Wednesday, 14 October 2015

थाहापाई राखौं – यौन समाधी शुरु गर्नु पुर्व या शुरु गर्ने बित्तिकै वीर्य झर्नु एक किसिमको रोग हो, यसको ऊपचार बिधी

योनिमा घर्षण नै गर्न नपाई योनिमा छिराउनासाथ वा छिराउनुअघि नै वीर्य स्खलन हुने समस्या पुरुषहरूमा देखिने यौनसम्बन्धी समस्याहरूमध्ये सबैभन्दा बढी पाइने समस्या हो । सजिलो भाषामा भन्नुपर्दा वीर्य स्खलन छिटो हुनु नै शीघ्र वीर्य स्खलन हो, तर कतिपयले सामान्य समय सीमामै वीर्य स्खलन भए पनि चाँडो भएको मान्छन् भने कसैले धेरै समय लागे पनि त्यसलाई सामान्य मान्न सक्छन् ।महिलालाई यौन चरमसुख प्राप्त गर्न एकदमै धेरै समय लाग्ने अवस्थामा पनि पुरुषको वीर्य स्खलन चाँडो भएजस्तो हुनसक्छ । यसको पक्का कारण यही नै हो भनेर भन्न सकिने अवस्था नभए पनि अहिले शीघ्र स्खलनको मूलकारण मानसिक नै भएको पाइन्छ । कतिपय मानिसमा यौनसम्पर्क वा क्रियाकलापमा ‘राम्रो’ गर्न नसक्नु एक गम्भीर चिन्ताको कारण हुनसक्छ । आफ्नो यौन जोडीलाई सन्तुष्ट तुल्याउन सक्दिन कि भन्ने चिन्ताले समस्यालाई थप बढाउँछ । विरलै भए पनि केही उकथअजयतचयउष्अ मचगन कतै यस्तो समस्याको कारण त होइन भनेर केलाउन बिर्सनु हुँदैन । उपचार गर्न सकिएला ? आक्कल–झुक्कल शीघ्र स्लखन हुनु अस्वभाविक होइन । त्यसैले यस्तो स्थितिमा खासै चिन्ता गर्नु आवश्यक छैन । धेरै चिन्ता गर्दा समस्या अझ बढ्न सक्छ । शीघ्र स्खलनको समस्या नियमित रूपमा हुन थाल्यो भने पक्कै समाधानको उपाय खोज्नुपर्ने हुन्छ । यो समस्या कम गर्न आफैंले अबलम्बन गर्न सकिने केही उपाय छन
 यौनसम्पर्क रोक्ने–सुरु गर्ने :
यौनसम्पर्क गरिरहँदा स्खलन होला जस्तो भएपछि तुरुन्तै लिंग योनिबाट बाहिर झिकेर केही बेर यौनक्रीडालाई नै रोक्ने र यौन उत्तेजना केही कम भएपछि पुन: सुरु गर्ने ।

आसन परिवर्तन :
 लोग्नेमान्छे माथितिर र महिला तलको सट्टा महिला माथितिर बसेर सक्रिय भै यौनसम्पर्क गरे पनि शीघ्र स्खलन कम गर्न मद्दत पुग्छ ।

 लिंग अँठ्याउने :
 यौनसम्पर्क गर्दा स्खलन होलाजस्तो भएपछि तुरुन्तै लिंग योनिबाट बाहिर झिकेर लिंगको फेदलाई बेस्सरी अठ्याउने र वीर्य स्खलन हुन नदिने । केहीबेरमा यौन उत्तेजना केही कम भएपछि पुन: यौनक्रीडा सुरु गर्ने ।

कन्डमको प्रयोग गर्ने :
 कन्डमको प्रयोगबाट पनि कतिपयलाई शीघ्र स्खलनको समस्या कम गर्न मद्दत पुगेको छ । यस्तो बेला चिप्लो पदार्थ कम भएको तथा बाक्लो किसिमको कन्डमले बढी फाइदा पुर्याउँछ ।

 मांसपेशीको प्रयोग गर्ने :
 पिसाब आउँदा रोक्न प्रयोग गर्ने मांसपेशीको कसरत गरेर वीर्य स्खलन रोक्ने अभ्यास गर्न सक्दा पनि फाइदा हुन्छ ।

औषधीको प्रयोग :
 अचेल छालाको संवेदनशीलता कम गर्ने मल्हम तथा स्प्रेहरू पनि बजारमा उपलब्ध छन् । बेन्जोकाईन तथा लिडोकाईन जस्ता औषधी भएका यस्ता उत्पादन लिंगमा प्रयोग गर्दा शीघ्र स्खलन कम गर्न मद्दत पुग्छ ।

 वीर्य स्खलन नियन्त्रणको अभ्यास :
 दीर्घकालीन उपचारका लागि हस्तमैथुनमा जस्तै उत्तेजित लिंगलाई चलाउने र वीर्य स्खलन होलाजस्तो भएपछि रोक्ने र उत्तेजना केही कम भएपछि पुन: हस्तमैथुन सुरु गर्ने तथा वीर्य स्खलन होलाजस्तो भएपछि रोक्ने र यो प्रक्रिया दोहोर्याउने । वीर्य स्खलनलाई राम्रोसँग नियन्त्रण गर्न सक्छु जस्तो लागे पछि श्रीमतीसँग यौनसम्पर्करहित यौन क्रियाकलापमा संलग्न हुने तर यौनसम्पर्क अर्थात लिंग योनिमा पसाउने कार्य भने नगर्ने । वीर्य स्खलन होलाजस्तो भए पछि उक्त क्रियाकलाप रोक्ने र उत्तेजना केही कम भएपछि पुन: सुरु गर्ने । आफ्नो यौन साथीसँग पहिले कुनै चिप्लो पदार्थ प्रयोग नगरी र पछि चिप्लो पदार्थ प्रयोग गरेर यस्तो क्रियाकलापमा संलग्न हुने ।
 अब वीर्य स्खलनमा पर्याप्त नियन्त्रण भयो जस्तो लागेपछि लिंगलाई बिस्तारै भगक्षेत्र (योनि क्षेत्र) मा स्पर्श वा हल्का घर्षण गर्ने तर यौनसम्पर्क भने नगर्ने । यसो गर्दा वीर्य स्खलन होला जस्तो भए ती क्रियाकलाप गर्न रोक्ने र उत्तेजना केही कम भए पछि पुन: सुरु गर्ने । वीर्य स्खलनलाई नियन्त्रण गर्न सक्छु जस्तो लागेपछि माथि भनिए जस्तै पहिले यौन साथी बढी सक्रिय हुने गरेर यौनसम्पर्क सुरु गर्ने । वीर्य स्खलन नियन्त्रण गर्न सकिने स्थिति वा क्षमतालाई हेर्दै विविध उपाय अवलम्बन गर्दै यौनसम्पर्कलाई अघि बढाउने ।
 हप्तामा चार पटक यौनसम्पर्क गर्नु हुन्छ भने दुई पटकको पाक्क्रीडा अनि त्यसपछिको यौन क्रियाकलाप सम्पूर्ण रूपमा श्रीमतीको यौन चरमसुख प्राप्तिका लागि समर्पित गर्नुहोस्, जसले तपाईंहरूको यौनजीवनलाई सुखमय बनाउन सहयोग गर्छ र बाँकी दुईमा आफ्नो । तपाईलाई थाहै होला, महिलाको सर्वाधिक यौन संवेदनशील अंग भगांकुरको घर्पणका लागि योनिमा लिंग प्रवेश गराउनु आवश्यक छैन

No comments:

Post a Comment