आश्विन २८, २०७२- दीपाश्री निरौला, अभिनेत्री ठाउँ आफू बोटिङको सोखिन भएकोले मलाई पोखरा निकै रमाइलो लाग्छ। प्राकृतिक दृष्टिले रमणीय यो थलोमा जति घुमे पनि धीत मर्दैन। परिकार अठर वर्षदेखि शाकाहारी छु। माछामासुको कुरै नगरौँ। सबैभन्दा मन पर्नेमा पनिरको तरकारी र भेज मम हो। धार्मिक आस्थाका कारण सुरुमा शाकाहारी भएकी थिएँ। अहिले बुझै जाँदा स्वास्थ्यका लागि पनि शाकाहारी हुनु फाइदाजनक रहेछ। पेय पदार्थ बियर र वाइन पिउँछु। गर्मी मौसममा चिसो बियर पिउँदा खडेरी परेको बिरुवाले पानी पाएजस्तै शीतल महसुस हुन्छ। सभासमारोहमा व्यक्तित्व झल्काउनका लागि वाइन हातमा समाउनै पर्यो। साहित्यिक किताब प्राय: जीवनी पढ्ने गरेकी छु। यस्ता किताबबाट धेरै सिक्न सकिन्छ। जीवनको अर्थ र ऊर्जा दुवै मिल्छ मलाई यस्ता किताबबाट। हरिवंश आचार्यको ‘चिना हराएको मान्छे’ र विजय कुमारको ‘खुसी’ मन पर्छन्। लेखक फिल्म लेखनमा दीपकराज गिरी मन पर्छ। सहकर्मी भएकोले भनेकी हैन है। पटकथा र संवाद लेखनमा दीपकजीको खुबीबाट प्रभावित छु। किताबजस्तै फिल्म र टेलिफिल्मको स्क्रिप्ट उत्तिकै क्रिएटिभ हुन्छ। गीत ‘जिन्दगीको के भरोसा...’। हुन त यो गीतका गायक कर्णदास नेपालमा नभएको लामै समय भयो। तर, उहाँको यो गीत सुन्दा उहाँ सधैँ यहीँ हुनुहुन्छ जस्तो लाग्छ। गायक–गायिका गायक रामकृष्ण ढकाल मन पर्छ। पछिल्लो पुस्ताबाट सुगम पोखरेललाई छान्छु। उनी सेन्टिमेन्टलदेखि रोमान्टिकसम्मका गीत गाउन सक्षम लाग्छन्। गायिकामा अरुणा लामालाई मन पराउँछु। फिल्म आफ्नै फिल्म ‘वडा नम्बर ६’ मन पर्छ। यसबाहेक ‘कबड्डी’ पछिल्लो फिल्ममध्ये राम्रो लाग्छ। हास्य कलाकार भएर होला, जटिल विषयलाई पनि व्यंग्यात्मक र सरल शैलीमा उठान गरिएका फिल्महरू रुचाउँछु। अभिनेता–अभिनेत्री दयाहाङ राईको अभिनयले मन छुन्छ। शालीन व्यक्तित्व भएका उनी फिल्मी पात्रलाई निकै नजिकबाट महसुस गरेर अभिनयमा उतार्न सक्छन्। त्यस्तै खुबी प्रियंका कार्कीमा पनि देखेकी छु। रेखा थापालाई ड्यासिङ दिन सक्ने अभिनेत्री हुन् प्रियंका। स्टेजमा उनी उभिँदाको आकर्षण नै बेग्लै हुन्छ। ग्याजेट मोबाइलबिना त बाँच्नै गाह्रो पर्छ। आइप्याड पनि चलाउने गर्छु। प्रविधिका यी माध्यमबाटै न्युजहरूमा पनि अपडेट हुने गरेकी छु।
I would like to report news, comedies, sports, health......all kind of activities in my page for all of you!!!
Thursday, 15 October 2015
दीपालाई मनपर्छ दीपकराजकाे लेखन् .....

Labels:
मनोरञ्जन
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment