Wednesday, 14 October 2015

राष्ट्रिय टिमका कप्तान सागर थापासहित म्याच फिक्सिङको आरोपमा ४ खेलाडी पक्राउ

थापासहित राष्ट्रिय टिमका खेलाडी विकाससिंह क्षेत्री, रितेश थापा र सन्दिप राई पनि पक्राउ परेका छन् । उनीहरुसँगै प्रशिक्षक अञ्जन केसी पनि पक्राउ परेका छन् । उनीहरुलाई राष्ट्रिय र अन्तराष्ट्रिय खेलमा म्याच फिक्सिङ (खेल मिलेमतो) को आरोपमा पक्राउ गरिएको हो । ‘संगठीत रुपमा गरिएको राज्यविरुद्धको अपराध भएकाले उनीहरुलाई पक्राउ गरिएको हो । बाहिरका देशसँग पनि समन्वयमा खोजी गरिरेका छाैं,’ अपराध अनुसन्धान महाशाकाका प्रमुख एसएसपी सर्वेन्द्र खनालले बताए । सागर २००९ देखि नेपाली टिमका कप्तान छन् । उनी थ्रीस्टार क्लबका पनि कप्तान हुन् । पक्राउ परेका खेलाडीमध्ये सागर र सन्दिप थ्रिस्टारका खेलाडी हुन् । रितेश थापा नेपाल प्रहरीका खेलाडी हुन् । अञ्जन र विकाससिंह थ्रीस्टारका पूर्वखेलाडी हुन् । केही समय अगाडिसम्म अञ्जन थ्रीस्टारका प्रशिक्षक थिए। २०११ मा भएको विश्वकप छनाैटदेखि नै नेपाली खेलाडीमाथि खेल मिलेमतोको आशंका गरिदै अाएको थियो । अोमानमा भएको विश्वकप छनाैटको पहिलो लेगमा नेपाल मस्कटमा अोमानसँग ९-० ले पराजित भएको थियो । जबकि काठमाडाैंमा भएको दोस्रो लेगमा नेपालले १-१ को बराबरी नतिजा निकालेको थियो ।

No comments:

Post a Comment