Tuesday, 13 October 2015

प्रधानमन्त्री ओलीलाई अमेरिकाले के भन्यो ?

काठमाडौँ, २६ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि अमेरिकी राजदूत अलाइना बी टेपलेट्जले आज प्रधानमन्त्री कार्यालय, सिंहदरबारमा शिष्टाचार भेट गर्नुभयो । त्यस अवसरमा उहाँहरुबीच नेपाल–अमेरिका सम्बन्धका साथै नयाँ संविधान कार्यान्वयनबारे छलफल भएको थियो । राजदूत टेपलेट्जले अमेरिकी सरकारका तर्फबाट प्रधानमन्त्री ओलीलाई बधाई ज्ञापन गर्दै उहाँको कार्यकालको सफलताको कामना गर्नुभयो । अमेरिकी सरकारका तर्फबाट राजदूत टेपलेट्जले नेपाललाई जस्तोसुकै सहयोग गर्न तयार रहेको सन्देश प्रधानमन्त्री ओलीलाई सुनाउनुभएको थियो । गत साता मात्र आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गर्नुभएकी अमेरिकी राजदूतको प्रधानमन्त्री ओलीसँगको यो पहिलो भेटवार्ता हो । रासस

No comments:

Post a Comment