मोदीको पार्टीलाइ पत्तासाफ गर्दै दिल्लीको मुख्यमन्त्री बनेका अरबिन्द केजरीवालले बिहारमा भारतीय जनता पार्टीले चुनाव हार्ने र सत्तारुढ नीतिश कुमारको पार्टीले चुनाव जित्ने भविष्यवाणी गरेका हुन् ।
आफूलाई प्राप्त जानकारी अनुसार बिहारमा नीतिश कुमारको माहौल देखिएको र मोदीको पार्टी पराजित हुने निश्चित रहेको उनको भनाइ छ । शुरुमा मोदीका पोष्टर छापेर बिहारमा चुनाव प्रचार गरेको भाजपाले पछिल्लो समयमा भने स्थानीय नेताहरुका पोष्टर प्रकाशित गरेको बताइएको छ ।
No comments:
Post a Comment