Thursday, 22 October 2015

प्याज सेवनका १० फाइदा

प्याज भान्सामा नियमित तरकारी वा मसलाकोरुपमा प्रयोग हुने बस्तु हो । कतिपयलाई प्याज मन नपरेपनि अधिकाँशलाई यो मन पर्छ ।

 प्याज सामान्य देखिने बस्तु भएपनि यसका दर्जनौं फाइदा छन् । प्याजले रोगसँग लढ्ने क्षमता बढाउँछ भने अनुहार पनि सफा पार्छ । आँखाको दृष्टी बढाउने प्याजले विभिन्न रोगबाट पनि बचाउँछ ।

 यहाँ प्याजका १० फाइदाबारे चर्चा गरिएको छ ।

 १ कोलेस्ट्रोल सन्तुलित राख्छ 
 प्याजमा पाइने एन्टी-ब्याक्टेरियल गुणले शरीरमा हुने कोलेस्ट्रोलको स्तर नियमितरुपमा कम राख्छ । प्याजमा हुने तत्वले पाँचन प्रणाली पनि सुधार गर्छ ।

 २ मुटुलाई फाइदाजनक 
 काँचो प्याजले रक्तचापलाई सन्तुलित राख्छ । यसमा हुने मिथाइल सल्फाइड र एमीनो एसिडले कोलेस्ट्रोललाई नियन्त्रण गर्छ मुटुमा हुने रोग लाग्न दिँदैन ।

 ३ कपालका लागि फाइदाजनक
 प्याजले कपाललाई पनि स्वस्थ राख्छ । प्याजको रस लगाउँदा कपाल झर्न रोकिन्छ भने कालो पनि हुन्छ । यसले कपाललाई फुल्नबाट रोकेर कालो पार्ने काम समेत गर्छ ।

 ४ क्यान्सरबाट बचाउँछ
 प्याजमा सल्फर तत्व अधिक हुन्छ । यो पेटमा हुने कोलोन, स्तन वा फोक्सोको क्यानसरबाट बचाउन उपयोगी हुन्छ । यसले पिसावमा हुने संक्रमण समेत रोक्छ ।

 ५ मधुमेहबाट बचाउँछ
 नियमित प्याज सेवन गर्दा शरीरमा इन्सुलिनको मात्र सन्तुलित हुन्छ र मधुमेहबाट बचाउँछ । मधुमेह हुने ब्यक्तिले नियमित खानामा प्याज सलादकोरुपमा खानु राम्रो हुन्छ ।

 ६ पत्थर
 पत्थर भएका ब्यक्तिलाई प्याजको सेवन निक्कै राम्रो हुन्छ । प्याजको रस चिनीसँग मिलाएर शरवत बनाएर सेवन गरेमा पत्थरीको समस्या रहँदैन । प्याजको रस सहितको पानी विहानमा सेवन गर्दा पत्थरी निस्कन्छ । ७ कब्जियतको समस्या समाधान प्याज सेवन गर्दा कब्जियतको समस्या पनि समाधान हुन्छ । प्याजमा हुने रेशादार पदार्थले पेटमा हुने समस्याबाट मुक्त गर्छ ।

 ८ चिसोबाट बचाउँछ
 प्याज गर्मी चिज हो । यसले चिसो हुनबाट बचाउँछ । चिसो लागेको समयमा वा रुघा खोकी लाग्दा प्याजको सेवन गर्दा फाइदा हुन्छ । 

 ९ लू बाट बचाउँछ
 गर्मी मौषममा प्याज सेवन गर्दा लू लाग्ने खतरा हुँदैन । प्याजको एक चम्चा रस पानीमा मिसाएर छातीमा मालिस गर्दा फाइदाजनक हुन्छ ।

 १० यौन शक्ति बढाउँछ
 प्याजले यौन शक्ति पनि वृद्धी गर्छ । सुन्दर यौन जीवनका लागि प्याजको सेवन फाइदाजनक मानिन्छ । पुरुषले प्याजको सेवन गर्दा उनीहरुको यौन शक्ति बढ्छ ।

नेपाली चलचित्र अचानक हेर्नुहोस >>


चाया बाट छुट्कारा पाउनका लागि अपनाउनुहोस ५ सजिला उपाय

के तपाई चाया को समस्याले गर्दा तनावमा हुनुहुन्छ ? चाया सरुवा रोग होइन । चायाको समस्या देखिने दर हाम्रो मुलुकमा भने अझ बढी छ । चिकित्सा तथ्यपत्र अनुसार, सेतो धूलोको कणजस्तै देखिने चाया एक प्रकारको निर्जीव छाला हो, जुन कपालको जरो छेउछाउ जम्मा हुन्छ । चाया बढ्दै जाँदा टाउको चिलाउने, छालामा खटिरा/बिमिरा देखिने, छाला सुन्निनेजस्ता समस्या देखिन थाल्छन् । चायाले अनुहार, आँखीभौं, परेला, कानको पछाडिसमेत जम्मा भएर ‘सिबोरिक डर्माटाइटिस’ को रूपसमेत लिने गर्छ । चाया सबै मौसममा हुने गर्छ, जाडो याममा अलिक बढी चाहिँ अवश्य हुन्छ । त्यसैले हिउँद लागेपछि कपाललाई विशेष हेरचाह अत्यावश्यक हुन्छ ।

 चायाबाट बच्ने केहि उपायहरु :

 १. कपाल सुकाउँ :
 चाया पर्दा कपाल रुखो हुन्छ । त्यसैले, कपाल धोएर सुकाउँदा सकेसम्म कुल ड्रायर चिसो हावा प्रयोग गर्ने । यसपछि कपाल कोर्दा ठूलो दाँत भएको काइँयो प्रयोग गर्ने ।

 २. दही र कागतीको प्रयोग :
 चायाबाट मुक्तिको लागि दही र कागतीको रस मिलाएर कपालमा लगाउनुस्। आधा घन्टापछि कपाल पखाल्नुस्। यसो गर्दा चाया कम हुदै जान्छ ।

 ३. तनाव ब्यबस्थापन :
 तनावले स्वास्थ्यलाई अझ बढी नबिगार्ने स्वास्थ्य अबस्था कतै हुन्छ ? तपाई आफनु स्वास्थ्यमा सुधार गर्न लाग्नु भएकाबेला तपाईँ कस्तो अबस्थाको सामना गर्दै हुनुहुन्छ भन्ने कुरा भनिरहनु पर्दैन । तपाईँलाई तनाव कम गर्ने सल्लाह दिइन्छ । यो चायाको समस्या पनि त्यो भन्दा फरक छैन । औषधीविज्ञहरु तनावले यो अबस्थालाई अझ बढी चर्काउँछ भन्ने कुरामा विश्वास गर्छन् ।

 ४. ‘हेयर स्पा ट्रिटमेन्ट’ :
 चायाग्रस्त रुखो कपालको सुरक्षाका लागि सातामा एक पटक ‘हेयर स्पा ट्रिटमेन्ट’ गर्ने । यसबाट टाउकाको छालासँग जोडिएको चाया पर्ने, कपाल झर्ने, टाउकाको छाला सुक्खा हुने र कपाल दुईमुख हुनेजस्ता समस्या समाधान हुन्छन् । साथै, कपाल चम्किलो र स्वस्थ पनि हुन्छ । ‘हेयर स्पा ट्रिटमेन्ट’ ले टाउकाको रक्तसञ्चार पनि ठीक गराउँछ ।

 ५. भोजनमा फेरबदल :
 स्वस्थ छाला र कपालका लागि भोजनको भूमिकाका बारेमा धेरै पहिलेदेखि थाहा पाइएको छ । जब चाया देखा पर्छ, सामान्यतया जिंक, ओमेगा ३ चिल्लो एसिड, सेलेनियम, अनि बी भिटामिन भएका खानाहरु फाइदाजनक हुन्छन् ।यदि तपाईँ आफ्ना भोजनमा यी कुराहरुलाई संगठित गर्ने प्रयास गर्नुहुन्छ भने चाया को समस्या पनि धेरै कम हुन्छ ।

श्रीमतिलाई यौन सन्तुष्टि दिन सक्नुहुन्न ? यो पढ्नुहोस्

काठमाण्डौ । अफ्नो श्रीमतिको यौन इच्छा पुरा गर्न नसकेर हैरान भएका एक व्यक्तिले सम्बन्ध बिछेद गरेको घटना हाम्रो अनलाइनमा “श्रीमतिको यौन तृष्णा पुरा गर्न नसक्ने श्रीमानले मागे डिभोर्स “ पढ्नु भएकै होला । नआतिनुस, हामि यस घटना सुनाएर तपाईको यौन शक्तिको बिषयमा प्रश्न गर्न चाहेका होइनौ । हाम्रो उद्देश्य भनेको ति मानिसहरुलाई सहयोग गर्नुहो जो आफ्नो पार्टनरलाई पुर्ण रुपले सन्तुष्ट गर्न नसकेर निरास भएका छन् । यँहा हामि यौन शक्तिलाई कम गर्ने कारकहरु र त्यसलाई हटाउनको लागि खान-पिनका केहि यस्ता चिजहरुको बारेमा कुरा गर्न गइरहेका छौ जसको कारण यौन शक्ति बढाउन सकिन्छ ।

 पुरुषहरुको यौन शक्तिमा कमी ल्याउने केहि कारक:

 जाँड रक्सी र सुर्तिजन्य बस्तुको प्रभाव: जाँड रक्सी, चुरोट र सुर्तिजन्य बस्तुको अत्याधिक सेवनले लिङगको कोशिकाहरुमा प्रभाव पार्दछ र यो यौन शक्ति कमजोर हुनुको एक मुख्य कारण हो ।

 डिप्रेशन:

 धेरै तनाबले हार्मोनमा परिवर्तन ल्याउछ । यौन शाक्ति कम गर्ने कारण मध्ये एक यो हो ।

 बिरामि:

 डायबीटीज र हाई ब्लड प्रेशरले पनि यौन शक्ति कम गर्दछ ।

 खान-पानका केहि टिप्स जसलाई खानाले यौन कमी हटाउन सकिन्छ :

 सेतो मुसली

 यूनानी चिकित्साका अनुसार सेतो मुसलीको प्रयोगले यौन शक्ति बढाउन धेरै फाइदाजनक हुन्छ ।

 अदुवा

 यौन शक्त बढाउनेमा यसको भूमिका पनि अत्यन्त महत्वपुर्ण हुन्छ । त्यसैले यसलाई खान-पिनमा अवश्य प्रयोग गर्नुहोस ।

 खजूर

 बादम, पिस्ता र खजूर दैनिक खानाले तपाईले अवश्य फरक महशुश गर्नुहुनेछ ।

 लसुन 

काचो लसुनको २-३ पोटि दैनिक खानाले तपाईको यौन प्रभाव बढाउनेछ। 

 ताजा फल

 यौन शक्ति कमी भएर पीडित मानिसहरुले ताजा फलहरुलाई आफ्नो नियमित खुराकमा अवश्य सामेल गर्नु पर्नेछ । एजेन्सीको सहयोगमा

क्यान्सरका शुरुवाती ५ लक्षणः कहिले पनि वेवास्ता नगर्नुस्

क्यान्सर गम्भिर प्रकारको रोग हो । जुनसुकै क्यान्सर लागेपनि पैसा र शरीर दुवैको क्षति हुन्छ । तर क्यान्सरलाई बेलैमा पहिचान गर्न सकियो भने रोकथाम पनि गर्न सकिन्छ । क्यान्सरका लक्षण देखिए भने पनि आत्तिइ हाल्नु हुँदैन । तर नियमितरुपमा जाँच र चिकित्सकको परामर्स भने लिनु पर्छ । हरेक जसो क्यान्सरमा देखिने ५ लक्षण यहाँ प्रस्तुत गरिएको छ । यी लक्षण देखिएभने कहिले पनि वेवास्ता नगर्नुस् । १ दुखाइ शरीरको कुनै पनि अंग वा भागमा निरन्तर दुखाइ महसुस भयो भने यसलाई वेवास्ता नगर्नुस् । पेन किलर खाएर दुखाइ कम गर्ने मुर्खता पनि नगर्नुस् । महिलामा हुने स्तन क्यान्सर शुरुमा पत्ता लगाउन निक्कै गाह्रो हुन्छ । २ ज्वरो ज्वरो आउनु पनि शरीरमा सञ्चो नभएको संकेत हो । नियमितरुपमा ज्वरो आउनु पनि क्यान्सरको लक्षण हुन सक्छ । क्यान्सर रोग लाग्ने समयमा विभिन्न प्रकारले लामो समय सम्म ज्वरो आउने समस्या हुन सक्छ । कहिले काँहि सिजलन ज्वरो आएको भनेर लापर्वाही गर्दा गम्भिर समस्या पनि हुन सक्छ । ३ दुब्लाउँदै जानु वा वजन कम हुनु यदि तपाइँ एकाएक दुब्लाउन थाल्नु भो वा शरीरको बजन १ वा डेढ सातामै १० प्रतिशत सम्म कम भएमा तत्काल जाँच गराउनुस् । कुनै शारीरक अभ्यास नै नगरीकन तौल घट्नु वा दुब्लाउनु राम्रो संकेत होइन । डाइटिङ नै गर्दा पनि एकाएक तौल घट्नु राम्रो संकेत होइन । ४ थकान जतिबेला पनि थकान र कमजोर अनुभव गर्न थाल्नु भो भने बुझ्नुस् शरीर अस्वस्थ छ । क्यान्सरका शुरुवाती लक्षणमा थकान र कमजोर हुनु पनि पर्छन् । खासगरी चुरोट वा खैनी सेवन गर्नेहरुलाई यसमा विशेष ध्यान दिनु पर्छ । कतिपय अवस्थामा रक्तचाप कम हुँदा पनि थकाइ लाग्ने र कमजोर महसुस हुने हुन्छ । ५ तनाव जतिबेला पनि तनाव हुन्छ । दिशा र पिसावको रंग बदलिएको छ भने सतर्क बन्नुस् । यस्तो अवस्थामा सके सम्म छिटो डाक्टरकोमा जानु राम्रो हुन्छ । अधिकाँश मानिस ब्यस्त जीवन नै तनावको कारण भन्ने ठान्छन् तर कहिले काँही यस्तो हुनु गम्भिर समस्याको संकेत हुन सक्छ । क्यान्सकार लक्षण मध्ये अत्याधिक तनाव र शरीर चिलाइरहने समेत पर्छन् ।

नि:शुल्क टिकट पाएपछि १७ नेपाली घर फर्किए

मलेसिया: अवैधानिक रुपमा काम गरेको आरोपमा मलेसियाका जेलमा रहेका १७ नेपालीलाई नेपाली दुतावासले नि:शुल्क टिकट उपलब्ध गराएपछि उनिहरु घर फर्किएका छन् । मलेसियाको बिभिन्न जेल तथा डिटेन्सन क्याम्पमा रहेका ती नेपालीलाई मलेसियामा कार्यरत रहेका केही संस्थाको सहयोगमा नि:शुल्क टिकट उपलव्ध गराएको दुतावासले जनाएको छ ।

 काजाङ्गको सिमोनिया डिटेन्सन क्याम्पमा रहेका पन्ध्र जना, के एलआइ ए डिटेन्सन क्याम्पमा रहेका एक र अर्का एक जनालाई नेपाल फर्काइएको दुतावासले जनाएको छ । मलेसियामा रोजगारीका लागि आएका नेपालीले काम र दाम राम्रो नपाएपछि अवौधानिक बन्ने गरेका छन् ।

 अवौधानिक रुपमा काम गरिरहेको अवस्थामा प्रहरीले पक्राउ गरे उनीहरुलाई यहाँको कानुन अनुसार ३ महिना जेल र थप डिटेन्सन क्याम्पमा राख्ने गरेको छ । 

 केहि समय अघि जेलमा रहेका नेपालीलाइ घर फर्काउन गैरआवसिय नेपाली संघ मलेसिया, बिजनेश एसोसिएसन मलेसिया र नेपाली कांग्रेस जन सम्पर्क समिती मलेसियाले निशुल्क टिकटका लागि दुतावासलाई सहयोग गरेका थिए ।

 जेलमा रहेका नेपालीलाई शुन्यमा झार्ने योजना बनाएको दुतावासले यसमा सहयोग गर्न मलेसियामा कार्यरत संघसस्थासँग समेत अपिल गरेको छ । डिटेन्सन क्याम्पमा रहेर पनि टिकट अभावका कारण घर फर्किन नसकेका नेपालीलाई नेपाल फर्काउने काममा सहयोग गर्न दुतावासले आग्रह गरेको हो ।

एक पटक पढ्नुस्,,, धनियाको पात खानु हुन्छ???????

दाल तरकारी या अन्य अचार मसलामा राखेर धनियाको पात सेवन गर्ने सामान्य चलन छ । तर बजारमा गएर पनि चाट वा अन्य खानेकुरा खाँदा धनियाको पात मागेर खाने बानी छ भने आजै छोड्नुस्

 सही तरिकाले नधोएको धनियाको पातबाट खतरनाक किरा (टेपवर्म) पेटमा पुग्ने र पेट हुँदै दिमाग सम्म पुग्ने विज्ञहरुले बताएका छन् ।

 टेपवर्म मस्तिस्कमा पुगेमा मानिसको मृत्यु समेत हुन सक्छ । भारतको ब्याङ्लोरस्थित नेशनल इन्स्टीट्यूट आफ मेडिकल हेल्थ एण्ड न्यू साइन्स (निमहाम्स) का चिकित्सकले गरेको शोधमा यस्तो कुरा पत्ता लागेको हो  

यो संस्थामा रहेको एक मात्र ब्रेन म्यूजियममा मस्तिष्क सम्बन्धी शोध भैरहेको छ । यसै क्रममा धनियाँको पातमा किरा पत्याङ्ग्राको संख्या बढी हुने र त्यस्ता पात राम्रोसँग नपखाली खाएमा निक्कै खतरनाक हुन सक्ने चिकित्सकहरुले बताएका छन् । होटल वा सडकमा राखिएका खानेकुरा खाँदा धनियाको पात भुलेर पनि खान नहुने समेत उनीहरुको भनाइ छ ।

 राम्रोसँग नधोएको धनियाको पात सेवन गर्नु हेलमेट नलगाइ बाइक चलाउनु जस्तै खतरनाक रहेको समेत एक शोधकर्ताले टिप्पणी गरे

सेक्स सम्बन्धी केही चर्चित विश्व किर्तिमान, तोड्ने हिम्मत छ ?

दुनियामा विभिन्न कामकुरामा मानिसहरुले किर्तिमान राखिरहेका हुन्छन् । कतिपयले सकारात्मक कामका लागि किर्तिमान राख्छन् तर कतिले उरन्ठेउला काम गरेरै भएपनि गिनिज बुकमा नाम लेखाउँछन् ।

 दुनियाकै सबैभन्दा बिकाउ विषय मानिएको सेक्सका विषयमा किर्तिमान राख्न नचाहनेे मानिस कमै होलान् तर हिम्मत र क्षमता सबैमा हुने कुरा भएन । तर सबैले किर्तिमानै राख्नुपर्छ भन्ने कहाँ छ र ? पढेरै आनन्द लिँदापनि त हुन्छ । ल आउनुहोस् जानिराखौँ यौन सम्बन्धी केही रोचक विश्वकिर्तिमानहरु :

 विश्वमा सबैभन्दा शक्तिशाली वियस्खलन गर्ने व्यक्तिको नाम हो हस्र्ट स्चल्ज । उनले विर्य स्खलन गरेर ६ मिटर टाढा, १२ फिट ४ इन्च माथि ४२.७ माइल प्रतिघण्टाको गतिमा स्खलन गर्दै विश्वकिर्तिमान कायम गरेका छन् ।

 मानिसलाई एक घण्टामा सबैभन्दा धेरै कतिपटक सम्म उत्तेजना तथा चरम आनन्द प्राप्त हुन सक्ला ? अमेरिकाको क्यालिफोर्नियास्थित म्यारिटल एण्ड सेक्सुअल स्टडिज सेन्टरका शोधकर्ताले गरेको अध्ययन अनुसार उनीहरुले महिलाले एक घण्टामा १३४ पटक तथा पुरुषले १६ पटक सम्म चरम आनन्द अर्थात् अर्गाज्म प्राप्त गर्न सक्छन्, जुन अहिलेसम्मकै बढि हो । साथै एक अर्को अध्ययन अनुसार महिलामा हुने चरम आनन्दको सबैभन्दा लामो समय ४३ सेकेण्ड हो ।

 विश्वमा सबैभन्दा धेरै विर्य निलेको किर्तिमान अमेरिकाकी मिचेल मोनाहानको नाममा छ । उनले सन् १९९१ को जुलाइमा लस एन्जल्समा आफ्नो पेटभित्रबाट आफुले पहिले निलेको १.७ पिन्ट विर्य वान्ता गरेर विश्वरेकर्ड कायम गरेकी हुन् ।

 विश्वमा अहिलेसम्मकै सबैभन्दा लामो गुप्तांगको रौँको लम्बाइ कति छ ? दक्षिण अफ्रिकाको केपटाउनकी माओनी भी विश्वमा सबैभन्दा लामो गुप्तांग रौँ भएकी महिला हुन् । उनको गुप्तांगको रौँको लम्बाइ २८ इन्च थियो भने काखीको रौँको लम्बाइ ३२ इन्च ।

 विश्वमा सबैभन्दा बलियो योनी भएकी महिला रुसकी तातिएता कोझेव्निकोभा हुन् । ४२ वर्षकी तातिएताल आफ्नो योनीको सहायताले ३१ पाउण्ड तौल उठाएर किर्तिमान कायम गरेकी हुन् ।

 एक दिनमा सबैभन्दा धेरै पुरुषसँग सम्भोग गर्ने महिला अमेरिकाकी लिजा स्पार हुन् । चर्चित पोर्नस्टार लिजाले सन् २००४ मा एकैदिन ९१९ जना पुरुषसँग सम्भोग गरेकी थिइन् ।

 विश्वमा सबैभन्दा लामो हस्तमैथुन गर्ने व्यक्तिको नाम मासानोबु सातो हो । सन् २००९ मा अमेरिकामा भएको हस्तमैथुन म्याराथनमा उनले ९ घण्टा ५८ मिनेटसम्म लगातार हस्मैथुन गरेका थिए ।

 विश्वमा अहिलेसम्मको सबैभन्दा लामो लिंगको लम्बाइ ३४ सेन्टिमिटर छ । जोन फाल्कोन नामका व्यक्तिले सबैभन्दा लामो लिंगमा किर्तिमान कायम राखेका छन् ।

 विश्वमा सबैभन्दा ठूलो योनीको किर्तिमान चाहीँ अन्ना स्वानको नाममा छ । उनको योनीको परिधी १९ इन्च थियो ।

 विश्वमा सबैभन्दा बलियो लिंग भएका व्यक्ति हुन् हंगकंगका मो का वांग । उनले सन् १९९५ मा आफ्नो लिंगले अढाइ सय पाउण्ड वजन उठाइदिएका थिए ।

किन बन्यो यो तस्बिर इन्टरनेटमा भाइरल ?

एजेन्सी – पछिल्लो समय आमाहरुले आफ्ना नानीबाबुलाई दुध चुसाएको तथा आफ्ना शरीरका स्तन देखाएको तस्बिरलाई सामाजिक सञ्जालमा सार्वजनिक गरी सम्प्रेण गर्ने कार्य सामान्य बनेको छ । तर, पछिल्लो पटक भने एउटा यस्तो तस्बिर सार्वजनिक भएको छ, जो इन्टनेटमा केही घन्टामा नै विश्वभर भाइरल बनेको छ । बच्चा जन्माउँदा शल्यक्रिया गर्दाको घाउको दाग, नवजात शिशु र महिलाको गुप्तांग समेत देखिने गरी खिचिएको यस तस्बिर सामाजिक संजालमा भाइरल बनेको हो । फोटोग्राफर हेलेन एलेरद्धारा खिचिएको यस श्याम श्वेत तस्बिरमा शल्यक्रिया गर्दा खेरी भएको घाउको खतले सांकेतकि रुपमा एक अज्ञात आमा र नवजात शिशुलाई बचाएको उल्लेख गरिएको छ । यो तस्बिरको प्रभाव त्यतिबेला बढ्यो जब उनले आफ्नो फेसबुक पेजमा नै सेयर गरिन् । तस्बिरलाई लाखौ मानिसहरुले हेरेका छन् भने तस्बिरको हजारौंले सेयर समेत भएको छ । ‘एक महिलाले बच्चा जन्माउँदा मैले यो तस्बिर लिएकी हुँ । सी सेक्सन गर्दा ती महिला आफू निकै भयभित भएकोे बताएकी थिइन्,’ हेलेनले भनिन् । । ‘ गत साता उनलाई सुत्केरी व्यथा लागेको थियो । तर, जटिल अवस्थाका कारण उनको आकस्मिक सी सेक्सन गर्न्ुप¥यो । ‘उनले मलाई बोलाएर आफूलाई र शिशुलाई नै बचाएको भन्दै तस्बिर खिच्न आग्रह गरिन्,’ फोटोग्राफर महिलाले भनिन् । सी सेक्सनलाई निकै सम्वेदनशिल विषय मानिन्छ । यस तस्बिरमा देखिएकी जस्तै अन्य गर्भवती महिलाले स्वभाविक रुपमा यौनांगबाट बच्चा नजन्माउँदा आफूले जन्म नै नदिएको जस्तो समेत बताउने गरेको बताइन्छ । यो प्रविधिले महिलालाई प्रसव पिडाका क्रममा ज्यान जोगाउनबाट समेत बचाएको छ । केही मानिसहरुले सामाजिक सञ्जालबाट समेत हटाउन सुरु गरेको जनाइन्छ । कतिपयले ती महिलाको कदमको आलोचना गरेका छन् । बच्चा जन्माउन हुन पीडा सहन नसकेर अमेरिका र बेलायतमा सी सेक्सन प्रविधिको प्रयोग निकै बढेको बताइन्छ ।

भारतले सत्तामा बिहारीको पकड चाहन्छ – भरत दाहाल

बाम विश्लेषक भरत दाहालले भारतले बिहारीहरु सत्तामा हाली मुहाली गर्ने गरी प्रस्ताव अघि सारेको दावी गरेका छन् । कमल थापा शुत्र असफलः अव ओलीका विकल्प के उनको भनाइमा कर्णाली र काेशी उच्च बाँध, नागरीकता, समान जनसंख्याका अाधारमा निर्वाचन क्षेत्र निर्धारण, सत्तामा बिहारीहरूकाे पकड र समानुपातिक समावेशि प्रतिनिधित्वका नाममा प्रशासनिक तहमा भारतीय नागरीकहरूकाे सर्व व्यापकताकाे ग्यारेन्टी त्यसकाे नाकाबन्दीका तात्कालिक कारणहरू हुन् । केपी ओलीले पनि सुशील कोइरालाकै पदचाप खोजिरहेको भन्दै उनले ‘काइते राष्ट्रवाद’ नदेखाउन आग्रह समेत गरेका छन् । भारतको षडयन्त्र अनुसार मधेशी समुदायबाट राष्ट्रपति बनाउने कुरा भैरहेकोमा आपत्ति जनाउँदै उनले महन्त ठाकुरको सट्टा महेश चौधरी र उपराष्ट्रपतिका लागि अमिक शेरचन उपयुक्त पात्र भएको सुझाव दिएका छन् ।

Wednesday, 21 October 2015

सदावहार सुन्दरी नायिका करिश्माको दशैं दाउराको चुल्होमा

काठमाडौ। भारतको महिनौ दिनदेखिको नाकाबन्दीले दशैंजस्तो महान पर्वमा पनि नेपालीहरुले राम्ररी दशैं मान्न गाह्रो भैरहेको छ। नाकाबन्दीले खाना पकाउने ग्याँसको हाहाकार नै भएकोले प्राय सवैले परम्परागत चुल्होमा दाउरा बालेर दशैं मान्न बाँध्य बन्नुपरेका छ। अग्रज तथा सदावहार सुन्दरी नायिका करिश्मा मानन्धर पनि भारतको नाकाबन्दीको शिकार बनेकी छन्। खानपिनमा निक्कै नै मौनमौजी नायिका मानन्धर गोदावरी टौखेल स्थित निवासमा खाना पकाउने ग्याँस सकेपछि दाउराको चुल्होमा दशैंका परिकार बनाउन व्यस्त बन्न थालेकी छन्। दशैंको बेला दाउराको चुल्होमा पकाएको अर्गानिक खानेकुरा खाएर दशैं मनाइरहेको प्रतिक्रिया उनको रहेको छ। गाह्रो भएपनि एककिसिमले रमाइलो भैरहेको उनको भनाई रहेको छ।

पत्नीलाइ सधै शंका लाग्ने पतिका ५ कुरा

हुनत पति पत्निको सम्बन्ध भनेको विश्वसको सम्बन्ध हो । यो सम्बन्ध विश्वासको आधारमा नै टिकेको हुन्छ । तर अनौठो कुरा जोडीबीच सँधै कुनै न कुनैरुपमा शंका पनि कायम हुन्छ । खासगरी महिलाहरु पतिका कतिपय कुरामा सँधै शंका गर्छन् ।पतिका यी ५ कुरामा पतिले सँधै शंका गर्छन् : १ मोबाइलमा समय विताउने कुनै पनि स्त्रीलाई आफ्नो पतिले मोबाइल बढी चलाउँछ भने शंका लाग्छ । अझ फेसबुक, भाइवर वा ह्वाट्स्एप जस्ता कुराहरुमा बढी सक्रिय रहने पुरुषप्रति पत्निले विशेष शंका गर्छन् । मोबाइल चलाएर नबोलीकन बस्ने बानी छ भने आजै देखि छोडिदिनुस् । क्याण्डी क्रश नै खेलेको भएपनि पत्निले शंका गर्छन् । २ ढिलो घर आउने कतिपय पुरुष आफ्नो ड्युटी सकिएपछि पनि ढिला गरेर मात्र घर जान्छन् । यसो गर्दा पत्निलाई भने शंका हुन्छ । पति कहाँ जान्छ के गर्छ भन्ने कुराले चिन्तित पार्छ । ३ अफिसबाट भन्दै बाहिर जाने अफिसको काम भन्दै सँधै शहर वा बसेको ठाउँबाट अन्यत्र गैरहने पुरुषमाथिपनि पत्निको शंका हुन्छ । सँधै अफिसको काम भन्दै बाहिर हिड्दा यस्तो शंका बढ्दै जान्छ । ४ बढी चासो राख्दा पनि शंका कतिपय अवस्थामा तपाइँले पत्निको विषयमा बढी नै हेरचाह गर्नु भो वा चासो लिनु भो भने पनि पत्निलाई तपाइँमाथि शंका लाग्न सक्छ । पतिले बढी चासो राख्दा महिलाललाई मनमनै के चलिरहेको छ भनेर शंका लाग्न सक्छ । ५ सजिएर बाहिर जानु कुनै पनि पुरुष बाहिर निस्किने बेला बढी नै सजिने वा पहिरनमा ध्यान दिन्छ भने त्यस्ता पुरुषप्रति पत्निको शंका हुन्छ । पति सजिएर कहाँ जान्छ भन्ने मनभित्रको शंकाले कहिलेकाँही समस्या समेत ल्याउन सक्छ । सायद यही भएर होला खासमा शंकाको उपचार नै छैन भनिन्छ ।

महिलाले कुन कुन दिन बढी यौन सम्पर्क गर्न खोज्छन ? थाहपाई राखौ

महिलाहरूलाई पुरुष मिलनको रहर कुन बेला अधिक हुन्छ । एक अध्ययनका अनुसार, महिनावारी पूरा भएको पाँचौंदेखि सातौं दिनसम्म । यो अवधिमा महिलालाई सहवासमा बढी आनन्द आउँछ । यौन विशेषज्ञहरूका अनुसार, महिनावारी पूरा भएको पाँचदेखि महिनावारी पूरा भएपछि यौनका लागि उत्तेजित गर्ने हार्मोन सक्रिय हुन्छ । अनुसन्धाताहरूले त्यस अवधिमा युवतीहरूको मस्तिष्कको तरंगमा समेत निकै अध्ययन गरे । त्यस अनुसार, महिनावारीपछिको तीन दिनमा हुने सहवासले बढी रमाइलो अनुभूति दिन्छ । यस्तो किन हुन्छ, पाँचौंदेखि सातौं दिनसम्म गर्भाधारणको सम्भावना बढ्छ । यसैले यस अवधिमा सम्पर्कको तीव्र इच्छा जागृत हुन्छ । त्यो सर्वेक्षणमा युवतीहरूले महिनावारीपछिका तीन दिन पूर्ण यौनानन्दको चाहना राख्ने गरेको बताए । उनीहरूका अनुसार, त्यो बेला पाइने यौनानन्द अन्य दिनको दाँजोमा निकै सुखद, आह्लादक हुन्छ । अध्ययनमा के पनि पाइयो भने, महिनैपिच्छे तीन दिन गरिने सहवासले वैवाहिक जीवनलाई बढी रमाइलो बनाउने रहेछ, दुवै पार्टनरबीच भविष्यमा यौनको विषयलाई लिएर दूरी पनि नबढ्ने रहेछ । भिडियो हेर्नुहोस

यसरि हटाउन सकिन्छ अनुहारको चाँयापोतो

निकै सुन्दर अनुहार भएका मानिसलाई पनि कतिपय अवस्थामा चाँयापोतोको समस्याले निकै नै सताउँछ । मानिस यसको उपचारका लागि घरेलु जडीबुटीदेखि बजारमा चलेका अनेकौँ क्रिमको पछाडि दौडन्छन् । अनुहारमा चाँयापोतो आउनुका विशेष गरि तीन चार कारण छन् । सबैभन्दा पहिलो सामान्य तर प्रमुख कारण घाम हो । अर्को कारणमा गर्भावस्थामा पनि चाँयापोतो आउँछ जससलाई कोलाज्मा भनिन्छ । अन्य कारणले आउने चाँया पोतोलाई मेलाज्मा भनिन्छ । हर्मोनको प्रयोग र शरीर भित्रका कमजोरीले पनि चाँया पोतो आउँने गरेको अध्ययनले पुष्टि गरिसकेको छ । महिलाहरुमा गर्भनिरोधक चक्की पिल्स, नरप्लान्ट वा कन्ट्रासेप्टहरूको प्रयोगले चाँया पोतो आउने हुन्छ । चाँयापोतोबाट बच्नको लागि सर्वप्रथम अनुहारलाई घामबाट बचाउन सक्नुपर्छ । महिलामा विशेष कारणहरु जस्तै महिनावारी रोकिने बेलामा बढी हर्मोनको अन्तर भएर आउँछ । त्यही समयमा चाँयाहरु आउन सक्छ । त्यसैगरी पाठेघरको समस्याले गर्दा पनि चाँया आउँछ ।तसर्थ चाँयापोतोको कारण पत्तालगाएर त्यसको उपचार गरेमा अनुहारमा आउने चाँयापोतोलाई रोक्न सकिन्छ । चाँया हटाउने उपाय विभिन्न छन् । औषधिको प्रयोग, केमिकल पिलिङ्ग र लेजर प्रविधिबाट चाँयालाई हटाउन सकिन्छ । भित्री छालाको पत्रमा हुने चाँया र माथिल्लो पत्रमा हुने चाँया गरि यी दुई प्रकारको हुन्छ । छालाको माथिल्लो पत्रमा हुने चाँया सजिलै औषधिहरूबाट निको हुन्छ तर छालाको तल्लो पत्रमा हुने चाँया औषधिबाट निको हुन समय लाग्छ । यसको लागि लेजर प्रविधि अपनाउनु पर्छ । यसका साथै सन ब्लकको प्रयोग पनि चाँयाबाट बच्न सकिने उत्तम उपाय हो । क्रिम लगाउने तरिका ? घामबाट अनुहारलाई जोगाउन क्रिम लगाउने भन्न सजिलो छ तर यो अप्ठेरो कुरा हो । घामबाट जोगाउने क्रिमहरूमा एसियन स्किनको लागि साधारणतया १५–३० नम्बरका क्रिमहरू पाइन्छन् । धेरै गोरो छाला छ भने, ४०–५० नम्बरको र धेरै कालो छालाको लागि १५ वा ८ नम्बरको क्रिम प्रयोग गर्नुपर्छ । साथै चिल्लो छाला भएकाहरूले चिल्लो नभएको सन ब्लकको प्रयोग गर्नुपर्छ र यदि सुख्खा छाला छ भने चिल्लो भएको सन ब्लक प्रयोग गर्नुपर्छ । तर पनि यस प्रकारका क्रिम लगाउने तरिका मुख्य कुरा हो । बाहिर ननिस्किएपनि वा घाम नै नलागेको दिन भए पनि बिहान सन ब्लक क्रिम लगाउन जरुरी छ जुन ४–५ घण्टाको लागि काम गर्छ । यदि बाहिर जानु प¥यो वा घाममा हिँड्नु प¥यो भने त्यसमा अरु ५ एमएल लगाउनु पर्छ । विधि पु¥याएर सन ब्लक लगाउन सकिएन भने घामबाट बच्न सकिँदैन र फेरि चाँया आउछ । कुनै पनि संसारको औषधिले चाँया आउने रोक्न सक्दैन तर भएको चाँया हटाउन सक्छ यदि घामबाट अनुहारलाई जोगाउने क्रिम लगाउन सकेमा । डा.अनिलकुमार झा वरिष्ठ चर्मरोग विशेषज्ञ हुन

खुट्टाको दुर्गनध हटाउने ४ घरेलु उपाय

लामो समयसम्म जुत्ता तथा मोजा लगाएर काम गर्नुपर्दा धेरै मानिसको खुट्टाबाट दुर्गन्ध आउने समस्या हुन्छ । अझ नियमित सफाइ भएन भने त त्यो समस्या अझै बढ्छ । यद्यपि केही मानिसले खुट्टाबाट दुर्गन्ध आउने समस्यालाई नजरअन्दाज गर्दछन् । किनकी यस्तो समस्याबाट मुक्ति पाउने उपाय धेरैलाई थाहा पनि हुँदैन । खुट्टाबाट दुर्गन्ध आउने समस्याबाट आफुमात्र होइन आफ्नो आसपासमा मानिस अझै बढि पीडित बन्दछन् । त्यसकारण खुट्टाबाट दुर्गन्ध आउने समस्याबाट मुक्ति पाउनका लागि निम्नानुसारका घरेलु उपाय अपनाउनु उपयुक्त हुन्छ । अदुवालाई पिँधेर त्यसको रस निकाल्नुहोस् । त्यसपछि अदुवाको रसमा कपास भिजाउनुहोस् र त्यसलाई राति सुत्नुभन्दा अघि पाइतालामा दलेर रातभर छाड्नुहोस् । बिहान राम्रोसँग खुट्टा धुनुहोस् । खुट्टाको सरसफाइमा ध्यान दिनुहोस् । सफा जुत्ता तथा सफा मोजा लगाउने गर्नुहोस् । यदि यसो गर्दाप्नि खुुट्टाबाट दुर्गन्ध आउने समस्या नहटेमा छाला रोग विशेषज्ञसँग परामर्श लिनुपर्छ । · मनतातो पानीमा नुन घोल्नुहोस् अनि त्यो घोलमा खुट्टा डुबाउनुहोस् । केहीबेर नुनपानीमा खुट्टा डुबाइसकेपछि निकाल्नुहोस् अनि चिसो पानीले मज्जाले खुट्टा पखाल्नुहोस् । सिधे नुन पानीमा घोलेर खुट्टा डुबाउँदा अझ लाभदायी हुन्छ । · एउटा भाँडोमा मनतातो पानी राखेर त्यसमा दुइ चम्चा बेकिङ सोडा तथा कागतीको रस हाल्नुहोस् । अनि त्यसमा दश मिनेटसम्म खुट्टा डुबाएर राख्नुहोस् । हप्तामा एकपटक यसो गर्दा खुट्टा गन्हाउने समस्या कम हुन्छ । · राम्रोसँग पिँधेर मीहिन बनाएको अलिकति मकैको पिठो जुत्ताभित्र हाल्नुहोस् । यसले खुट्टाबाट निस्किने पसिना सोस्दछ अनि खुट्टाबाट दुर्गन्ध आउनबाट रोक्दछ । जुत्ता र खुट्टा भने हरेक दिन सफा गर्नुपर्छ ।

केपी ओली भन्छन भारतको नाकाबन्दीबाट उत्पन्न समस्या तत्काल समाधान गर्न नसकीने....भिडियो हेर्नुहोस ।


बिर्सेर पनि यी ६ खाद्यवस्तु फ्रिजमा कहिल्यै नराख्नुहोस

हामीले फ्रिजलाई खाद्द्यवस्तुहरु संरक्षण गर्नको लागि प्रयोग गर्छौँ। चलनचल्ति अनुसार फ्रिजमा जस्तो खाद्द्यवस्तुहरु राखे पनि लामो समयपछि पनि यिनीहरुको प्रयोग गर्न सकिन्छ।

 तर यो तथ्य धेरै खाद्द्यवस्तुहरुमा लागु हुँदैन। कतिपय खाद्द्यवस्तुहरुलाई फ्रिजमा राख्ने आवश्यक्ता पर्दैन भने कतिपयको पौष्टिक गुणहरु फ्रिजमा नास हुने गर्दछन्। यस्तै केही दैनिक प्रयोग हुने खाद्द्यवस्तुहरु तल लेखिएका छन् जुनलाई फ्रिजमा सकेसम्म नराखे उत्तम हुन्छ। 

 १. टमाटर 

 फ्रिजले रातो र पौष्टिक टमाटरलाई स्वादविहिन बनाउन र गलाउन सक्छ। फ्रिजको साटो टमाटरलाई नाङ्लो अथवा केहि भाँडामा खुला रुपले राखे राम्रो हुन्छ। आधि काटेको टमाटर बाँकि रहेमा प्लास्टिकमा बाँधेर राख्न सकिन्छ। यदि तपाईँले फ्रिजमा नै राख्ने हो भने सकेसम्म १ २ दिनमा नै प्रयोग गरे राम्रो हुन्छ। 

 २. प्याज 

 फ्रिजको चिस्यानले गर्दा प्याज पनि टमाटर जस्तै गल्न सक्छ। यसको साटो प्याजलाई पनि खुला तर अध्यारो ठाउँमा राख्दा राम्रो हुन्छ। एकपल्ट काटिसकेको प्याजलाई चाहि प्लास्टिकमा राम्रोसँग बाधेर फ्रिजमा राख्न सकिन्छ। ३. लसुन

 लसुनलाई पनि प्याजको लागि भने जस्तै तरिका प्रयोग गरेर राख्न सकिन्छ। तर फ्रिजमा राखे लसुन पनि गल्छ। गल्नुका साथै लसुनका दानाहरुबाट सानो बिरुवा पनि उम्रन सक्छ। 

 ४. पाउरोटी

 सुन्दा अचम्म लाग्न सक्छ तर फ्रिजमा पाउरोटीको सुक्खा हुने प्रक्रिया झन तेज हुन्छ। १ २ दिनको समय भित्र प्रयोग हुने हो भने पाउरोटीलाई फ्रिजमा राख्न सकिन्छ तर सकेसम्म प्रयोग गर्न पर्ने दिन नै पाउरोटी किने राम्रो हुन्छ।

 ५. आलु

 चिसो तापमानमा राख्दा आलुको स्टार्च चाडैँ नै सुगरमा परिवर्तन हुने गर्दछ। यसले आलुमा चिनिको मात्रा बढाउनको साथै आलुको स्वाद पनि खल्लो हुन्छ। यसको साटो आलुलाई प्लास्टिकको झोला अथवा कुनै भाडामा खुला रुपले राख्न सकिन्छ। 

 ६. मह

 फ्रिजमा राखिएको मह चाडैँ नै ठोस क्रिस्टलमा परिवर्तन हुन सक्छ। यो क्रिस्टल रुपको महलाई फेरि तरल बनाउन धेरै गाह्रो हुन्छ र अरु केहि खाने कुरासँग प्रयोग गर्न सकिन्न। महलाई किचेन दराज जस्तो ठाउँमा राखे उत्तम हुन्छ।

अमेरिकाको बाल्टिमोरमा नेपाली युवाको मृत्यु


दसैँमा काठमाडौँबाट धनुषा जान लागेका धनुषा धारापानी - ७ का ३५ वर्षीय थोरमान थिङ बसको छतबाट खसेर गम्भिर घाईते

रत्ननगर (चितवन), ४ कात्तिक । चितवनको दारेचोकमा गुडिरहेको बसको छतबाट खसेर एक यात्री गम्भिर घाइते भएका छन् । दसैँमा काठमाडौँबाट धनुषा जान लागेका धनुषा धारापानी–७ का ३५ वर्षीय थोरमान थिङ बसको छतबाट खसेर गम्भिर भएका छन् । उनको अहिले चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । काठमाडाँैबाट सर्लाही जान आउँदै गरेको ना ५ ख ४०४८ नम्वरको बसको छतबाट खसेर उनी घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

 गएराति भएको सो दुर्घटना चितवनको दारेचोक गाविस–३ लेवाटारमा उक्त दुर्घटना भएको प्रहरीले जनाएको छ । ईन्धन अभावका कारण धेरै गाडी नचलेकाले यसपाली चाडवाडमा घरजाने यात्रु जोखिम मोलेर गइरहेका छन् ।

जन्मिएको बच्चालाई कालो प्लाष्टिकमा राखेर सडकमा फाले । थप जानकारि >>

यी ६ प्रकारका पुरुष धोकेवाज हुन्छन्

मानिसहरु सम्बन्धमा आएपछि मात्र चिनिन्छ । सामान्य चिनजान वा सामाजिक सञ्जालका कुराकानीकै भरमा मान्छे चिन्न गाह्रो हुन्छ । कुन मान्छे सज्जन छ र कुन मान्छे गलत नियतको भन्ने कुरा बुझ्न निक्कै कठिन छ । यहाँ धोकेबाझ प्रकृतिका पुरुषका प्रकारबारे चर्चा गरिएको छ ।
 १ आमासँग सम्बन्ध राम्रो नहुने 

 कुनै पनि पुरुषको सम्बन्ध आमासँग राम्रो छैन भने बुझ्नुस् त्यस्तो ब्यक्ति विश्वसनीय हुँदैन । यस्ता ब्यक्तिलले धोका दिन कत्ति बेर लाउँदैनन् । यस्ता ब्यक्तिले स्त्रीलाई सम्मान गर्न जान्दैनन् नत सम्मान गरेको नै बुझ्छन् ।

 २ रहस्यमयी ब्यक्ति

 यदि सबै कुरा आफूसँग गुपचुप राख्छ र सामान्य कुरा पनि भन्दैन भने त्यस्तो पुरुषसँग सचेत रहनुस् । यस्ता ब्यक्तिले तपाइँलाई कतिबेला लात हान्छन् चाल नै पाउनु हुन्न । यस्ता ब्यक्तिहरुको मोबाइल हतपति कसैले चलाउन पाउँदैन हेरी हाले पनि अधिकाँश समय मोबाइलको इनबक्स खाली हुन्छ । यस्ता ब्यक्ति राम्रो श्रोता त हुन्छन् तर आफ्नो केही भन्दैनन् ।

 ३ प्रेम होइन शारीरिकता

 स्त्रीसँग सहजै नजिकिने र शारीरिक सम्बन्ध राख्न पनि माहिर तर प्रेमको कुरा आउने वित्तिकै उनीहरु पन्छिन्छन् । यस्ता पुरुष धोकेबाझ हुन्छन् ।

 ४ अन्तिम समयमा आएर बाहाना

 कुनै पनि पुरुषले अन्तिम समयमा आएर बहाना बनाउँछ र भेटघाट वा सेट भैसकेका कुरा समेत स्थगित गर्छ भने बुझ्नुस् उ विश्वास गर्न लायक छैन । यस्ता ब्यक्तिले राम्रो विकल्प भेट्ने वित्तिकै तपाइँलाई लात हान्छन्  

५ चाहिने भन्दा बढी चासो

 तपाइँका हरेक गतिविधीमा हरेक समय चासो राख्ने र तपाइँलाई नियन्त्रण गर्न खोज्ने पुरुषले तपाइँलाई कुन बेला छोड्छन् थाहा हुँदैन । यस्ता ब्यक्तिले आफू कहाँ गएको र के गरेको भन्दैनन् तर अरुले कहाँ गयो के गर्‍यो खुव चासो राख्छन् ।

 ६ हरेक कुरा गोप्य

 जुन पुरुषले हरेक कुरा गोप्य राख्छ र सम्बन्धको विषयमा समेत कसैलाई भन्दैन त्यस्ताले धोका दिन आइतबार कुर्दैनन् । यस्ता ब्यक्तिका स्त्रीसँग एकैपठक सम्बन्ध पनि हुन सक्छ । उनीहरुले जुनसुकै केटीसँग पनि फ्लर्ट गर्छन् ।

बस्ने तरिकाबाट थाहा हुन्छ व्यक्तिको प्रेम जिवन

तपाइँको लभ लाइफ अर्थात् प्रेमजिवन कस्तो छ ? अरुलाई भनेपनि न थाहा हुने हो । तर सबै कुरा भनिरहन आवश्यक हुँदैन । तपाइँको गतिविधि तथा उठबस गर्ने तरिकाबाटै तपाइँको प्रेमसम्बन्ध कस्तो छ ? भन्ने थाहा हुन्छ ।

 मानिसले कुन प्रकारले आफ्नो बसाइको मुद्रालाई सन्तुलित गर्दछ भन्ने कुराले उसको लभ लाइफको पूरै विवरण थाहा हुन्छ ।

 एक अध्ययनले यस्तो कुरा पुष्टि गरेको हो । क्यानडाको युनिभर्सिटी अफ पिट्सबर्ग तथा युनिभर्सिटी अफ वाटरलूका शोधकर्ताहरुले मानिस बस्ने शैली अर्थात् सरीरको मुद्रा र उसको प्रेम तथा रोमान्टिक जिवनको बीच गहिरो सम्बन्ध हुने तथ्य पत्ता लगाएका हुन् ।

 न्युयोर्क टाइम्सका अनुसार शोधका लागि शोधकर्ताहरुले कलेजका ती छात्राछात्राहरु छनोट गरे जो प्रतिबद्ध अर्थात् गहिरो प्रेम सम्बन्धमा थिए । ती मध्ये आधा विद्यार्थीलाई सामान्य कुर्सीमा र आधालाई कार्यस्थलमा बस्न लगाइयो ।

 त्यस समयमा सहभागीले आफ्नो प्रेम सम्बन्धका बारेमा एक अर्कासँग छलफल गरे र आफ्नो पार्टनरको आनीबानी, युगल सम्बन्धका साथै कति लामो समयदेखि सम्बन्ध चलिरहेको भन्ने विषयमा मन खोले । 

शोधकर्ताहरुका अनुसार कुर्सीमा स्थिर रुपमा बस्ने मानिसहरुको तुलनामा कार्यस्थलमा निकै अस्थीर मुद्रामा बस्ने मानिसहरुको प्रेम सम्बन्ध उथलपुथलपूर्ण रहेकेा पाइयो ।

 तत् पश्चात शोधकर्ताहरुले एक अनलाइन पोर्टलको सहायतामा केही अन्य सहभागी पनि छनोट गरे जसमध्ये अधिकांस केही वर्ष पहिलेदेखि वैवाहिक सम्बन्धमा थिए । उनीहरुलाई एक कम्प्युटर स्त्रिmनका अगाडि उभिन लगाइयो ।

 उनीहरु सबैलाई आफ्नो सम्बन्धको अवस्थाका विषयमा प्रश्नावली भर्न लगाइयो र आधा जसोलाई एक खुट्टाले टेकेर उभिन लगाइयो र अरु आधालाई दुबै खुट्टाले उभिन लगाइयो । त्यसक्रममा उभिनेहरुमध्ये जो निकै अस्थिर ढंगले उभिएका थिए 

उनीहरुको प्रेम तथा रोमान्स निकै अस्थिर रहेको पाइयो । शोधकर्ताहरुका अनुसार मानिसको अस्थीर सरीरले प्रेमजिवनलाई पनि अस्थीर बनाउँदछ ।

सरकारी टोली र मधेसी मोर्चाबीच वार्ता जारी

काठमाडौं, कार्तिक ४ । सरकारी वार्ता टोली र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीच अहिले वार्ता भैरहेको छ । 

तराई मधेस लोकतान्त्रिक पार्टीको कार्यालय बिजुलीबजारमा भैरहेको वार्तामा मोर्चाका मागहरुका सम्बन्धमा छलफल भैरहेको छ । 

 छलफलमा वार्ता टोलीका संयोजक उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापालगायत र मोर्चाको तर्फबाट महन्थ ठाकुर र हृदयेशत्रिपाठी रहेका छन् ।

‘राँगा, खसी–बोकाको मासुभन्दा कुखुरा, माछा बढी लाभदायक’

काठमाडौं, कार्तिक ४ । दसैंमा घरघरमै कुखुरा, हाँस, बोका बलि दिइने भएकाले यो समयमा माछा, मासु र मदिराको अत्याधिक प्रयोग हुन्छ । दसैंमा फुर्सद हुने भएकोले घर–परिवारसँगै बसेर खानपिन गरी रमाइलो गरिन्छ । तर, खानपिनमा लापरबाही गर्दा निम्तिने रोगब्याधीले भने दसैं नै खल्लो पार्न पनि बेर लाग्दैन ।

 चिकित्सकका अनुसार दसैंमा अस्पताल भर्ना हुने अधिकांश बिरामी खानपिनकै कारणले बिरामी पर्ने गरेको बताउँछन् । 

 त्रिभुवन शिक्षण अस्पतालका महाराजगन्जका चिकित्सक डा. विकेश राजभण्डारी दसैंमा माछा, मासु खाँदा सावधानी अपनाउनुपर्ने बताउँछन् ।

 मासुलाई राम्रोसँग सफा पानीले पखालेर राम्रोसँग पकाएर मात्र खान उनी आग्रह गर्छन् । साथै राँगा, खसी–बोकाको रातो मासुभन्दा कुखुरा, माछा जस्ता सेतो मासुको उपभोग बढी लाभदायक हुने पनि उनले हामीलाई बताए ।

उपेन्द्र यादवको शुभकामनाले नेपालीहरूलाई यसरी व्याङ्ग्य गर्‍यो

काठमाडौं, ४ कात्तिक । नेपाल–भारत सीमानाका अबरोध गरेर नाकाबन्दी गरी नेपाली जनतालाई सास्ती दिएका संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले बडादसैँका अवसरमा शुभकामना सन्देश दिनु भएको छ । यादवले आज (बुधबार) शुभकामना सन्देश जारी गरेर भन्नुभएको छ, ‘यस वर्षको बडादसैँको शुभअवसरमा पहिचान र अधिकार प्राप्तिको आन्दोलनमा निरन्तर लागिरहनुभएका समस्त न्यायप्रेमी साथी, शुभेच्छुक, मुलुकबाहिर रहनुभएका दाजुभाइ दिदीबहिनी एवम् सबै वर्ग, पेशा र समुदायहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ ।’ विगतका सम्झौताहरूलाई संविधानमा संस्थागत गर्न, जायज मागसहितको शान्तिपूर्ण आन्दोलन आजसम्म निरन्तर जारी उहाँले बताउनुभएको छ । ‘शान्तिपूर्ण आन्दोलनलाई सरकारले वेवास्ता गरेको मात्र होइन, मण्डले अतिवादको शैलीमा शान्तिपूर्ण आन्दोलनमाथि बर्बर दमन गरेर नेपाल र नेपाली जनतामाथि यो सरकारले अत्यन्तै असहज वातावरण सृजना गरेको छ’, अध्यक्ष यादवले भन्नुभएको छ, ‘ग्यास, पेट्रोलियम पदार्थ, औषधि, मलखाद र खाद्यान्न अभावको सृजना यो सरकारकै नालायकीपन हो ।’ उहाँले मागहरू पूरा नभइञ्जेल बलिदानकासाथ लडिरहने न्यायप्रेमी आन्दोलनकारी दाजुभाइ दिदीबहिनीहरूप्रति आभार प्रकट गर्नुभएको छ । यादवले आफ्नो पार्टी सङ्घीय समाजवादी फोरम, नेपालले जारी आन्दोलनको अगुवाई गर्ने पनि उल्लेख गर्नुभएको छ । मधेसी मोर्चाको नाकाबन्दीका कारण नेपाली हिन्दूहरूको महानपर्व बडादसैँ खल्लो भइरहेका बेला संघीय समाजवादीका अध्यक्ष यादवले दिनुभएको शुभकामना सन्देशले नेपालीहरूमा व्याङ्ग्य गरेको छ ।

आयरल्याण्डमाथि नेपालको सानदार जीत, विश्वकपको ढोका खुल्यो

नेपालले आउँदो वर्ष बंगलादेशमा हुने आईसीसी यु १९ विश्वकपमा लगभग छनोट भएको छ । नेपालले समूह चरणको अन्तिम खेलमा बुधबार उपाधिको दावेदार आयरल्याण्डबिरुद्ध सानदार जीत दर्ता गराएको छ । समूह चरणका सबै खेलमा विपक्षीमाथि पूर्णरुपमा हावी भएको नेपालले आयरल्याण्डबिरुद्ध ८ विकेटको जीत दर्ता गरेको हो ।

 आयरल्याण्डले दिएको १८५ रनको विजयी लक्ष्य नेपालले ४२.५ ओभरमा २ विकेटको क्षतिमा पूरा गरेको थियो । टस जितेर पहिले ब्याटिङ गरेको आयरल्याण्डलाई सस्तैमा समेट्ने क्रममा नेपालका प्रेम तामाङले ४ विकेट लिए भने ललित राजवंशीले २ तथा सुशील कँडेलले १ विकेट लिए ।

 आयरल्याण्डले ५० ओभर खेल्दै ७ विकेटको क्षतिमा १८४ रन बनाएको हो । आयरल्याण्डका लागि एरोन गिलस्पेले ५८ तथा ज्याक टेक्कटरले ४६ रन बनाए भने टोम स्टान्टमले ३० रनको योगदान दिएका थिए । आयरल्याण्डले दिएको १८५ रनको सामान्य लक्ष्य पछ्याउने क्रममा नेपालका प्रारम्भिक ब्याट्सम्यान सन्दीप सुनार र सुनील धमाले अर्धशतकीय पारी खेलेपछि सहज जीतको अवस्था बनेको हो ।

 सन्दीपले ८५ र सुनीलले ७५ रन बनाएर आउट भए भने त्यसपछि ब्याटिङमा आएका कप्तान राजु रिजालले विजयी छक्का प्रहार गरी १६ रन बनाए भने योगेन्द्रसिं कार्की चार जनमा अविजीत रहे । निर्धारित ५० ओभरको खेलमा नेपालले ४३ बल बाँकी छँदै विजयी लक्ष्य पूरा गरेको हो ।

 या विजयसंगै नेपाल ५ राष्ट्र सम्मिलित खेलमा शीर्षस्थानमा रहेको छ । अब नेपालले उपाधीका लागि आयरल्याण्डसंगै प्रतिस्पर्धा गर्नेछ । प्रतियोगताको शर्ष टोलीले यु १९ विश्वकप खेल्नेछ ।

दशैंमा मिठो खाँदै स्वस्थ खाने ११ टिप्स

चाडवाडका बेला मानिसहरुको मिठो खान रुचाउँछन् । फ्राइ खाना र मिठाईहरुको प्रयोग आत्याधिक हुने गर्दछ । अत्याधिक क्यालोरी हुने यस्ता परिकारको प्रयोगले मानिसको तौल बढ्नु स्वभाविक हो । घिउ, चिनी र दुध तथा खुवाजस्ता परिकार मिसाएर बनाइएका मिठाईका परिकारले क्यालोरी बढाउँछ । अहिले थुप्रै चकलेट तथा डाई फलफूलले पनि मानिसहरुको ध्यान खिच्ने गरेको छ ।

 तर मानिसले चाडबाडमा जतिसूकै मिठो परिकार खाएपनि यसले मानिसको नियमित रुटिन बिगार्नु भने राम्रो होइन । त्यसैले चाडवाडमा साथिभाई, आफन्त तथा परिवारको आग्रहका बाबजुद ठिक्क खानका लागि केही चलाखीहरु अपनाउँदा राम्रो होला ।

 १. सानो प्लेट लिनुहोस् सानो प्लेटमा खान लिएको राम्रो , अस्वस्थ खानेकुरालाई कम गर्न सानै चम्चा, सानो ग्लास र सानो कचौराको प्रयोग गर्नुहोस् । यदी तपाईलाई सबै परिकार खान मन मनलाग्छ भने थोरै थोरै गरेको झिक्नुहोस् ।

 २. नियन्त्रण राख्नुहोस् चाडवाडमा खुसीयाली मनाउँदा सकेसम्म सबै थरिका परिकार खाएको राम्रो हुन्छ । तर नियन्त्रण कायम गरेर थोरै भन्दा थोरै खानु राम्रो हुन्छ । क्यालोरी धेरै हुने परिकार लिदाँ फलफूल खाएर त्यसलाई सन्तुलित बनाउने प्रयत्न गर्नुहोस् । एउटा ठूलो कपको खिरमा ३०० देखी ५ सयसम्म क्यालोरी हुन्छ 

३. ठिक्क खानुहोस् कसैले आग्रह गर्दैमा खानुपर्छ भन्ने छैन् । यदी साथिभाई वा परिवारले कर गरेमा पनि उनीहरुको मान राख्न थोरै खानुहोस् । यदी मिठाई बढी आएको खण्डमा आफ्नो दैनिक रुटिनबाट अन्य क्यालोरी घटाउनुहोस् । चिया कम गर्नुहोस् र भातमा कमी कमी ल्याउनुहोस् । बरु त्यसको स्टटा रा्ेटी खान सक्नुहुन्छ ।

 ४. बदामको प्रयोग मिठाईको बदलामा बदामको प्रयोग गर्नृहोस् । यसमा ६० देखी १ सयसम्मको क्यालोरी हुन्छ र यसले लामो समयसम्म भोक पनि लाग्दैन् ।

 ५. चिसो पेयबाट टाढा रहनुहोस् चिसो पेय पर्दाथको प्रयोग कम गर्नुहोस् । यसले तपाईको तिर्खा मेटाएपनि चिनीको मात्राले असर गर्छ । अतिथीहरुलाई बरु नरिवलको पानी वा कागती पानी ट्क्रायउनुहोस् । फलफूलको जुस अर्को राम्रो विकल्प हुनसक्छ ।

 ६. मिठाईमध्ये स्वस्थ छान्नुहोस् मिठाईका अनेक परिकारमध्ये स्वस्थ परिकारको बढी प्रयोग गर्नुहोस् । बजारमा पाइने मिठाईको प्रयोग कम गर्नुहोस् ।

 ७. खानअघि पानीको प्रयोग कुनै पनि परिकार खानुअघि पर्याप्त पानी पिउनुहोस् । यस्तो गर्दा तपाईलाई धेरै खान मन लाग्दैन । 

 ८. बिस्तारै खानुहोस् बिस्तारै खाँदा शरिरले पनि उत्तिकै सहज तरिकाले पचाउँछ । त्यस्तै खानको स्वाद पनि थाहा हुन्छ ।

 ९. चिल्लोको प्रयोग कम गर्नुहोस् खाना पकाउँदा तेलको प्रयोग कम गर्नुहोस् । दैनिक रुपमा प्रयोग गर्नेभन्दा बढी तेल प्रयोग गर्दा स्वास्थलाई राम्रो हुदैँन ।

 १०. अभ्यासका लागि समय छुट्याउनुहोस् चाडवाडमा पनि आफ्नो दैनिक अभ्यासलाई निरन्तरता दिनुहोस् । अभ्यासले पेट तथा शरिरलाई सन्तुलित राख्दछ ।

 ११. फ्याटजन्य पर्दाथको प्रयोग कम गर्नुहोस् कम फ्याट भएको दुध तथा अन्य डेरी उत्पादनको प्रयोग गर्नुहोस् । चिनी, मह लगायतका पर्दाथ कम प्रयोग गर्नुहोस् ।

स्वादिलो आलुको अचार बनाउने सजिलो तरिका :: Watch Video >>>


लौ सुन्नुस् विश्वेन्द्र पासवानको कहानी, कसरी मान्ने उनलाई मन्त्री ?

सूचना बिभागले नभेटेका मन्त्री बिश्वेन्द्र पासवानलाई केपी ओलीले मन्त्रीको टिको लगाई दिएछन् । म काठमाडौँ रहेको बेला पासवानको बहुजन आवाज पत्रिकामा सम्पादक भएर काम गर्दा यी पासवानको ब्यबहार थाहा पाएँ । पहिला आन्दोलनका क्रममा यी मान्छे मलाई खोज्दै इटहरी आए । २०६०ं, ६१ सालतिरको कुरो हो । दलितको मुद्दा उठाएर भेदभावबिरुद्ध आगो ओकल्ने भाषण गर्ने यी पासवानलाई निक्कै प्रेरित गरें । घरमै बसे, खाए । पाहुना हुँदा र खाना पाउँदा खुब जी हजुरी गरे । पछि सभाषद भएछि काठमाडौँ बोलाए । फकाएर आश्वाशन दिदैं पत्रिका दर्ता गर्ने सर्टिफिकेट मागे । काठमाडौँको सिडिओ अफिसमा मलाई सम्पादकमा नियुक्ति गरेको कागजपत्र बुझाए । पत्रिका मेरो नाममा दर्ता भयो । सूचना बिभागले नभेटेका मन्त्री बिश्वेन्द्र पासवानलाई केपी ओलीले मन्त्रीको टिको लगाई दिएछन् । दलितको नाममा माथि पुगेर नसुहाउने हर्कत गर्ने पासवानले थुप्रै आर्थिक हिनामिना गरेका छन् । मेरो तलब पनि दिएनन् । आफनै पार्टीमा एक पटक महासचिब रहेका ठाकुर चन्दगहतराजकी पढालेखा बहिनीलाई सभासद् बनाउने भन्दै लाखौं खाएछन् । पिंगलास्थानको उनको डेरामा अफिस थियो । सहसम्पादक राखेको सप्तरीतिरको एउटा मण्डल थरको केटाले समाचार लेख्न छोडेर पासवानकी स्कुले छोरी लिएर भाग्यो । दलितको लागि लडने भनेका यी पासवान आफूभन्दा तल्लो जातले छोरी लग्यो भन्दै बेहोसीझैँ भए । ज्वांईछोरीलाई पक्राउ गराउन प्रहरीको शक्ति प्रयोग गर्दै पोखरा पुगे । छोरीले कुनै हालतमा ज्वांई नछाडने बरु बाउ त्याग्ने भनेपछि यी पासवान बेहोसीजस्तै भए । ‘ज्वाईंलाई जहाँ भेटयो त्यही मार्छु’ भन्दै ज्यान फालेर लागि परे । ‘छोरीले ज्वाईं बेगर बाँच्दिन बरु मर्छु’ भनेपछि पासवान बर्बराउँदै कैंयौं दिन हिँडे । घरको रिस संसदमा पोखेर ब्यहोरा देखाए । कुर्सी फाले । आफनो लुगा च्याते, दाह्रा किटे । सभामुख सुभास नेम्बाङलाई झण्डै कुटे । पछि दोस्रो संबिधानसभा पनि बाबुराम भटराईलाई संबिधानको मस्यौदा लेख्ने बेलामा दलितको कुरा छुटाएको भन्दै कागजको बिटाले हाने । पी.बी. दियाली दलितको नाममा माथि पुगेर नसुहाउने हर्कत गर्ने पासवानले थुप्रै आर्थिक हिनामिना गरेका छन् । मेरो तलब पनि दिएनन् । आफनै पार्टीमा एक पटक महासचिब रहेका ठाकुर चन्दगहतराजकी पढालेखा बहिनीलाई सभासद् बनाउने भन्दै लाखौं खाएछन् । पछिल्लो संबिधानसभामा लामा थरकी महिलालाई सभाषद बनाएर उनको ब्यक्तिगत पैसा र सभाषद्को तलब समेत बैंकमा किर्ते गरेर खाएछन् । ती महिलाको काण्डमा पासवानले दलित जनजाति पार्टी फुटाए । आफू एक्लै जम्ने अर्कालाई पेल्ने, ठग्ने, हेप्ने । आफू तल परेमा तुरुन्त बर्बराउने र फेरी सद्दे हुन जान्ने यी पासवानलाई हामीले किन मन्त्री मान्ने ? मैले उनको पत्रिकामा सम्पादक भएर काम गर्दा थाहा पाएँ कि पासवान पैसा भनेपछि कतिसम्म लोभ गर्छन् ? आफू दलितको नेता भन्छन् तर भाडा बसेको घरमा दलित भन्दैनन् । यी मान्छेको पार्टीको संसदीय दलको कार्यालयमा कहिलेकाहीं जाँदा एउटी चौधरी थरकी महिला सभासदले निक्कै रबाफ मच्चाउंथिन जबकी उनी अर्कै पार्टीकी थिईन । सम्पादकको नाताले बिश्वेन्द्रको राजनैतिक कमीकम्जोरी औंल्यांउदा ती चौधरी महिला सभाषद् प्रतिबाद गर्थिन । बिशेन्द्रलाई चिमोटदा उनलाई दुखे जस्तो । भित्री रहस्य के थियो ? मैले पता पाइन । त्यतातिर पनि लागिन पनि । पत्रिकामा काम गर्दा पासवानले ५ महिनामा ४ ठाउँ अफिस सारे । कर्मचारी, रिपोर्टर, टाइपिस्ट कसैलाई तलब दिएनन् । अनामनगरको भटराई थरको मानिसले संचालन गर्ने छापाखानाले पैसा मागेको मागेकै गर्थे, पासवान ठगेको ठगेकै गर्थे । चिप्ला कुरा घरीघरी गर्ने पासवान तत्काल मान्छेको चित्त बुझाउने क्षमताका छन् । त्यसैले म उनीसंग केही समय फसेंछु । पैसा माग्दामाग्दा हदै भएपछि मैले काठमाण्डौको सूचना बिभागमा पासवानबिरुद्ध मुद्दा हालेँ । कोइराला थरका प्रमुख र मिठाराम हुमागाईं नाम गरेका अधिकृतले पासवानलाई बोलाए । धेरै समय ताकेता गरेपछि पासवानले दलितको क्षेत्रमा काम गर्ने मोती नेपाली जो डिडब्लुओ नामक संस्थाका अध्यक्ष हुन, उनको रोहबरमा मलाई तिर्नुपर्ने रकम मोलमोलाई भयो । लगभग सत्तरी हजार थियो । सूचना बिभागका अधिकृतहरुले मलाई लचिलो हुन आग्रह गरे, बिश्वेन्द्रले पनि माफी मागे, पत्रिका बन्द भएको, गरिबी यस्तै उस्तै भनेपछि मलाई तीस हजार दिने । तत्काल आठहजार र बांकी २२ हजार एक महिना भाका थियो । मैले स्बीकारेँ । आठहजार लिएँ । २२ हजारको कागज गरेँ । सूचना बिभागमा माइन्यूट पनि गरे । भाका पुगेपछि पैसा माग्दा पासवानले मोती नेपालीलाई हप्काएछन । म काठमाडौँ छाडेर सुनसरीको इटहरी आएको छु । सूचना बिभागमा सम्पर्क गर्दा पासवानलाई पत्र काटेको तर डेरा नभेटेर त्यतिकै छ भन्ने जबाफ आयो । यसबारे पत्रकार महासंघका पूर्बाञ्चल सदस्य गणेश लम्सालमार्फत जानकारी गराएँ । महासंघले चासो राख्दा पनि सूचना बिभागले पासवानलाई नभेटेको भनेछ । अब त माननीय बिशेन्द्र पासवान मन्त्री भएका छन । बिनाविभागिय मन्त्री हुनाले तत्काल नभेटिएलान तर पछि बिभाग छुटिएपछि सूचना बिभागले थाहा पाउँछ कि र मेरो तलब दिलाईदेला भन्ने अपेक्षा राखेको छु ।

यस्ता महिला अत्यन्तै सेक्सी हुन्छन

महिलाको व्यक्तित्व जान्ने इच्छा हरेक व्यक्तिमा हुने गर्दछ। आकृति विज्ञान एउटा यस्तो अध्ययन हो जुन शरीरको अंग तथा चालढालबाट व्यक्तित्वको परिचय दिने गर्दछ। यहाँ हामीले पनि आँखा र नाकको बनावटबाट कसरी महिलाको व्यक्तित्व जान्न सकिन्छ भन्ने विषय पस्केका छौ । चमक तथा गहिरो पातलो र वरपर लालिमासहितकोआँखा, भाग्यशाली महिला हुनुको प्रतिक हो साथै यस्ता महिलाहरु समाजको नेतृत्व गर्ने प्रकारका हुन्छन् । छोटो, सुस्त, उदास स्लेटी रङ्ग, गोलो, केही मुडी, खाली र केही परेवाकोजस्तो आँआ भएका महिलाले कुरुपता प्रदर्शन गर्दछन् । यस्ता महिला चतुर हुन्छन् साथै उनीहरु जीवनमा अघि बढ्न चाहँदैनन् । रातो आँखा भएका महिलाहरु धोकेवाज र बेइमान हुन्छन् । यदि आँखा निकै लामो तथा हल्का लालिमायुक्त छ भने यस्ता महिला आवेशपूर्ण हुन्छन् भन्ने मान्न सकिन्छ । यस्ता आँखा भएका महिला समाजमा निकै लोकप्रीय हुन्छन् । गोलो वा कालो आँखा भएका महिलाहरु निकै सेक्सी हुन्छन् । सधैं निंदमा झै रहेने मदमस्त आँखा भएका महिला विपरीत लिङ्गीप्रति चाँचै आकर्षित हुन्छन् र चाँडै चरित्र त्याग गर्दछन् । नरम किनारा वा कालो पलवाला आँखा भएका महिला भाग्यशाली हुन्छन् । यदि आँखाको किनारमा हल्का रौं छ, आँखामा पँहेलोपन छ भने यस्ता महिला बढी विरामी हुन्छन् । नाक यदि एउटी महिलाको नामक सुगाको जस्तो झुकेको छ भने उनी राम्रो स्वभाव, सम्पत्ति मन पराउने, चतुर तथा परिवारको हित चिताउने हुन्छन्। सामान्य लम्बाई तथा सिधा नाक भएका महिलाहरु सुन्दर, बुद्धिमान, मेहनती तथा मिजासिला प्रकारका हुन्छन् । छोटो नाक भएका महिलाहरु चलाख, चतर, शरारती वा कामातुर हुन्छन् । यदि कुनै महिलाको नाक बीचबाट फैलिएको छ वा अगाडिको भाग अधिक उच्च छ वा अधिक मोटो छ भने यस्ता महिला प्रेम, सहानुभूतिबाट बञ्चित हुन्छन् । यस्ता महिला दुष्ट प्रवृत्ति, चरित्रहीन वा निर्णय लिनमा हतार गर्ने प्रकारका हुन्छन् । यदि नाक बढी नै चौडा र मोटो छ भने यस्ता महिलाहरु आलसी, बलियो नेतृत्व, घमण्डी हुन्छन् । यदि नाकको टीप छोटो छ भने यस्ता महिला दासले झै जीवन बिताउने प्रकारका हुन्छन् । नाकको टिप लामो हुनु उनीहरुको कठोर स्वभावको प्रतिक हो । यदि टिप फैलिएकोछ भने श्रीमानको दीर्घायु हुनुको प्रतिक हो। नाकमा रौं भएका महिलाको स्थिति चतुर र अशुभव हुने गर्दछ। नोटः यो आँकलन केवल स्वभाविक रुपमा भगवान प्रदत्त शारीरिक अंग वा चालढालमा आधारित छ!

आफुले मन पराएका महिलाको बारेमा यी कुरा जान्न मरिहत्ते गर्छन् पुरुषहरु

केटीहरुको विषयलाई लिएर केटाहरुमा सधै उत्सुकता रहिरहनु सामान्य कुरा हो । अझ जो महिला भित्रै देखि मन परेको छ र आफ्नो बनाउन पाए हुन्थ्यो भन्ने लागेको छ भने त उनको बारेमा धेरै कुरा खोजिनीति गर्छन् केटाहरु । केटाहरुको यस्तो उत्सुकता तपाइँ आफैले पनि देख्नु तथा भोग्नु भएकै होला । अझ कलेज तथा अफिसमा जब कुनै नयाँ केटी आउँछन् तब केटाहरु यो जानकारी जुटाउनमा तल्लीन हुन्छन् की उक्त केटीको वैवाहिक स्थिति वा रिलेसनसीप स्टाटस के हो ? केटीहरुको बारेमा केही विशेष कुरा जानिहाल्न

 केटाहरुलाई निकै हतार हुन्छन् । जुन यस्ता छन् :

 १. कुनैपनि युवतीसँग मित्रता तथा प्रेमको सम्बन्ध गाँस्नुभन्दा पहिला युवकहरुले यो कुरा पक्का गर्न चाहन्छन् की ती महिला अरु कसैसँग सम्बन्धमा त छैनिन् ? वा उनको पहिले अरु कसैसँग सम्बन्ध पो थियो की ?

 २. केटाहरुलाई यो कुरा जान्न पनि निकै मन हुन्छ की आफुले मन पराउन थालेकी केटी आफ्ना साथीसँगीहरुको बीचमा कस्तो व्यवहारकी छिन् । उनको व्यवहार तथा कुराकानी जान्नका लागि केटाहरु निकै सक्रिय बन्दछन् ।

 ३. आफुले मन पराएकी कुनै केटीको बारेमा केटाहरुले जान्न चाहने अर्को कुरा हो, ती केटीका कति पुरुष मित्र छन् ? पुरुष मित्रसँगको हेलमेल तथा संख्याको आधारमा धेरै केटाहरुले कुनैपनि केटीको चरित्रको अड्कल समेत काट्ने गरेको पाइन्छ । कतिपय अवस्थामा भने शंका निवारणका लागि पनि केटीका पुरुष साथीको संख्या खोजीनिति गरिएको हुन्छ ।

 ४. हरेक केटा यो जान्न चाहन्छ की जुन केटीलाई उसले मन पराएकेा छ, त्यो केटी ऊप्रति कत्तिको वफादार छे र कति माया गर्छे । आफ्नो प्रेमिकाको आँखामा उसले आफ्नो मूल्य देख्न चाहन्छ ।

 ५. केटाहरुलाई यो कुरा जान्न पनि निकै हतार हुन्छ की जुन केटीलाई उसले मन पराएको हुन्छ त्यो केटीलाई यौन सम्बन्धको बारेमा के जानकारी छ अनि शारीरिक सम्पर्क राख्ने इच्छा उसमा छ की छैन ?

वास्तुशास्त्र भन्दछ, यी चार प्रकारका फोटोले घर नसजाउनुहोस्

आफ्नो घरलाई सुन्दर बनाउने रहर सबैलाई हुन्छ । चिटिक्क परेको घर अनि त्यै अनुसारको रंगरोगन गर्ने चाहना सबैमा हुन्छ । वास्तुशास्त्रका अनुसार घरमा सजाईने फोटोले परिवारका सदस्यहरुमा मानसिक असर पनि पार्दछ । त्यसैले घरमा टाँगिने फोटोका कारण काममा उर्जा आउने वा नआउने पनि हुन्छ । घरमा राखिने फोटो, तस्विर वा पेन्टिङले पनि सकारात्मक वा नकारात्मक छाप पार्ने वास्तुशास्त्रमा उल्लेख गरिएको छ । घरमा कस्ता तस्विर राख्न हुन्नँ, केहि तल उल्लेख गरिएको छ ।

 डगमगाउँदै गरेको र डुबेको डुंगा
 घरको सुन्दरता बढाउनकै लागि घरमा राम्रा राम्रा तस्विर लगाउने गरिन्छ । तर सुन्दर भनेर तस्विर राख्दा त्यसले मानसिक असर पनि पार्न सक्छ । डगमगाउँदै गरेको वा डुबेको डुंगा राख्दा परिवारका सदस्यको काम तथा मानसिक रुपमा असर पार्ने वास्तुशास्त्रमा उल्लेख छ । यसले नकारात्मक उर्जा समेत बढाउँछ । यस्तो तस्विरले भाग्य सम्बन्धी बाधा बढाउन तथा परिवारमा तनाव उत्पन्न गराउन भूमिका खेलेको हुन्छ ।

महाभारतको युद्ध
 महभारतको युद्धको तस्विर पनि घरमा लगाउन नहुने वास्तुमा उल्लेख छ । कुनै पनि प्रकारको युद्धका तस्विरहरुले सोचलाई आक्रामक बनाउँछ । दैनिक युद्धको तस्विर हेर्ने हो भने उसमा रिसाहापन बढ्न जान्छ । घर परिवारमा विवाद हुने सम्भावना पनि बढ्छ । महाभारतको युद्ध पारिवारिक तनावका कारण भएकाले पनि यस प्रकारको तस्विरबाट बच्नु पर्ने वास्तुमा बताईएको छ । साधारणतया पानीको फोटो सुन्दर र आकर्षक देखिन्छ । यसैकारण हामी प्रायको घरमा यस्ता फोटोहरु देख्न सक्छौं । तर यस्तो फोटो पनि घरमा सजाउनु उपयुक्त मानिँदैन । वास्तुशास्त्र भन्दछ, कि जसरी पानी बग्दछ, त्यसरी नै हाम्रो पैसा र व्यर्थको काममा समय व्यतित हुन्छ । यसैले यस प्रकारको फोटो पनि घरमा राख्नु शुभ मानिँदैन ।

 हिंस्रक जनावर 
जव हिंस्रक जनावरको फोटो दिनदिनै देखिन्छ, मानिसको स्वभाव पनि उग्र हुँदै जान्छ । जसका कारण घरमा क्लेश तथा अशान्ति बढ्दै जान्छ ।

 कस्तो फोटो लगाउने घरमा ?
 आफ्नो घर सबैलाई सुन्दर लाग्छ । अझ जिन्दगीमा एकपटक बनाइने भन्दै घरलाई साह्रै मेहेनतका साथ बनाईन्छ । तर दुःख गरेर बनाइएको घरमा सुख र शान्ति प्राप्त भैरहोस् भन्ने सबैमा चाहना हुन्छ । त्यसैले वास्तु मिलेन भने पनि घर भनेजस्तो रहँदैन । वास्तुले घरमा टाँगिने फोटो सकारात्मक हुनु पर्ने तथा मन प्रशन्न हुने खालका फोटो राख्न सुझाएको छ । ताकी ती फोटोहरु हेर्दा मनमा सकारात्मक सोचको विकास होस् ।

डन्डीफोर हटाउने ६ घरेलु उपाय

आफ्नो मुहार सुन्दर र आकर्षक बनाउने चाहना कसलाई नहोलारा ? तर, सुन्दर र चम्किलो छाला भन्नेवित्तिकै कहाँ बनाउन सकिन्छ र । अझ अनुहारमा आउने अत्याधिक डन्डीफोर र दागहरुले त अनुहारलाई कुरुप नै बनाइदिन्छ । शरीरमा, अनुहारमा वा शरीरका विभिन्न ठाउँमा डण्डीफोर आउने गर्छ । डण्डीफोर आउने कारण थाहा पाइसकेपछि यसको उपचारका लागि सजिलो हुन्छ । १२, १३ वर्षदेखि ३०, ३५ वर्षसम्म उमेरमा कुनै पनि बेला धेरै किसिमका डण्डीफोर आउने गर्छ । यो उमेरका वृद्धिसंगै हर्मोन एडर्नल ग्ल्याण्ड्समा हुने हर्मोनका कारण आयल ग्ल्याण्ड्स लाई स्टीमुलेट गरेपछि यस्तो परिवर्तन आउँछ । यसलाई विभिन्न उपायबाट कम गराउँन सकिन्छ ।

 सुन्दर मुहारलाई कुरुप बनाउने डन्डिफोरलाई सामान्य घरेलु उपायले पनि हटाउन सकिन्छ । डन्डीफोरबाट छुटकारा दिलाउने केही घरेलु उपाय यस्ता छन् ।

 मह
 मह सेवन र अनुहारमा लगाउनले ईनफेक्सन बाट बचाउनका साथै अनुहारमा भएका दाग र डन्डीफोर लाई हटाइ छाला नरम बनाउँछ। डन्डीफोर भएको भागमा मह दलेर केही बेर राख्ने र १५ मिनेटपछि चिसो पानीले धुने। महलाई कागतीसंग मिसाएर प्रयोग गर्दा यसको प्रभाव अझ बढ्दछ

 केरा
 केराले डन्डीफोरको समस्या हटाउन धेरै नै मद्दत गर्छ। महसंग मिसाएर केरालाई अनुहारमा लगाउँदा छाला स्वस्थ र चम्किलो बन्द्छ ।यसले मोस्चराइजको पनि काम गर्दछ । दहीसँग केरा मिसाएर लगाउनाले पनि फायदा हुन्छ। पानीले धोएपछि अनुहारमा आइस दल्ने र मसाज गर्ने।

 कागतीको रस
 डन्डीफोरका लागि कागतीको रस एकदमै प्रभावकारी हो। यसले डन्डीफोरको समस्या हटाउनका साथै छालालाई चम्किलो पनि बनाउँछ। तर, कागतीको रस सीधै अनुहारमा लगाउँदा यसले पोल्छ। त्यसैले यसलाई पानी वा महसँग मिसाएर लगाउनुपर्छ।

 बाफ लिने 
बाफ लिएर अनुहारमा आउने डन्डीफोरको समस्याबाट टाढा रहन सकिन्छ। फेसियलपछि बाफ लिनाले अनुहारको छालाले भित्री पोषण पाउँछ। साथै यसले मृत छालाको समस्यालाई पनि हटाउँछ। अनुहारका छिद्र खोल्नका लागि बाफ लिन जरुरी छ। बाफ लिएपछि छालालाई कटनले सफा गरी पुछ्ने। सीधै हातले पुछ्दा डन्डीफोरको समस्या झन् बढ्न सक्छ।

 ल्वाङ
 डन्डीफोरको समस्याबाट राहत दिलाउन ल्वाङ निकै गुणकारी मानिन्छ । यस्का लागि तपाईले एक कप पानीमा ल्वाङ उमाल्नु पर्ने हुन्छ । पानी चिसो भएपछि त्यसमा भएका ल्वाङलाई मुछ्ने र मुछिउको लेदोलाई डन्डीफोर भएको ठाउँमा दल्ने । यसका पाउडर वा पेस्ट बनाएर अथवा यसको तेललाई डन्डीफोर भएको ठाउँमा लगाए फायदा हुन्छ। आधी घण्टासम्म राख्ने र चिसो पानीले अनुहार धुने।

 स्ट्रवेरिज
 स्ट्रवेरीमा भिटामिन सि, एन्टीअक्सिडेन्ट र एक्सफोलियन्ट्स पाइन्छ । स्ट्रवेरीलाई धुलो पारेर अनुसार लगाउनले अनुहारको छाला सफा हुनेको साथसाथै डण्डीफोर पनि हराउदै जनचा । यसका साथै अनुहारको चमक पनि यसले बढाउँछ ।

बन्दाकाउलीको सुप खाएर सात दिनमा सात किलो तौल घटाउने उपाय:

बन्दाकाउलीको सुप खाएर सात दिनमा सात किलो तौल घटाउने उपाय:

 बंदा काउलीको स्वादिलो सुप एक हप्तासम्म सेबन गर्नुहोस् र आफ्नो शरीरको अनावश्यक बोसो पगालेर चाहे अनुसारको शरीर पाउनुहोस् ।

 यदि तपाईलाई बन्दा काउलीको सुपले एक हप्तामा शरीरको अनावश्यक बोसोलाई पगालेर तौल घटाउँछ भन्ने कुराको जानकारी छैन भने आज हामी बन्दाको झोल सेवन गरेर जीवनमा कसरी परिवर्तन ल्याउन सकिन्छ भन्ने जानकारी गराउँदै छौं । शरीरको अनावश्यक तौल घटाउने यो अचुक बिधिको विशेषता भनेको उपचारको अवधि भर तपाईले जति बेला भोक लाग्छ आफुले चाहे जति बन्दाको सुप खान सक्नुहुन्छ ।

 जति धेरै यो सुप सेवन गर्नु हुन्छ त्यति नै मात्रामा शरीरको क्यालोरी घट्छ किनकि यो सुपमा क्यालोरीको मात्रा शुन्य बराबर हुन्छ । वास्तवमा यो सुपले भोजनको काम गर्छ जसमा क्यालोरीको मात्रा शुन्य बराबर हुन्छ । अनि यसका कारण तपाईको मेटाबोलिज्ममा बृद्धि हुन्छ र परिणामसरुप तपाईले प्राप्त गरेको क्यालोरी भन्दा तपाईको शरीरको क्यालोरी घटेर जान्छ । अझै तपाईले आफ्नो शरीरको विषादी नाश गर्न सक्नुहुन्छ र शरीरलाई चाहेको आकारमा ढाल्न सक्नुहुन्छ ।

 यो उपचार अवधि भर दिन बिराउन भने हुँदैन । यदि तपाई कतै यात्रा गर्दै हुनुहुन्छ वा दिनमा कतै जानुहुन्छ भने थरमसमा यो बोसो पगाल्ने सुप भर्न नबिर्सनुहोस् र आफुलाई आवश्यक परेको बखत सुप बिधि प्रयोग गर्नुहोस् ।

 यो बिधिलाई सेकरेड हार्ट मेमोरियल हस्पिटलमा शरीरको तौल धेरै भएका मुटुका बिरामीहरुमा प्रयोग गरिएको थियो । तौल नियन्त्रण भए पछि मात्र अपरेशन गर्नु पर्ने भएकाले यो तौल घटाउने बिधि अपनाईएको थियो जसमा बिधि सफल प्रमानित भयो । यो बिधिलाई एड कास्पर एल एस, अकुपंचरीस्ट तथा हर्बलिस्टले समेत आफ्नो क्याबेज सुप फर सेभन डेज टु बर्न फ्याटमा उल्लेख गरेका छन् ।

 अनि यो बिधि अपनाएको अवधि भर प्रसस्त पानी पिउन बिर्सिनु हुँदैन । साथै लामो अबधि सम्म यो सुप मात्र पिउने गर्नाले शरीरमा कुपोषण लाग्न सक्ने संभावना हुन्छ ।

 सुपका लागि चाहिने सरदामहरु : -

 एउटा ठूलो बंदा, मसिनो पारेर काट्नुपर्छ

 - आधा किलो छोडाएको हरियो मटरकोसा

 - २ वटा हरियो खुर्सानी, काटेको

 - ६ वटा हरियो प्याज, मसिनो काटेको

 - आधा किलो गाजर, मसि काटेको

 - एक पाउ टमाटर, गोलो पारेर काटेको

 - थोरै नुन

 - थोरै मात्र मसला

 सुप तयार पार्ने बिधि:

 सब्जीको मीश्रणलाई एउटा भाँडामा खन्याउनुहोस् । यसमा थोरै मसला मिसाउनुहोस् । यसमा आवश्यकता अनुसार पानी मिसाउनुहोस् र यसलाई चुलोमा दश मिनेट सम्म मधुरो आगोमा उमाल्नुहोस् । तरकारी मज्जाले नपाके सम्म उमाल्नुपर्छ ।

 सात दिने डायट प्लान:

 पहिलो दिन:

 सुप र फलफुल मात्र खानुहोस् । पानी तथा कालो चिया चिनि थोरै राखेर पनि सेवन गर्न सकिन्छ । केरा बाहेक सबै प्रकारका फलफुल खान सकिन्छ किनकि केरामा क्यालोरीको मात्रा बढी हुन्छ ।

 दोस्रो दिन:

 अन्य हरियो सब्जी र सुप मात्र सेवन गर्नुहोस् । सुखेको सिमि, भटमास, मकैको सट्टामा हरियो सागसब्जी खानुहोस् । राती सुप सँगै उसिनेको आलु खानुहोस् तर रातको समयमा फलफुल भने खान हुँदैन ।

 तेस्रो दिन:

