प्राय मानिसहरु गर्भावस्थामा यौन सम्पर्क गर्ने कि नगर्ने भन्ने कुरामा दोधारे हुन्छन् । कतिपयले गर्भ तुहिने डरले यौन सम्पर्क गर्न चाहँदैनन् भने कतिपयले यौन सम्पर्कलाई निरनतरता दिन्छन् ।यसबारे डाक्टरहरुका अनुसार पटकपटक गर्भपतन भएकाहरूले गर्भ रहेको सुरूको तीन महिना र अन्तिमको एक महिना यौन सम्पर्क राख्नै हुँदैन । त्यस बाहेक अन्य समयमा सावधानी पूर्वक यौनसम्पर्क राख्न सकिन्छ । यस्तो अवस्थामा यौन सम्पर्क राख्दा पेट थिच्नु हुँदैन । तर कुनै गर्भवतीको सालनाल तल छ, कुनै किसिमको इन्फेक्सन छ अथवा पहिला बच्च खेर गएको छ भने गर्भावस्थाभर यौन सम्पर्क नराख्नु नै उचित हुन्छ
No comments:
Post a Comment