Friday, 16 October 2015

धार्मिक टिप्स् : भगवानको ध्यान गर्दा भूलेर पनि यो ५ काम नगर्नुहोस्

जप गर्नु देवी-देवताहरुलाई प्रसन्न गर्नको लागि र उनीहरुको कृपा पाउने सजिलो तरिका मानिन्छ । जप गर्दाको समय पूरा विधि-विधान लाई ध्यान राख्न जरुरी हुन्छ । पूर्ण क्रिया र श्रद्धाको साथमा गरिएको जपले शुभ फल दिन्छ । पुराणहरुमा जप सँग सम्बन्धित धेरै कुराहरु बताइएको हुन्छ । जसको जानकारी जप गर्नेका लागि एकदमै जरुरी हुन्छ ।

 पुराणहरुमा ५ यस्तो कामको बारेमा बताइएको छ जुन जप गर्ने समयमा भूलेर पनि गर्न नहुने काम पर्दछ । ति के के हुन त अाउनुहोस् तपाई पनि जानकारी लिनुहोस्

 १. हाछ्यू गर्ने 
देवी-देवताको जप गर्दाको समयमा मनुष्यलाई अाफ्नो हाछ्यू र खोकीमा नियन्त्रण गर्नुपर्ने हुन्छ । भगवानको ध्यान गर्दाको समय हाछ्यू गर्दा मुख अपवित्र हुन्छ र अपवित्र मुखबाट भगवानको नाम लिनु वर्जित मानिन्छ। यदि भगवानको जप गर्दाको समयमा हाछ्यू वा खोकी अाएमा तुरुन्त हाथ मुख धोएर पवित्र हुनु पर्दछ र त्यसपछि जप पुन शुरु गर्नुपर्दछ ।

 २. थुक्नु
 थूकले मनुष्य आफ्नो शरीरको फोहोर बाहिर निकाल्दछ । देवी-देवताहरुको ध्यान या जप गर्दाको समयमा यस्ता कार्यलाई वर्जित मानिएको छ। मनुष्यको आफ्नो मनको साथमा शरीरलाई पनि पूर्ण तरिकाले शुद्ध गरेपछि मात्र भगवानको पूजा अर्चना गर्नु पर्नेहुन्छ । यदि पूजा या ध्यानको बीचमा शरीर सम्बन्धी कुनैपनि क्रिया गर्नुपरे पहिले नुहाए पछि मात्र पुन देव-पूजा गर्नुपर्दछ।

 ३. निन्द्रामा झुम्नु
 निन्द्रामा झुम्नु अल्छिको विशेषता हो। जो मनुष्य बिहान उठेपछि पनि निन्द्रामा झुमी रहन्छ भने यस्तोलाई भगवानको पूजा-अर्चना गर्न मनाही छ। धर्म ग्रंथको अनुसार, बिहान छिटो उठेर, नुहाउने र निन्यकर्म सक्ने र अालस निन्द्र जस्तो भावलाई मनबाट टाढा बनाउने र भगवानको ध्यान या जप गर्नुपर्दछ ।

 ४. क्रोध
 क्रोध अर्थात रिसाउनु । बिनाकारण या कुरा कुरामा रिसाउनु भनेको सबै भन्दा ठूलो अवगुण मध्य एक हो । जो क्रोध को भाव आफ्नो मनमा राख्छ उ कुनै पनि काममा आफ्नो मन दिएर गर्न सक्दैन । देव पूजा र साधनाको लागि मन शान्त र एकाग्र हुन एकदमै जरुरी हुन्छ । अशान्त मनले गरिएको जप कहिले पनि फलदायी हुन सक्दैन । त्यसकारण, हर मनुष्यले मन्दिर जानु भन्दा अगाडि घरमा नै भगवानको पूजा या जप गरेर पहिला क्रोध, हिंसा, लालच जस्तो भावनालाई मन बाट निकाल्नु पर्दछ ।

 ५. नशा 
जो मनुष्य नशामा हुन्छ या लिने गर्छ, त्यसलाई पुराणहरुमा राक्षस समान मानिएको छ । भगवानको पूजा-अर्चना गर्नु भन्दा पहिले मनुष्यले आफ्नो मन र अाफ्नो तन दुबैलाई शुद्धि गर्न निकै महत्वपूर्ण हुन्छ । जो मनुष्य रक्सी खान्छ या नशामा हुन्छ, उसको सबै पुण्य कर्म नष्ट हुन्छ र उसलाई नर्क प्राप्ति हुन्छ । भगवानको ध्यान या जप गर्दाको समय नशामा हुनु एकदमै गलत हुन्छ त्यस्तो लाई पूराण अनुसार महापापी मानिन्छ ।

No comments:

Post a Comment