Saturday, 17 October 2015

यी हुन ३० बर्ष अघि गरिने बिबाहको फाइदाहरू


काठमाडौं, बदलिँदो जीवनशैलीमा बिबाह गर्ने उमेर दिनदिनै बढ्दै गैरहेको छ । यस्तोमा यदि २० देखि ३० बर्षको उमेरका बिचमा बिबाह गरियो भने यसले बैबाहित जोडीलाइ धेरै कारणबाट फाइदा पुर्याउँदछ ।

एक-अर्काका लागी पुरा समय दिन सकिने
 बिबाह गर्दा यदि २० देखि २५ बर्षको उमेर रहेमा यतिबेला बच्चाका लागी त्यति धेरै दबाव हुँदैन । यस्तोमा एक अर्कालाइ बुझ्नका लागी पर्याप्त समय प्राप्त हुन्छ । यति मात्र हैन, यस उमेरमा बिबाह गर्नेहरूसंग आफ्नो भविष्य, करिअर र परिवार को प्लानिङ गर्नका लागी पनि पर्याप्त समय हुन्छ ।

 सम्बन्धमा प्रेम बढ्दछ
 हुन त कम उमेरमा बिबाह गरेपछि एक अर्काका लागी दिने समय धेरै हुन्छ यस्तोमा एक अर्कोप्रति आफ्नो मायालाइ व्यक्त गर्ने र रोमान्सको अबसर पनि धेरै हुने गर्दछ । केही अनुसन्धानहरूमा भने यो पनि भनिएको छ कि बच्चा भएपछि लाइफबाट रोमान्स अपेक्षाकृत कम हुन थाल्दछ । यसैले बिबाह अघि पनि लाइफमा रोमान्सका लागी धेरै अबसरहरू हुन्छन ।

 स्व्स्थ्य पनि फिट हुन्छ
 कयौं अनुसन्धानका क्रममा यो पनि भनिएको छ कि ३० बर्षपछि गर्भधारणको सम्भावना केही कमी हुने गर्दछ । यस्तोमा पहिलो गर्भधारणका लागी २५ देखि ३० बर्षको उमेरलाइ आदर्श मानिन्छ । यस्तोमा यस उमेरमा बिबाह गर्ने मानिसहरू फर्टिलिटी संग सम्बन्धित समस्याहरूसंग पनि कम जुध्ने गर्दछन ।

 निकै राम्रो अभिभावक बन्न सकिन्छ
 ३० बर्ष अघि बिबाह गरेको कारणले एक अर्काको बीचमा आपसी समझदारी बढ्दछ, जसले तपाइँलाइ एकअर्काप्रति जिम्मेबार बनाउने मात्र नभै बच्चाहरूका प्रति पनि धेरै जिम्मेवार बनाउँदछ । बच्चाहरूको लालन पालनमा तपाइँसंग ऊर्जा पनि धेरै हुन्छ, यसैले तपाइँ एक राम्रो अभिभावकका रूपमा समेत फिट हुन सक्नुहुन्छ । साथै यस्तो त ईश्वरले नगरून तर यदि विवाह पछि तपाइँ आफ्नो जीबनसाथीसंग बस्न सक्नुहुन्न भने पनि समय छँदै अर्को सम्भावनामाथि पनि सोच्न सक्नुहुन्छ ।

 त्यसैले ३० बर्ष भन्दा अगाडीको बिबाहलाइ अनुसन्धानकर्ताहरूले जोड दिएका छन ।

No comments:

Post a Comment