर्दै परराष्ट्रमन्त्री थापाले नाका खुलाउने विषयमा भारतीय विभिन्न पक्षसँग छलफल भएको र त्यसमा भारत सकारात्मक रहेको बताए ।

 उनले नाकामा देखिएको अवरोध चाँडै हट्ने विश्वास व्यक्त गरे ।

No comments:

Post a Comment