आश्विन २८, २०७२- कांग्रेसले राष्ट्रपतिमा तराई मधेश लोकतान्त्रिक पार्टी (तमलोपा)का अध्यक्ष महन्थ ठाकुरलाई अघि बढाउने संकेत गरेको छ । कांग्रेस र आन्दोलनरत मधेशी मोर्चाका नेताहरुबीच भएको अनौपचारिक वार्तामा राष्ट्रपतिमा ठाकुरलाई सहयोग गर्नेबारे छलफल भइरहेको कांग्रेसका एक पदाधिकारीले बताए । कांग्रेस सभापति सुशील कोइराला निवास महाराजगञ्जमा बिहीबार साँझ ठाकुरसहित कांग्रेस पदाधिकारीहरु बीच छलफल भएको थियो । कांग्रेस केन्द्रीय सदस्य रामशरण महतले भने राष्ट्रपति र सभामुखको उम्मेदवारको बिषयमा टुंगो लागि नसकेको बताए । ‘राष्ट्रपतिमा उम्मेदवार दिने हाम्रो मानसिकता हो,’ महतले भने, ‘प्रधानमन्त्रीको निर्वाचनमा सहयोग गर्ने दल र सत्तारुढ घटकसँग समेत यस बिषयमा छलफल भइरहेको छ ।’ महतले राष्ट्रपतिका लागि समर्थन लिन सभामुखमा कांग्रेसले उम्मेदवार नदिन सक्ने बताए । ‘तर औपचारिक निर्णय भइसकेको छैन,’ उनले भने, ‘शुक्रबार विहान पदाधिकारी बैठकले यसको निर्णय गर्छ । सहमतीय राजनीतिलाई अघि बढाउन पनि सभामुखमा उम्मेदवार नदिने पक्षमा कांग्रेस रहेको महतको तर्क छ । सभामुखका उम्मेदवार नदिएमा सत्तारुढ घटक एमाओवादी र तराई मधेश लोकतान्त्रिक पार्टीले समर्थन प्राप्त गर्न सहज हुने ठम्याई कांग्रेसको छ । सभामुखका लागि मधेश केन्द्रित दलका नेताहरुको पनि आकांक्षा देखिएको छैन । मधेश केन्द्रित दलहरुले पनि राष्ट्रपतिको लागि ठाकुरको नाम अघि सारेका छन् । एमाले र एमाओवादीले कांग्रेस उम्मेदवारलाई सघाउने संभावना कम देखिएकाले कांग्रेसले महन्थलाई अघि सार्ने योजना बनाएको हो । आन्दोलनरत मधेशी मोर्चाले प्रधानमन्त्री निर्वाचनमा कांग्रेस उम्मेदवार सुशील कोइरालालाई मतदान गरेका थिए । आन्दोलनरत दलका नेता ठाकुरलाई राष्ट्रपति बनाए तराई–मधेशमा जारी आन्दोलन मत्थर हुने बुझाई कांग्रेसको छ । साथै मधेशमा कांग्रेसको आधार समेत मजवुद हुन सक्ने बुझाई कांग्रेसका नेताहरुले गर्दै आएका छन् । ‘प्रधानमन्त्री निर्वाचनले तराई–मधेशलाई जोड्ने काम गरेको छ । आधा समस्या समाधान भएको छ,’ पदाधिकारी बैठकमा सहभागि कांग्रेसका एक नेताले भने, ‘राष्ट्रपति दिएर समस्या समाधान हुन्छ भन्ने किन नदिने भन्ने आवाज कांग्रेसमा छ ।’ कांग्रेस भित्रै कतिपय नेताले भने वर्तमान राष्ट्रपति रामवरण यादवलाई अघि सार्नुपर्ने तर्क पनि गर्दै आएका छन् । बैठकमा कांग्रेसका पूर्व महामन्त्री कुलबहादुर गुरुङ र पार्टी कोषाध्यक्ष चित्रलेखा यादवको नाम पनि चर्चामा चलाईएको थियो । ठाकुरलाई उम्मेदवार बनाए एमाओवादी र गच्छदार नेतृत्वको लोकतान्त्रिक फोरम समेत सकारात्मक हुन सक्ने अनुमान कांग्रेसको छ । गच्छदारले संविधानको कार्यन्वयन र प्रदेशको संरचना बनाउने चूनौतिपुर्ण घडिमा कांग्रेसलाई सँगै लैजानु पर्ने बताउँदै राष्ट्रपतिमा कांग्रेसलाई सहयोग गर्नुपर्ने बताउँदै आएका छन । कांग्रेस प्रवक्ता दिलेन्द्र बडुुले प्रधानमन्त्री निर्वाचनमा समर्थन जनाउने राजनीतिक दल र स्वयं सत्तारुढ घटकसँग समेत उम्मेदवारका बिषयमा छलफल भइरहेको बताए । ‘अहिल्यै कुनै पनि टुंगो लागेको छैन,’ उनले भने ।
I would like to report news, comedies, sports, health......all kind of activities in my page for all of you!!!
Thursday, 15 October 2015
कांग्रेसले महन्थ ठाकुरलाई राष्ट्रपतिमा समर्थन गर्ने सम्भावना

Labels:
समाचार
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment