Friday, 16 October 2015

गच्छदारलाई धक्का, दुई केन्द्रिय सदस्यसहित जिल्ला कमिटीद्वारा सामूहिक राजीनामा

सिरहा– मधेस आन्दोलनलाई वेवास्ता गर्दै सरकारमा गएको प्रति असन्तुष्टि जनाउँदै मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका दुईजना केन्द्रिय सदस्य सहित सिरहा जिल्ला कार्यसमितिले साधारण सदस्य समेत नरहने गरी सामूहिक राजीनामा दिएको छ ।संघिय सीमाङ्कन, नागरिकता, राज्यको हरेक निकायमा सामानुपातीक प्रतिनिधित्व, जनसंख्याको आधारमा निर्वाचन क्षेत्र लागायतको माग सहित विगत दुई महिनादेखि मधेस आन्दोलनमय रहेको अवस्थामा मधेसको मागको वास्ता नगरी सरकारमा गएको प्रति आज एक विज्ञप्ती जारी गर्दै राजीनामा दिएका हुन् । राजीनामा दिनेहरुमा केन्द्रिय सदस्य सत्रुधन प्रसाद सिंह, लक्षमण यादव र जिल्ला अध्यक्ष रामचलितत्र प्रासद साह सहित सपूर्ण जिल्ला कार्यसमिति र जनवर्गिय संगठनहरु समेत रहेको जनाएको छ । जारी विज्ञप्तीमा भनिएको छ, ‘दुईमहिना लामो तराई आन्दोलनको क्रममा ५० औं जना मारिए, सयौंको संख्यामा घाइते छन्, तर आन्दोलन मधेसी दलहरु आन्दोलनलाई विर्षेर सरकार बनाउने खेलमा लाग्यो । यो गम्भिर त्रुटि हो ।’ त्यसैगरी फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छेदार पार्टीकेन्द्रिय कमिटिमा छलफल नै नगरी पार्टीलाई निरंकुश ढंगले मधेस आन्दोलनको मर्मविपरित सकारमा गएकोप्रति आप्पति जनाउँदै राजीनामा दिएको विज्ञप्तीमा उल्लेख छ । केन्द्रिय सदस्य सत्रुधनप्रसाद सिंह र जिल्ला अध्यक्ष रामचरित्र प्रसाद साहले संयुक्त हस्ताक्षर गरेको विज्ञप्तीमा भनिएको छ, ‘आजको दिनमा यसतो अलोकतान्त्रिक, हैकवादी, हात्मघाति पार्टीमा वस्न सकिंदैन ।’ आफूहरु स्वतन्त्र रुपमा मधेस आन्दोलनलाई निरन्तरता दिने विज्ञप्तीमा उल्लेख छ ।

No comments:

Post a Comment