काठमाडौं– म्याच फिक्सिङको आरोपमा नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान सागर थापासहित ५ जना पक्राउ परेपछि अखिल नेपाल फुटबल संघ (एन्फा) ले प्रहरीलाई आफूहरुले छानबिनमा सबैखालको सहयोग गर्ने जनाएको छ । खेलाडी पक्राउ परेको झण्डै २४ घण्टापछि एन्फाका महासचिव धिरेन्द्र प्रधानले एक विज्ञप्ती जारी गर्दै भनेका छन्, ‘प्रहरीबाट अनुसन्धान भइरहेकाले उक्त छानबिनमा सबैखाले सहयोग गर्न अखिल नेपाल फुटबल संघ कटिबद्ध रहेको जानकारी गराउँछौं ।’ विज्ञप्तीमा खेलाडी पक्राउ परेको खबरले एन्फाई स्तब्ध बनाइएको भन्दै फुटबल खेलमा मिलेमतोजस्तो संवेदनशिल विषयको किनारा नलागेसम्म अनुसन्धानमा रहेका खेलाडी तथा प्रशिक्षकलाई फुटबलको कुनैपनि गतिविधिमा संलग्न नगराइने उल्लेख गरिएको छ । प्रहरीका अनुसार खेलाडी स्वयम्ले फिक्सिङ खेलेको स्वीकार गरेका छन् । म्याच फिक्सिङ गरेको आरोपमा प्रहरीले बुधवार कप्तान थापा सहित रितेश थापा, सन्दिप राई, पुर्व खेलाडी विकास सिंह क्षेत्री र अन्जन केसीलाई पक्राउ गरेको थियो । पक्राउ परेकाहरुले म्याच फिक्सिङ गरी नेपाली फुटवल टिमलाई हराउँदै मोटो रकम लिएर खाने गरेको प्रहरी अनुसन्धानबाट खुल्न आएको छ । राष्ट्रिय टिमका खेलाडीहरुले सन् २००८ मा आयोजित मोर्डेका कपमा अफगानिस्तानसँग २–२ गोलको बरबरी खेल्ने शर्तमा पाँच हजार अमेरिकी डलर लिएका थिए । सन् २००९ मा भएको साफ च्याम्पियनसिपमा समेत फिक्सिङ खेल्दै उनीहरुले तीन हजार डलर लिएर दामासाहीमा बाँडेर खाएको प्रहरीले जनाएको छ । सन् २०११ मा मलेसियासँगको मैत्रीपुर्ण खेलमा २–० ले खेल हार्ने सर्तमा ५ हजार डलर लिएका खेलाडीहरुले सोही बर्ष फिलिपिन्ससँग भएको मैत्रीपुर्ण खेलमा ४–० गोल अन्तरले हार्ने शर्तमा ५ हजार डलर बुझेका थिए । त्यस्तै सन् २०१२ मा भारतमा भएको नेहरु कपमा क्यामरुनसँग ४–० ले हार्ने सर्तमा प्रति खेलाडी ५ हजार लिनेगरी मैदान छिरेका खेलाडीहरुले अन्तिम अवस्थामा पैसा नपाएको बताएका छन् । प्रहरीका अनुसार क्यामरुनसँगको खेलको अन्ततिर गोल किपर रितेश थापाको ठाउँमा खेलाडी परिवर्तन हुँदा ५–० गोलले हारेसँगै फिक्सरहरुले उनीहरुलाई रकम दिन अस्विकार गरेका थिए । यसैगरी सन् २०१४ मा कोरियामा भएको यु–२३ एसिएन च्याम्पियनसीमा खेल हार्ने शर्तमा नेपाली खेलाडीहरुले प्रति ब्यक्ति ५ हजार अमेरीकी डलर बुझेका थिए । म्याच फिक्सीङमा संग्लग्न खेलाडीहरुलाई राज्य बिरुद्धको अपराध अन्तर्गत कारवाहीका लागि महानगरीय प्रहरी परिसर काठमाण्डौ पठाईएको अपराध महाशाखाले जनाएको छ । खेलाडीहरुले थ्रि स्टार क्लवका पुर्व प्रशिक्षक अञ्जन केसी मार्फत वेस्र्ट युनियन मनी ट्रान्सफर र साइबर मनी ट्रान्सफर बाट रकम लिने गरेको पाइएको छ । मनि ट्रान्सफर मार्फत यसरी नेपाली खेलाडीहरुलाई पैसा पठाउनेमा सिंगापुरका विल्सन राज, टिटानी पेरिएसामी र केशाभन पाट्टन रहेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । मनी ट्रान्सफरबाट पैसा बुझ्नेमा अन्जनबाहेक रितेस पनि संग्लग्न भएको पाइएको छ ।
I would like to report news, comedies, sports, health......all kind of activities in my page for all of you!!!
Thursday, 15 October 2015
खेलाडी पक्राउ परेको २४ घण्टापछि बल्ल मुख खोल्यो एन्फाले

Labels:
खेलकुद
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment