ताप्लेजुङ, २९ असोज । ताप्लेजुङको विकट गाविस ईखाबुस्थित एक गोठबाट ठूलो परिमाणमा विस्फोटक पदार्थसहित सर्वाधिक खोजीको सूचीमा रहेको एक समूहकी महिला सदस्य पक्राउ परेकी छन् । प्रहरीको सर्वाधिक खोजीको सूचीमा रहेका ईखाबु गाविसकै देउमान लिम्बू (हाराहाङ) समूहकी सान्थाक्रा ताप्लेजुङकी ३३ वर्षीय मनकुमारी चोङ्वाङलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख डिएसपी शान्तिराज कोइरालाले जानकारी दिनुभयो । हाराहाङलाई पक्राउ गर्न विशेष खोजी अभियानमा रहेको प्रहरीले ईखाबु–४ मा पर्ने चौरीखर्कको एउटा गोठमा लुकिछिपी बसेको अवस्थामा आज बिहान चोङ्वाङलाई पक्राउ गरेको हो । पक्राउ परेकी चोङ्बाङसँगै रहेका अरु छ जना भने भरुवा बन्दुक पड्काएर भागेको डिएसपी कोइरालाले बताउनुभएको छ । सो गोठबाट प्रहरीले चारवटा भरुवा बन्दुक, एकथान पेस्तोल, एउटा कटुवा बन्दुक, तीन थान मोबाइल सेट, पाइप बम बनाउन प्रयोग गरिने फलामका पाइप र बम बनाउन प्रयोग गरिने विस्फोटक सामग्रीसहित केही मिटर बिजुलीको तारसमेत बरामद गरेको छ । यस्तै विभिन्न भूमिगत सङ्गठनको पर्चा पम्प्लेटसमेत फेला परेको बताइएको छ । सदरमुकामदेखि करिब दुई दिनको पैदलयात्रामा मात्र पुग्न सकिने सो हिमाली क्षेत्रको गोठमा बसी तल रहेका गाउँमा आई स्थानीय जनतालाई धम्क्याउँदै अलैँची र रकम असुल्न हाराहाङसहित ऊ नेतृत्वको समूह सक्रिय रहेको भन्ने सूचनाका आधारमा प्रहरीले सो क्षेत्रमा विगत केही महिनादेखि अनुसन्धान गर्दै आएकामा शुक्रबार बिहान करिब ४ बजे पक्राउ गरिएको हो । यस स्थानको भौगोलिक अवस्था विकट रहेकाले फरार रहेकाको खोजी कार्यमा समस्या भइरहेको प्रहरी प्रमुख कोइरालाले बताउनुभयो । पक्राउ परेकी महिला र विस्फोटक सामग्री सोही स्थानमा कडा सुरक्षाका बीच राखिएको छ । हाराहाङको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङको २ नम्बर ढोका नजिक २०७१ कात्तिक १६ मा बम विष्फोट, ज्यान मार्ने उद्योग, डकैतीका गरी तीन वटा र अन्य जिल्लामा एक दर्जनभन्दा बढी मुद्दा रहेको प्रहरीको भनाइ छ । हाराहाङले विभिन्न भूमिगत पार्टीको नाममा ताप्लेजुङ, पाँचथर, इलाम, झापालगायत पूर्वी जिल्लामा पछिल्लो समय चन्दा आतङ्क मचाउँदै आएको प्रहरीको दाबी रहेको छ । प्रहरीका अनुसार उनीहरूले विभिन्न भूमिगत पार्टीको नाममा सर्वसाधारणलाई आतङ्कित पार्दै आपराधिक क्रियाकलाप गर्दै आएका हुन् । पूर्वका ताप्लेजुङ, पाँचथर, इलाम, झापा, मोरङलगायत जिल्लामा किराँत लिम्बूवान राष्ट्रिय परिषद्, लिम्बूवान क्रान्तिकारी पार्टी, लिम्बूवान भूमि मुक्ति राष्ट्रिय पार्टी नेपाललगायतको नाममा विध्वंस मच्चाइने गरेको प्रहरी अनुसन्धानले देखाएको छ । जबर्जस्ती चन्दा, विष्फोट, ज्यान मार्ने उद्योग, हातहतियार खरखजानामा संलग्न भएर भूमिगत समूहको पर्चा फालेर सर्वसाधारणलाई आतङ्कित पार्ने यस्तो समूहलाई राजनीतिक संरक्षणमा रहेकोसमेत प्रहरीको दाबी छ । रासस
I would like to report news, comedies, sports, health......all kind of activities in my page for all of you!!!
Friday, 16 October 2015
ठूलो परिमाणमा हतियार बोकेकी एक महिला रंगेहात पक्राउ

Labels:
समाचार
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment