ललितपुरको ढोलाहिटीमा एक घरमालिकले घरमा काम गर्ने १४ वर्षीया बालिकालाई दुई महिनादेखि लगातार जबरजस्ती करणी गर्ने गरेको रहस्य खुलेको छ । बालिकाले आफू पढ्ने स्कुलमा शिक्षकलाई सो घटना बताएपछि यस्तो तथ्य सार्वजनिक भएको हो। स्थायी घर मोरङ भएर ढोलाहिटीमा बस्ने भरत कार्कीले आफूलाई लगातार करणी गरेको सूचना ती बालिकाले शिक्षकलाई भावविह्वल हुँदै बताएपछि प्रहरीले भरत कार्की र उनका सालो उमेश खत्रीलाई समेत पक्राउ गरेको छ । घरको काम र सँगै पढाइदिने अभिलाषामा परिवारले छोरी भरतको जिम्मामा सुम्पेका थिए । तर भरतले नाजायज फाइदा उठाउँदै आफू र सालासहित ती किशोरीलाई लगातार करणी गर्दै आएको बयान बालिकाले प्रहरीलाई दिएकी छिन् । प्रहरीका अनुसार ती बालिकाको आमाबाबु उमेशको पुस्तौली घर मोरङमा काम गर्दै आएका थिए । राजधानीकै एक स्कुलमा कक्षा पाँचमा अध्ययनरत बालिकाले शिक्षकलाई जानकारी गराउँदा बिदाको दिन भरत र उमेशले आफूलाई लगातार करणी गर्ने गरेको र कसैलाई बताए ज्यान मार्ने धम्कीसमेत दिँदै आएको बताएकी थिइन् । महानगरीय प्रहरी वृत्त सातदोबाटोकी प्रमुख डीएसपी तारादेवी थापाका अनुसार बालिकाले भरत र उमेशबाट आफू लगातार बलात्कृत हुने गरेको बयान दिएकी छिन् । ‘विद्यालय १८ गतेदेखि बिदा हुने भएपछि डराउँदै बालिकाले आफूलाई भरत र उमेशले लगातार करर्णी गर्ने गरेको र फेरि बलात्कृत हुनुपर्ने गुनासो गरेपछि स्कुलका शिक्षकले नै प्रहरीमा खबर गरेका थिए’, थापाले भनिन् । भरत र उमेशले भने करणी गर्ने गरेको कुरामा प्रहरीसमक्ष स्वीकार गरेका छैनन् । प्रहरीका अनुसार उमेशले आफन्तमार्फत गाउँको घरमा काम गर्ने बालिकाकी आमालाई जहाजमार्फत काठमाडौं ल्याएर घटनालाई छिपाउनका लागि हरसम्भव प्रयास गर्दै आएका छन् । प्रहरीले ती बालिकालाई सिबिसको जिम्मा लगाएको थियो । डीएसपी थापाका अनुसार सिबिसमा समेत किशोरीकी आमा एवं उमेश र भरतका आफन्त पुगेर पुगी प्रहरीमा दिएको जाहेरी फिर्ता लिन दबाब दिँदै आएका छन् । स्वास्थ्य जाँचका क्रममा बालिकाको यौन झिल्ली च्यातिएको पाइए पनि पुरुष शुक्रकीट भने फेला नपरेको रिपोर्ट आएको छ । ‘पीडित बालिकाले नै आफू पटकपटक बलात्कृत हुने गरेको उजुरी दिएकी छिन्, खत्री र हामीले काठमाडौं जिल्ला अदालतमा जबरजस्ती करणी मुद्दामा अभियोग दर्ता गरेर अनुसन्धान गरेका छौं’, डीएसपी थापाले भनिन् । सिबिसका बाल संरक्षण अधिकृत प्रदीप डंगोलका अनुसार पीडित बालिकाकी आमा र पीडकका आफन्त आएर शुक्रबार सिबिसकै कार्यालयमा आएर बालिका आफूलाई जिम्मा लगाउन दबाब दिएपछि उनलाई ललितपुरस्थित जिल्ला बालकल्याण समितिको जिम्मा लगाइएको छ । ‘बालिकाले आफूलाई जबरजस्ती करणी गरेको कुरा आफ्नी आमालाई बताएकी छिन्, जुन कुराको हामी प्रत्यक्षदर्शी छौं’, डंगोलले भने ।
I would like to report news, comedies, sports, health......all kind of activities in my page for all of you!!!
Saturday, 17 October 2015
काम गर्ने बालिकामाथि घरमालिकबाटै बलात्कार

Labels:
समाचार
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment