Monday, 12 October 2015

फेसबुकमा अब नयाँ फिचर ‘फेसबुक रियाक्सन्स्’

फेसबुकले केही दिनअघि Dislike बटन ल्याउने खबर आएको थियो। तर फेसबुकले प्रयोगकर्ताहरुका लागि त्यो भन्दा पनि बढी फिचर ल्याउने भएको छ। फेसबुकको नयाँ फिचरको आधिकारिक नाम ‘फेसबुक रियाक्सन्स्’ (Facebook Reactions) रहेको छ। यो फिचरको माध्यमबाट प्रयोगकर्ताले कुनै पोस्टमा अलग अलग इमोजीको माध्यमबाट आफ्नो रियाक्सन दिन सक्नेछन्। यसको जानकारी फेसबुक सिइओ मार्क जुकरवर्गले आफ्नो पेजमा दिएका छन्। यो फिचर सबैभन्दा पहिले आयरल्याण्ड र स्पेनमा लन्च गरिने पनि बताइएको छ। के हो रियाक्सन इमोजी? ‘फेसबुक रियाक्सन्स्’ नामको यो नयाँ फिचर अन्तरगत रियाक्सन इमोजीहरु हाल फेसबुकमा भइरहेको लाइक बटनको तल रहेको ड्रप डाउन मेनुमा देखिनेछन्। यसमा जम्मा ७ वटा रियाक्सनहरुः Like, love, haha, Yay, Wow, Sad र Angry हुनेछन्। यो मोबाइल र डेस्कटप भर्जन दुवैमा हुनेछ।

No comments:

Post a Comment