Tuesday, 13 October 2015

दिमाग हल्लाइ दिने सत्य !! ध्यानपुर्वक दुईपटक पढ्नुहोस ।

जुन दिन हाम्रो मृत्यु हुन्छ, हाम्रो पैसा बैंकमा नै रहन्छ । हामी जिउँदो हुँदा लाग्छ हामी सित खर्च गर्न पर्याप्त धन छैन । जब हामी जान्छौ तब धेरै धन बिना खर्च नै बचेर जान्छ । एकजना चिनियाँ बादशाह को मृत्यु भयो । उ आफ्नो विधवाको लागि बैंकमा मिलियन डलर छोडेर गयो । विधवाले जवान नोकरसित विवाह गरिन । त्यो नोकरले भन्यो “म हमेशा सोच्थे कि म आफ्नो मालिकको लागि काम गर्थे, तर अब दिमागमा आयो कि मालिक नै हमेशा मेरो लागि काम गथ्र्यो” यसबाट के सिक्न सकिन्छ ? १. अधिक धन आर्जन गर्नुभन्दा अधिक जीवन बाँच्न सिकौ । २. राम्रो र स्वस्थ शरीरको लागि प्रयास गर्नुस ३. महंगो फोनको ७० प्रतिशत फंकशन अनुउपयोगी रहन्छ । ४. महंगो कारको ७० प्रतिशत गतिको उपयोग हँुदैन । ५. पुरै अलमारी दराजमा ७० प्रतिशत कपडा त्यतिकै राखिएको हुन्छ । ६. पुरै जिन्दगीको ७० प्रतिशत कमाई अरुको उपयोग को लागि छुट्ने गर्छ । ७. ७० प्रतिशत गुणहरुको उपयोग हुँदैन भने ३० प्रतिशत गुणहरुको उपयोग कसरी हुन्छ । यी कुराको पालना गर्नुहोस् । स्वस्थ भएर पनि निरन्तर चेक अप गर्नुस । प्यास नलागे पनि पानी अधिक पिउनुस । हरेक पल मा आफ्नो अहम त्याग्नुस । शक्तिशाली भएर पनि सरल हुनुस । धनी नभएर पनि परीपुर्ण हुनुस, सुन्दर जीवन जिउनुस । यी कुरालाई नियन्त्रणमा राख्नुहोस् । काबुमा राख्नुस - प्राथनाको समयमा आफ्नो दिललाई । खाना खाने समयमा पेटलाई । कसैको घर जादा आँखालाई । - कार्यक्रममा जाँदा आफ्नो बोलीलाई । - अर्काको धन देख्दा लोभलाइ । यी कुरालाई भुल्ने प्रयास गर्नुहोस् । भुलीदिनुस - आफ्नो राम्रो कर्मलाई । भुलीदिनुस - अर्काको गल्तिलाई । भुलीदिनुस - अतितको तितो संस्मरणलाई । यी कुरालाई छोड्नुहोस् । छोडीदिनुस - अरुलाई तल देखाउन । छोडीदिनुस - अर्काको धनमाथी चाहना राख्न । छोडीदिनुस - अरुको सम्वृद्धी देखेर जल्न । छोडीदिनुस - अर्काको चम्चागीरी गर्न । छोडीदिनुस - अरुको सफलतामा दुखी हुन । -

No comments:

Post a Comment