काठमाडौँ – एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री पदमा निर्वाचित हुनुभएको छ। म उहाँलाई भन्दा नेपाली जनतालाई बधाइ भन्न चाहन्छु। किनभने प्रधानमन्त्री पदको निर्वाचनले लोकतन्त्र संस्थागत हुने ढोका खुलेको छ। संविधान सशक्त रुपमा कार्यान्वयन सुरु भएको छ।जसले जति विरोध गरे पनि यो सविधानले थारु, आदिवासी, मधेसी, जनजातिलाई उच्च बनाएको छ। कतिपय असन्तुष्टि छन् संविधानमा तैपनि यो संविधानले यी समुदायहरुको अधिकारको ढोका खोलेको छ। केपी ओली प्रधानमन्त्री निर्वाचित हुनुभए सँगै थप अधिकार प्राप्ति र भएको अधिकार कार्यान्वयनको सुनिश्चितता भएको छ। त्यसैले अब थारु, मधेसी, जनजाति सबैले शान्तिपूर्ण र लोकतान्त्रिक बाटोलाई समर्थन गर्नुपर्छ।
केपी ओली सामु धेरै चुनौती छन्, भारतले लगाएको अघोषित नाकावन्दी, मधेसी, थारुका नाममा गरिएको आन्दोलन चुनौती हुन्। राष्ट्र र राष्ट्रिययताको हितमा देशको शिर ठाडो पारेर ओलीले देशलाई नयाँ युगमा पुराउन सक्नुपर्छ। जनताले उहाँबाट धेरै नै अपेक्षा गरेका छन्। जनअपेक्षा पूरा गर्न उहाँलाई बधाई तथा शुभकामना। नेपाली जनतालाई पनि बधाई। (यी भनाई चौधरीले सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक गरेकी हुन्)
I would like to report news, comedies, sports, health......all kind of activities in my page for all of you!!!
Monday, 12 October 2015
केपी शर्मा ओलीलाई शान्ता चौधरीको खुलापत्र
काठमाडौँ – एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री पदमा निर्वाचित हुनुभएको छ। म उहाँलाई भन्दा नेपाली जनतालाई बधाइ भन्न चाहन्छु। किनभने प्रधानमन्त्री पदको निर्वाचनले लोकतन्त्र संस्थागत हुने ढोका खुलेको छ। संविधान सशक्त रुपमा कार्यान्वयन सुरु भएको छ।जसले जति विरोध गरे पनि यो सविधानले थारु, आदिवासी, मधेसी, जनजातिलाई उच्च बनाएको छ। कतिपय असन्तुष्टि छन् संविधानमा तैपनि यो संविधानले यी समुदायहरुको अधिकारको ढोका खोलेको छ। केपी ओली प्रधानमन्त्री निर्वाचित हुनुभए सँगै थप अधिकार प्राप्ति र भएको अधिकार कार्यान्वयनको सुनिश्चितता भएको छ। त्यसैले अब थारु, मधेसी, जनजाति सबैले शान्तिपूर्ण र लोकतान्त्रिक बाटोलाई समर्थन गर्नुपर्छ।
केपी ओली सामु धेरै चुनौती छन्, भारतले लगाएको अघोषित नाकावन्दी, मधेसी, थारुका नाममा गरिएको आन्दोलन चुनौती हुन्। राष्ट्र र राष्ट्रिययताको हितमा देशको शिर ठाडो पारेर ओलीले देशलाई नयाँ युगमा पुराउन सक्नुपर्छ। जनताले उहाँबाट धेरै नै अपेक्षा गरेका छन्। जनअपेक्षा पूरा गर्न उहाँलाई बधाई तथा शुभकामना। नेपाली जनतालाई पनि बधाई। (यी भनाई चौधरीले सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक गरेकी हुन्)
Labels:
news
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment