सत्तारुढ दलहरुबीच भागबन्डाबारे छलफल चलिरहँदा एमाले वृत्तमा भने आफ्नो पार्टीले राष्ट्रपति पाउँदा कसलाई पठाउने भन्ने चर्चा शुरु भएको छ । एमाले शीर्ष नेताहरुबीच औपचारिक छलफल नभएपनि राष्ट्रपति उमेद्वारको प्रस्ताव भने आउन थालेको छ । २०६२/०६३ को जनआन्दोलनपछि लगातार सभामुख रहेका सुवास नेम्वाङ, उपाध्यक्ष विद्या भण्डारी र सामान्य प्रशासनमन्त्री बनेर चर्चा कमाएका लालबाबु पण्डितलाई राष्ट्रपतिको उमेद्वार बनाउनुपर्ने प्रस्ताव नेताहरुले गरेका छन् । सभामुखबाट बाहिरिएपछि भूमिकाविहिन हुने भएकाले नेम्वाङलाई र महिला भएकाले भण्डारीको प्रस्ताव आएको छ भने नवौं महाधिवेशनमा उपाध्यक्ष पदमा पराजित भएपनि काम नै गरेर उचाई लिएका पण्डितलाई राष्ट्रपति बनाउन अहिले उपयुक्त हुने विश्लेषण छ । एमालेका बरिष्ठ नेता माधवकुमार नेपाल राष्ट्रपति एमालेले पाउने अवस्थामा पण्डितलाई हुनुपर्ने पक्षमा छन् । उनले यसबारे शीर्ष नेताहरु र अन्य दलसँग पनि छलफल गरिसकेको उनी निकटका एक नेताले बताए । उनका अनुसार मधेशी पृष्ठभूमी भएको, काम गर्न सक्ने र कुनै जिम्मेवारी नभएकाले पण्डित उपयुक्त हुने तर्क नेता नेपालले गर्दै आएका छन् भने उपराष्ट्रपति एमालेले पाउने अवस्थामा शान्ता चौधरीलाई उमेद्वार बनाउनुपर्ने पक्षमा छन् ।
I would like to report news, comedies, sports, health......all kind of activities in my page for all of you!!!
Tuesday, 13 October 2015
नेता नेपालकाे प्रस्ताव लालबाबु राष्ट्रपति
सत्तारुढ दलहरुबीच भागबन्डाबारे छलफल चलिरहँदा एमाले वृत्तमा भने आफ्नो पार्टीले राष्ट्रपति पाउँदा कसलाई पठाउने भन्ने चर्चा शुरु भएको छ । एमाले शीर्ष नेताहरुबीच औपचारिक छलफल नभएपनि राष्ट्रपति उमेद्वारको प्रस्ताव भने आउन थालेको छ । २०६२/०६३ को जनआन्दोलनपछि लगातार सभामुख रहेका सुवास नेम्वाङ, उपाध्यक्ष विद्या भण्डारी र सामान्य प्रशासनमन्त्री बनेर चर्चा कमाएका लालबाबु पण्डितलाई राष्ट्रपतिको उमेद्वार बनाउनुपर्ने प्रस्ताव नेताहरुले गरेका छन् । सभामुखबाट बाहिरिएपछि भूमिकाविहिन हुने भएकाले नेम्वाङलाई र महिला भएकाले भण्डारीको प्रस्ताव आएको छ भने नवौं महाधिवेशनमा उपाध्यक्ष पदमा पराजित भएपनि काम नै गरेर उचाई लिएका पण्डितलाई राष्ट्रपति बनाउन अहिले उपयुक्त हुने विश्लेषण छ । एमालेका बरिष्ठ नेता माधवकुमार नेपाल राष्ट्रपति एमालेले पाउने अवस्थामा पण्डितलाई हुनुपर्ने पक्षमा छन् । उनले यसबारे शीर्ष नेताहरु र अन्य दलसँग पनि छलफल गरिसकेको उनी निकटका एक नेताले बताए । उनका अनुसार मधेशी पृष्ठभूमी भएको, काम गर्न सक्ने र कुनै जिम्मेवारी नभएकाले पण्डित उपयुक्त हुने तर्क नेता नेपालले गर्दै आएका छन् भने उपराष्ट्रपति एमालेले पाउने अवस्थामा शान्ता चौधरीलाई उमेद्वार बनाउनुपर्ने पक्षमा छन् ।
Labels:
समाचार
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment