दिनहुँ अनारको जुस पिउने महिला पुरुषमा यौन क्षमता तथा यौनेच्छा बढ्ने पछिल्लो अध्ययनले देखाएको छ । अनारको जुसले टेष्टेस्टेरोन हर्मोनको मात्रा बढाउने र त्यसले यौन क्षमता तथा यौनेच्छा दुबैमा वृद्धि गर्ने अध्ययनकर्ताहरुको ठम्याइ छ । बेलायतको क्विन मार्गरेट विश्वविद्यालयका शोधकर्ताहरुले अनारको जुसले यौन क्षमता बढाउने तथ्य पुष्टि गरेका हुन् । २१ देखि ६४ वर्ष उमेर समूहका ५८ जना व्यक्तिमा उनीहरुले अध्ययन गरेका थिए । अध्ययनमा समावेश गराइएका ती मानिसहरुलाई पन्ध्र दिनसम्म लगातार हरेक दिन १ गिलास अनारको जुस पिउन दिइयो । पन्ध्र दिनपछि उनीहरुमा टेष्टेस्टेरोनको मात्रा १६ देखि ३० प्रतिशत सम्मले बढेको पाइयो । साथै अनारको नियमित सेवनले सकारात्मक संवेगको मात्रा बढेको र नकारात्मक संवेग घटेको समेत पुष्टि भयो । अनारको जुसले पुरुषमा दाह्री जुँगा आकर्षक बनाउने, बोली गहिरो र मधुर बनाउने तथा यौन चाहना बढाउने काम गर्यो भने महिलामा पनि यौन चाहना बढाउने मात्र नभई मांशपेशी र हड्डी मजबुत बनाउने प्रमाणित भयो । अनारको जुसले तनाव कम गर्न तथा बढि डराउने समस्या पनि कम सहयोग गर्ने तथ्य पनि वैज्ञानिकहरुले पत्ता लगाएका छन् । यसअघिका अध्ययनले अनारमा एन्टीअक्सिडेन्ट तत्व पाइने र त्यसले मुटुजन्य रोगको खतरा कम गर्न तथा रक्तसंचारलाई स्वस्थ बनाउन सहयोग गर्ने कुरा पत्ता लगाएको थियो । अनारको जुसको नियमित सेवनले क्यान्सरका साथै बाथ, पेटको रोग र आँखाको रोगको खतरा पनि कम गर्ने शोधकर्ताहरुको भनाइ छ ।
I would like to report news, comedies, sports, health......all kind of activities in my page for all of you!!!
Saturday, 17 October 2015
अनारको जुसले बढाउँछ यौन क्षमता
दिनहुँ अनारको जुस पिउने महिला पुरुषमा यौन क्षमता तथा यौनेच्छा बढ्ने पछिल्लो अध्ययनले देखाएको छ । अनारको जुसले टेष्टेस्टेरोन हर्मोनको मात्रा बढाउने र त्यसले यौन क्षमता तथा यौनेच्छा दुबैमा वृद्धि गर्ने अध्ययनकर्ताहरुको ठम्याइ छ । बेलायतको क्विन मार्गरेट विश्वविद्यालयका शोधकर्ताहरुले अनारको जुसले यौन क्षमता बढाउने तथ्य पुष्टि गरेका हुन् । २१ देखि ६४ वर्ष उमेर समूहका ५८ जना व्यक्तिमा उनीहरुले अध्ययन गरेका थिए । अध्ययनमा समावेश गराइएका ती मानिसहरुलाई पन्ध्र दिनसम्म लगातार हरेक दिन १ गिलास अनारको जुस पिउन दिइयो । पन्ध्र दिनपछि उनीहरुमा टेष्टेस्टेरोनको मात्रा १६ देखि ३० प्रतिशत सम्मले बढेको पाइयो । साथै अनारको नियमित सेवनले सकारात्मक संवेगको मात्रा बढेको र नकारात्मक संवेग घटेको समेत पुष्टि भयो । अनारको जुसले पुरुषमा दाह्री जुँगा आकर्षक बनाउने, बोली गहिरो र मधुर बनाउने तथा यौन चाहना बढाउने काम गर्यो भने महिलामा पनि यौन चाहना बढाउने मात्र नभई मांशपेशी र हड्डी मजबुत बनाउने प्रमाणित भयो । अनारको जुसले तनाव कम गर्न तथा बढि डराउने समस्या पनि कम सहयोग गर्ने तथ्य पनि वैज्ञानिकहरुले पत्ता लगाएका छन् । यसअघिका अध्ययनले अनारमा एन्टीअक्सिडेन्ट तत्व पाइने र त्यसले मुटुजन्य रोगको खतरा कम गर्न तथा रक्तसंचारलाई स्वस्थ बनाउन सहयोग गर्ने कुरा पत्ता लगाएको थियो । अनारको जुसको नियमित सेवनले क्यान्सरका साथै बाथ, पेटको रोग र आँखाको रोगको खतरा पनि कम गर्ने शोधकर्ताहरुको भनाइ छ ।
Labels:
स्वास्थ्य
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment