Thursday, 15 October 2015

चीनसँगको रसुवागढी नाका यसरी खुल्यो, के–के ल्याइन्छ यो नाकाबाट ? (फोटोफिचर)

रसुवा, असोज २८ । लामो समयदेखि बन्द रहेको चीनसँग जोडिएको रसुवागढी नाका विहीबार (आज)बाट औपचारिकरुपमा सन्चालनमा आएको छ । नेपाल र चिनियाँ उच्च पदस्थ सरकारी अधिकारीको संयुक्त सहभागितामा विहीबार बिहान ९ बजेबाट नाका सन्चालनमा आएको रसुवाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले जानकारी दिए । चीनले गत २४ गते नै नाका खोल्ने बताएको भएपनिकेरुङदेखि रसुवागढी बीचमा भूकम्पले भत्काएको सडक पुनःनिमार्णका क्रममा सडक भत्किन जाँदा ढिलाइ भएको बताइएको छ । नाका सन्चालनसँगै चिनियाँ सामानको आयात सुचारु हुने रसुवागढी भन्सार कार्यालयका प्रमुख केदारप्रसाद पनेरुले बताए । भारतले अघोषित रुपमा दक्षिण्का नाकामा कडाइ गरेपछि झन्डै छ महिनादेखि बन्द रहेको रसुवागढी नाका तत्काल खुलाउन सरकारले पहल थालेको थियो । यो नाका भएर विशेषतः स्याउ, रेडिमेट कपडा, ब्ल्यांकेट, घडी, चक्लेट, जुत्ता, चप्पललगायतका सामाग्री नेपाल ल्याइने छ भने नेपालबाट बिस्कुट, चाउचाउ, मैदा, खुर्सानी र हस्तकलाका सामान चीनतर्फ निर्यात गरिने जनाइएको छ ।

No comments:

Post a Comment