काठमाडौं, असोज २५ । ३ महिनादेखि अमेरिकाको क्यालिफोर्नियास्थित अस्पतालमा उपचाररत् चमत्कारिक क्षमताका धनी बालक आदित्य दाहालको रोग अझैसम्म पत्ता लाग्न सकेको छैन ।
नेपाल सरकार, अमेरिकास्थित नेपाली दूतावास तथा विभिन्न संघ–संस्थाहरुको सहयोगमा गत श्रावण ११ गतेदेखि आदित्यको क्यालिफोर्नियास्थित स्टान्डफोर्ड अस्पतालमा उपचार भइरहेको छ ।
>शारीरिक दुर्वलतालाई लिएर अनुसन्धान गरिरहेका चिकित्सकहरुले आदित्यमा ‘एनबीआइ ए डिसअर्डर’ भएको अनुमान गरेका थिए । तर, तीन महिनाको अनुसन्धानले उक्त रोगका कुनै पनि लक्षणहरु पुष्टि हुन नसकेको चिकित्सकहरुले बताएका छन्
उनको रोग विश्वमा पत्ता लागेका १३ प्रकार एनबीआइए डिसअर्डरसम्बन्धी रोगहरुमासमेत नपरेपछि चिकित्सकहरु गम्भीर वैज्ञानिक अनुसन्धानका रुपमा लागेको आदित्य प्रतिष्ठानले जनाएको छ ।
अस्पतालले थप परीक्षण तथा अनुसन्धान सुरु गरेको र नयाँ अनुसन्धानको रिपोर्ट आउन अझै तीन महिना बताएको जनाइएको छ ।
यसैबीच, अमेरिकामै रहेर पनि आदित्यले स्वदेशको सम्बन्धमा धारणा व्यक्त गर्नेक्रम पनि जारी रहेको छ । पछिल्लोपटक उनले ‘सत्ता र शक्तिको लागि आफ्नो इमान, स्वाभिमान र आत्मसम्मानको मोल आफैं नराखौं, आत्मसम्मान पाउन आत्मनिर्भर बन्ने प्रयास गरे एकदिन अवश्य सफलता मिल्नेछ’ भनेका छन् ।
आदित्यले गत साल भदौमै केपी ओली प्रधानमन्त्री बन्ने बताएका थिए ।
I would like to report news, comedies, sports, health......all kind of activities in my page for all of you!!!
Monday, 12 October 2015
आदित्य दाहालको रोग अझै पत्ता लागेन
काठमाडौं, असोज २५ । ३ महिनादेखि अमेरिकाको क्यालिफोर्नियास्थित अस्पतालमा उपचाररत् चमत्कारिक क्षमताका धनी बालक आदित्य दाहालको रोग अझैसम्म पत्ता लाग्न सकेको छैन ।
नेपाल सरकार, अमेरिकास्थित नेपाली दूतावास तथा विभिन्न संघ–संस्थाहरुको सहयोगमा गत श्रावण ११ गतेदेखि आदित्यको क्यालिफोर्नियास्थित स्टान्डफोर्ड अस्पतालमा उपचार भइरहेको छ ।
>शारीरिक दुर्वलतालाई लिएर अनुसन्धान गरिरहेका चिकित्सकहरुले आदित्यमा ‘एनबीआइ ए डिसअर्डर’ भएको अनुमान गरेका थिए । तर, तीन महिनाको अनुसन्धानले उक्त रोगका कुनै पनि लक्षणहरु पुष्टि हुन नसकेको चिकित्सकहरुले बताएका छन्
उनको रोग विश्वमा पत्ता लागेका १३ प्रकार एनबीआइए डिसअर्डरसम्बन्धी रोगहरुमासमेत नपरेपछि चिकित्सकहरु गम्भीर वैज्ञानिक अनुसन्धानका रुपमा लागेको आदित्य प्रतिष्ठानले जनाएको छ ।
अस्पतालले थप परीक्षण तथा अनुसन्धान सुरु गरेको र नयाँ अनुसन्धानको रिपोर्ट आउन अझै तीन महिना बताएको जनाइएको छ ।
यसैबीच, अमेरिकामै रहेर पनि आदित्यले स्वदेशको सम्बन्धमा धारणा व्यक्त गर्नेक्रम पनि जारी रहेको छ । पछिल्लोपटक उनले ‘सत्ता र शक्तिको लागि आफ्नो इमान, स्वाभिमान र आत्मसम्मानको मोल आफैं नराखौं, आत्मसम्मान पाउन आत्मनिर्भर बन्ने प्रयास गरे एकदिन अवश्य सफलता मिल्नेछ’ भनेका छन् ।
आदित्यले गत साल भदौमै केपी ओली प्रधानमन्त्री बन्ने बताएका थिए ।
Labels:
news
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment