Thursday, 15 October 2015

हेल्थ टिप्स: खाना खानसाथ तुरुन्त यो ५ काम भुलेरपनि नगर्नुहोस् ....

१. फलफुल नखानुहोस् :
 खाना खानसाथ फलफुल खानुपर्छ भन्ने सुनिन्छ तर खाना खानसाथ फलफुल खान राम्रो हुँदैन यस्तो गर्दा पेट ढूस्स हुने लगायत ग्यास्ट्रिक को समस्या हुन सक्छ ।
 २. चिया वा कफि नपिउनुहोस्
 कतिपय चिया वा कफीको शौकिन हुन्छन् त्यसैले खाना पछि पनि पिउने गर्छन् जो शरिरको लागि हानिकारक हुन्छ । खाना खान साथ भूलेर पनि चिया वा कफि नपिउनुहोस् ।
 ३. नुहाउनु हुँदैन
 कतिपय व्यक्तिलाई समयको कमी फुर्सद नहुनाले खाना खानसाथ नुहाउने गर्दछन् जून एकदम हानिकारक हुन्छ । यस्तो गर्दा पेटको चारैतर्फ रक्तसंचार बढि हुन जान्छ र पाचन प्रक्रिया सुस्त हुन्छ ।
 ४. धुम्रपान नगर्नुहोस्
 धुम्रपान जुनसुकै अवस्थामा गर्दा पनि शरिरलाई नोक्सान गर्दछ । तर खाना खानसाथ धुम्रपान गर्नाले ज्यानै जान सक्ने खतरा हुन्छ । साथै यसले गर्दा क्यानसरको संभावना धेरै गुणा बढ्न सक्छ ।
 ५. नसुत्नुहोस्
 नेपालमा धेरै व्यक्तिहरु बेरोजगारका कारण केही काम नहुने हुँदा खाना खानसाथ धेरै लाई सुत्ने बानि हुन्छ । यस्तो बानि ज्यादै खतरनाक हुन्छ । यस्तो गर्दा खाना राम्रो सँग पाचन हुन पाउँदैन यसले गर्दा मोटाउने, ग्यास्ट्रिकको समस्या हुन जान्छ ।

No comments:

Post a Comment