Monday, 12 October 2015

दसैं तिहारका लागि तराई मधेसको आन्दोलन फिर्ता

धनगढी, २३ असोज । विगत दुई महिनादेखि तराई मधेसमा चलिरहेको आन्दोलन केही समयका लागि फिर्ता लिइएको छ । हिन्दू नेपालीहरुको महान चाँड दसैं तिहारलाई मध्यनजर गर्दै थरुहट/थारुवान संघर्ष समितिले आफ्नो पक्षबाट तराई मधेसमा जारी आन्दोलन तत्कालका लागि फिर्ता लिएको हो । शनिबार कैलाली सदरमुकाम धनगढीमा पत्रकार सम्मेलन गर्दै थरुहट पक्षधरले आन्दालनसंगै बन्दका कार्यक्रम पनि फिर्ता लिएको घोषणा गरेको हो । थरुहट/थारुवान, राना थारु र कठरिया थारु संयुक्त संघर्ष समितिले नेपालीहरुको महान चाड दशैलाई मध्यनजर गरी बन्दका सबै कार्यक्रमलाई खुकुलो पारिएको जनाएका छन् । सरकारले आफ्नो मागहरुको सम्बोधन गर्नुको साटो उल्टै दबाउन खोजेको आरोप लगाएका उनीहरुले जनताको मर्कालाई ध्यानमा राखी बन्द फिर्ता लिएको बताएका छन । कैलालीभित्र बस सञ्चालमा कुनै रोक-टोक नलगाउने र कार्यकर्तालाई अवरोध नगर्न सर्कुलर जारी गरेको थरुहट आन्दोलनका कैलाली प्रवक्ता माधव चौधरीले बताउनुभयो । दशैमा जनताको सहजताको लागि बन्द खुकुलो पारिएको, तर आन्दोलन जारी रहेको प्रवक्ता चौधरीकोे भनाई छ । थरुहट पक्षले दसैं तिहारपछि सरकारी तथा गैर सरकारी संस्थामा थरुहट/थारुवान प्रदेशको भित्तेलेखन गर्ने, कालो भण्डा गाडेर धान स्हार्ने, जनजागरण अभियान थाल्ने र सरकारलाई असयोग गर्ने बताएको हो । साथै दशैलाई कालो दशैका रुपमा मनाउने पनि बताएको छ । यसअघि बाँकेका थरुहट पक्षधरले पनि दसैंतिहारलाई मध्यनजर गर्दै आन्दोलनका कार्यक्रम फिर्ता लिएका थिए । उनीहरुले बन्द हड्ताल नगर्ने भन्दै जनतासँग माफी समेत मागेका थिए ।

No comments:

Post a Comment