राजधानीमा भएको सुपर लिग क्रिकेटमा गरेको प्रदर्शनका आधारमा क्यानले २० खेलाडीलाई छानेको हो ।
छनोट हुन सफल खेलाडीमा कप्तान पारस खड्का, उपकप्तान ज्ञानेन्द्र मल्ल, शरद भेषावकर, शक्ति गौचन, बसन्त
रेग्मी,सोमपाल कामी, अनिल मण्डल, सुवास खकुरेल र राजेश पुलामी छन् ।त्यस्तै, पृथु बास्कोटा, सागर पुन, करण केसी, दिलिप नाथ, मेहबुब आलम, यज्ञमान कुमाल, अर्शाद अहमद, महेश क्षेत्री, नरेश बुढाऐर, सन्दीप लामिछाने र विक्रम सोब २० जनाभित्र अटेका छन् ।
बन्द प्रशिक्षणबाटै अन्तिम १४ खेलाडी र चारजना वैकल्पिक खेलाडी छनोट गर्ने क्यानले जनाएको छ । नेपालले कात्तिक १९ गते युएईमा पपुवा न्यूगिनीसँग खेल्ने कार्यक्रम छ । फाइल फोटो
No comments:
Post a Comment