Friday, 16 October 2015

जनताले सबैभन्दा बढी रुचाएको नेता मै हुँः बाबुराम

केही समयअघि मात्र एकीकृत माओवादी परित्याग गरेका पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले जतिसुकै विरोध र आलोचना भए पनि आजका दिनसम्म आफू जनस्तरबाट सर्वाधिक रुचाइएको नेता भएको दाबी गरेका छन् । राजधानीमा केही दिनअघि भएको एमाओवादीमा रहेका आफू समर्थक कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले जनतामा अरुभन्दा १० औं गुणा बढी आफू लोकप्रिय रहेको जिकिर गरेका हुन् । आफू २०६० सालमा वार्ता टोली संयोजक भएर काठमाण्डु आएयता सञ्चार माध्यमले गरेका धेरै सर्वेक्षणमा समाकालिन नेताहरुको तुलनामा कयौं गुणा बढी जनताले आफूलाई रुचाएको दाबी उनको छ ।‘अहिले पनि म दाबीसाथ भन्छु ६० सालमा सबभन्दा पहिले म वार्ता टोलीको नेतृत्व गरेर आएको थिएँ’, भट्टराईले भनेका छन्, ‘त्यसबेलादेखि जनस्तरबाट जतिसुकै पनि सर्वेक्षण भएका छन् सबै सर्वेक्षणमा अहिलेसम्म मेरा समकालिन नेताहरु भन्दा मलाई नै सबैभन्दा धेरै प्रतिशतले रुचाएका छन् ।’ भट्टराईले आफूलाई रुचाउनेको प्रतिशत ८० सम्म पुगेको भन्दै अहिले घटेर १० मा झरेको स्वीकार गरे । ‘कहिलेकाहीं ८० सम्म पुग्छ, कहिले झरेर १० सम्म आउँछ’, भट्टराईले भनेका छन्, ‘पहिलाको तुलनामा घटेको सत्य हो तर १० मा झर्दा पनि फेरि सबैभन्दा बढी मैलाई रुचाएका छन् ।’ उनले अहिले भइरहेका विरोध वा आलोचनाबाट आफू नआत्तिएको भन्दै कार्यकर्तालाई समेत नआत्तिन भनेका छन् । ‘नेतृत्व लिने मान्छेले जोमिख उठाउन सक्नुपर्छ । सामान्य मान्छेले नजिकको देख्छ र नेतृत्व लिने मान्छेले भोलि हे हुन्छ भन्ने देख्न सक्नुपर्छ’, उनले भनेका छन्, ‘जोखमिपूर्ण बाटोमा लागेर एक्लै हुँदा मनमा रतंग आउँदोरहेछ । मलाई पनि त्यस्तै भयो । दुनियाँलाई बाटो देखाउने मान्छेले आँट गर्नुपर्छ र जोखिम लिनुपर्छ ।’ उत्पीडित जनता आफ्ना अधिकारका लागि सचेत भइसकेकाले जनता आफ्नो पछि लाग्ने विश्वासमा एक्लै पछिल्लो कदम उठाएको दाबी उनको छ । श्रोत टायम नेपाल बाट

No comments:

Post a Comment