Monday, 12 October 2015

उपप्रधानमन्त्री बनेपछि विजयकुमार गच्छदारले यसो भने


 नवनियुक्त उपप्रधानमन्त्री विजयकुमार गच्छदारले तराई–मधेसमा जारी आन्दोलनका माग सम्बोधनका लागि सङ्घीयताको संरचनामा हेरफेरसहित संविधान संशोधन गरिने बताउनुभएको छ । आज राष्ट्रपति भवन शीतल निवासमा शपथग्रहणपछि पत्रकारसँग प्रतिक्रिया दिँदै उहाँले मधेसी, थारू र जनजातिसँगको छलफलमा आवश्यकताअनुसार सङ्घीयताको सङ्ख्या र सीमामा हेरफेर गरिने र अन्य मागलाई पनि छलफलबाट सम्बोधन गरिने बताउनुभयो । संविधानमा संशोधनका लागि सरकार गठनपूर्व नेकपा (एमाले), एकीकृत नेकपा(माओवादी) र आफ्नो पार्टी मधेसी जनाधिकार फोरम (लोकतान्त्रिक) बीच आठबुँदे सहमति भएको स्मरण गराउनुभयो । उहाँले संविधान जारी गर्नुपूर्व प्रमुख तीन दलका बीचमा भएको १६ बुँदे सहमतिको मर्मअनुसार संविधान संशोधन हुने जनाउनुभयो । सो सहमतिमा आठ प्रदेशमा जाने उल्लेख थियो भने नयाँ संविधानमा सात प्रदेशको व्यवस्था गरिएको छ । गच्छदारले संविधान संशोधनमा नेपाली काँग्रेसको पनि सहमति हुने जिकिर गर्नुभयो ।

No comments:

Post a Comment