 बिभिन्न प्रकारका सुप, सागसब्जी तथा फलफलुल खान सक्नुहुन्छ । तर राती आलु खान हुँदैन । तपाईले यो सात दिने तौल नियन्त्रण बिधि तिन दिन सम्म उपयुक्त तरिकाले अपनाउनु भएको छ भने तपाईको शरीरको तौल ४-५ किलो घटेको हुनुपर्छ ।

 चौथो दिन :

 चौथो दिनमा केरा र दुध खाने दिन हो । यी दुबै केरा र दुधमा प्रसस्त मात्रामा क्यालोरी तथा कार्बोहाईड्रेट लुकेको हुन्छ । तर यो चौथो दिनमा तपाईको शरीरलाई पोटासियम, कार्बोहाईड्रेट, प्रोटिन र क्याल्सियमको आवश्यक पर्छ जसले शरीरको प्रक्रियामा गडबड हुनदिदैन । सुपका साथै तीन वटा केरा तथा चाहे जति दुध पिउनुहोस् ।

 पाँचौ दिन :

 ६-७ वटा टमाटर, छाला नभएको कुखुराको मासु तथा माछा अवश्यकता अनुसार तयार पार्न सक्नुहुन्छ । पानी कम्तीमा पनि ६-८ ग्लास पिउनुहोस् । यसले युरिक एसीडलाई सफा पार्छ । सुप कमसेकम दिनको एक पटक पिउनुपर्छ ।

छैठौं दिन :

 तपाईले चाहे जति छाला नभएको कुखुराको मासु, सिमि, केराउ, माछा लगायतको सागसब्जी यो छैठौं दिनमा खान सक्नुहुन्छ । तर तारेको आलु भने खान हुँदैन । बंदाको सुप भने यो दिनमा पनि कमसेकम एक पटक पिउन बिर्सिनुहुँदैन ।

 सातौं दिन :

 हरियो सागसब्जी तथा खैरो चामलको भात । फलफुल तथा हरियो सागसब्जी जति खाए पनि हुन्छ । अनि सुप यो दिनमा पनि कमसेकम एक पटक पिउनु पर्छ ।

 डायट प्रोग्राममा सुझाए अनुसारको सल्लाह तपाईले अपनाउनु भएकोले तपाईको शरीरको तौल ७(९ किलो घटेको हुनुपर्छ ।

 यदि तपाईको तौल ७ किलो भन्दा बढी घटेको छ भने यस्तो अवस्थामा तपाईले २ दिन पछि डायट प्रोग्राम पुन सुरुवात गर्न सक्नुहुन्छ ।

 व्यक्ति पिच्छे पाचन प्रक्रिया फरक हुने भएकोले यो डायट प्रोग्राम कसैका लागि अनुपयुक्त पनि हुन सक्छ । 

यो बिधि तपाईले उपयुक्त तरिकाले अपनाएका खण्डमा, बंदाको सुपले तपाईको पाचन प्रक्रियामा भएको समस्यामा एकरुपता ल्याएर तपाईको शरीरमा फुर्ती प्रदान गर्नुका साथै शरीरमा जम्मा भएको बोसोलाई पगाल्न ठूलो भूमिका खेल्छ । अनि तपाईले आफुलाई पहिला भन्दा हलुंगो, अझै फुर्तिलो र स्वस्थकर महसुस गर्नुहुनेछ । यो बिधिको विशेषता भनेकै तपाईले चाहेको अवधिमा प्रयोगमा ल्याउन सक्नुहुन्छ ।

 तसर्थ मानसिक तथा शारीरिक रुपमा स्वस्थ महसुन नगरे सम्म यो प्रक्रिया अपनाउनुहोस् र जीवन सुखमय बनाउनुहोस्

Tuesday, 20 October 2015

शरीरका मांसपेशी किन बाउँडिन्छ , बाउँडिदा के गर्नु पर्छ?

शरीरको कुनै मांसपेशीमा अचानक चर्को दुखाई आएर उक्त मांसपेशी केहि बेरसम्म चलाउन नसक्ने हामी सबैले भोेगेको हुनुपर्छ। कहिलेकाहिँ राती गहिरो निन्द्रामा भएको बेला वा बाटो हिँडिरहेको बेला पनि यसरी अचानक हाम्रो मांसपेशी बाउँडिने गर्छ। प्राय शरीर निर्जलीकरण हुँदा अथवा रगतमा सोडियमको कम मात्रा हुँदा शरीरका मांसपेशी बाउँडिने गर्दछन्। कतिपय अवस्थामा मांसपेशीको सहनशक्ति भन्दा बढि बल लगाउँदा पनि यस्तो हुन सक्छ। मांसपेशी बाउँडिदा कहिले कम दुख्छ तर कहिले सहनै नसक्ने गरि पनि दुख्न सक्छ। मांसपेशी किन बाउँडिन्छन्? मांसपेशी बाउँडिनको मुल कारण हाम्रो मांसपेशीलाई धेरै लामो समयसम्म कुनै कार्यमा प्रयोग गर्नु वा कुनै एक अवस्थामा स्थिर राख्नु हो। यी दुवै अवस्थामा हाम्रो मांसपेशी र स्नायु प्रणाली बिच निरन्तर सम्पर्क भईरहेको हुन्छ। यो प्रणाली शरीरमा भएको जल स्तर र रगतमा भएको सोडियमको मात्रामा आधारित हुन्छ। यी पक्षहरुमा केहि असामान्य परिवर्तन भयो भने सो प्रणालीमा खराबी आउन सक्छ जसले गर्दा मस्तिस्कबाट पठाइने तरङ्गहरु असामान्य ढंगले मांसपेशीमा पुग्न सक्छ र मांसपेशी बाउँडिन सक्छ। मांसपेशी बाउँडिदा के गर्नु पर्छ? मांसपेशी बाउँडिदा आत्तिनु हुन्न। बाउँडिएको अवस्थामा उक्त मांसपेशी भएको भाग मालिस गर्दा दुखाई कम गर्न सकिन्छ। धेरै मात्रामा पानी खाएर पनि यो अवस्था टार्न सकिन्छ। मांसपेशी बाउँडिनबाट बच्नको लागि शरीरमा जलको मात्रा र रगतमा सोडियमको मात्रा स्थिर हुनपर्छ। यसको लागि सहि तरल पदार्थको सेवन, सोडियम भएको खानेकुरा जस्तै अचारको सेवन र शारीरिक व्यायाम गर्दा उपयुक्त हुन्छ।

सरकारद्वारा पेट्रोलियम पदार्थ उपलब्ध गराइदिन चीनसमक्ष औपचारिक अनुरोध

सरकारले मुलुकमा देखिएको तत्कालीन इन्धन संकट हल गर्न आवश्यक पेट्रोलियम पदार्थ उपलब्ध गराइदिन चीनसमक्ष औपचारिक रूपमा अनुरोध गरेको छ ।

 भारतीय नाकाबन्दीका कारण पेट्रोलियम पदार्थ मुलुक भित्रिन नसकेपछि सरकारले विकल्पका रूपमा उत्तरी छिमेकी चीनलाई सडकमार्गबाट पेट्रोलियम पदार्थ उपलब्ध गराइदिन अनुरोध गरेको हो परराष्ट्र मन्त्रालयले काठमाडौंस्थित चिनियाँ दूतावासलाई तत्कालका लागि इन्धन उपलब्ध गराइदिन लिखित आग्रह गरेको हो । वाणिज्य, अर्थ र परराष्ट्र मन्त्रालयका अधिकारीहरूबीच भएको उच्चस्तरीय बैठकपछि चीनलाई यस्तो आग्रह गरिएका बाणिज्य मन्त्रालयले जनाएको छ । 

 आयल निगमले समेत दीर्घकालीन रूपमा पेट्रोलियम पाइपलाइन सम्झौता गर्नुपर्ने राय वाणिज्य मन्त्रालयलाई दिइसकेको छ । सरकारले सडकमार्गबाट इन्धन ल्याउन चीनलाई अनुरोध गरेको हो ।

के तपाइलाई पिसाव पोल्ने समस्या छ ? यसो गरे निको हुन्छ

पिसाब पोल्ने समस्याको घरेलु समाधान पिसाब पोल्ने समस्या धेरैलाई हुन्छ र यसलाई मानिसहरुले सामान्य रुपमा लिएर नजरअन्दाज समेत गर्ने गरेको पाइन्छ । प्राय जसो गर्मी महिनामा बढि यो समस्या देखिने गरेको पाईन्छ । किनकी गर्मीमा शरीरलाई आवश्यक पानीको मात्रा पुगेन भने यो समस्याले सताउने गर्छ। कहिलेकाहीँ यो समस्या केही समयका लागि मात्र रहन्छ भने कहिलेकाही महिनौँ सम्म रहन्छ ।

 यो समस्या महिला र पुरुष दुबैमा उत्तिकै मात्रामा पाइन्छ । पिसाब पोल्नुका कारण विभिन्न हुनसक्छन्, जस्तैः मुत्रनलीको संक्रमण, मृगौलामा पत्थरी, सरीरमा पानीको कमी आदि । पिसाब पोल्नुका विभिन्न कारण हुने भएपनि कतिपय मानिसलाई यस्ता कारणबारे पत्तो नै हुँदैन । कलेजोमा समस्या, अल्सर, प्रेग्नेन्सीको समयमा स्नायु तथा ढाडको हड्डी क्षतिग्रस्त हुनु, शुक्राणु तथा विर्यकोषको संक्रमण, यौनरोग, प्रोस्टेट ग्रन्थी बढ्नु, मधुमेह, कुपोषण तथा मूत्रनली खुम्चिनु लगायतका कारणले समेत पिसाब पोल्नसक्छ । पिसाब पोल्नुका कारणहरु सामान्य देखि निकै जटिल समेत हुने भएकाले यसको गाम्भीयर्ता हेरिकन समाधानका उपायतर्फ लाग्नुपर्छ । पिसाब पोल्ने समस्याको केही सामान्य घरेलु समाधानका उपायहरु हामी यहाँ उल्लेख छ ।

 प्रसस्त मात्रामा पानी पिउनुहोस् । पानी कम भयो भने पिसाब पहेँलो रंगको बन्न थाल्छ । दिनमा कम्तीमा २/३ लिटर पानी पिउनु आवश्यक छ । सरीरमा पानीको मात्रा कम भयो भने पिसाबमा लवणको मात्रा बढि हुने, यसको गन्ध पनि उच्च हुने र रंग पनि पहेँलो हुने हुँदा यसले पिसाब नलीमा जलन पैदा गर्छ र मूत्रनलीको संक्रमणको खतरा पनि हुन्छ ।

 अमिलो फलहरु, जस्तै कागती, मौसम, सुन्तला जस्ता फलफूल खानुहोस् । यी फलमा साइट्रस एडिस हुन्छ जसले मूत्र संक्रमण गराउने जिवाणु नष्ट गर्छ । अमलाको रस पिउँदा पनि पिसाब पोल्ने समस्या कम हुन्छ । 

नरिवलको पानी पिउँदा पनि सरीरमा पानीको कमी हुने तथा पिसाब पोल्ने समस्या कम हुन्छ ।

 योनी सुख्खा हुने समस्या भएका महिलाहरुलाई सम्भोगका बेला हुने अधिक घश्रणका कारणले पनि पिसाब पोल्ने समस्या पैदा हुनसक्छ । त्यसैले यस्तो समस्या भएकाहरुले सम्भोगका बेला लुब्रिकेन्टको प्रयोग गर्नु लाभदायक हुन्छ ।

 यौनांगको सरसफाइमा विशेष ध्यान दिनुपर्छ । यौनांगको संक्रमणलाई रोक्नको लागि महिनावारी हुँदा महिलाले विशेष ध्यान दिनुपर्छ ।

किन कोही मानिसलाई लामखुट्टेले बढि टोक्छ ? कारण यस्ता छन्

कोही कोही मानिसले लामखुट्टेले आफुलाई अरुलाई भन्दा बढि टोक्ने गरेको गुनासो गर्छन् । अरु मानिसहरु सँगै हुँदापनि लामखुट्टेहरु आफ्नै जिउमा बढि झुम्मिने गरेको दाबी हुन्छ कसैकसैको । यस्तो दाबी गर्नेलाई हामीले जिस्काउने गर्छौँ प्रायः । अनि भन्ने गर्छौँ की तिमीलाई बढि मन पराएको होला नी लामखुट्टेले । साँच्ची उक्त साथीले नखरा पारेको हो, आखिर लामखुट्टेले टोक्ने त सबैलाई उस्तै त हो भन्ने हाम्रो बुझाइ रहँदै आएको छ । लामखुट्टेले धनी, गरीब, दुब्लो मोटो, कालो तथा गोरो भनेर विभेद गर्ने कुरा भएन । कोही मानिसको रगत बढि मीठो र कसैको नमीठो हुने कुरा पनि भएन । त्यसैले लामखुट्टेले जसलाई मौका पायो उसैको जिउबाट रगत चुस्ने हो नी भन्ने ठम्याइ हुन्छ हाम्रो । तर वास्तवमा हाम्रो यो ठम्याइ गलत रहेछ । हालैको एक अध्ययनले मानिसको रगतको प्रकारले उसलाई लामखुट्टेले कति सताउँछ भन्ने कुराको निधो हुने तथ्य पत्ता लगाएको छ । शोधकर्ताका अनुसार लामखुट्टेले मानिसको जिउबाट रगत चुस्न रुचाउने दर मानिसको रक्त समूह अर्थात् ब्लड ग्रुपमा निर्भर गर्दछ । अमेरिकाको पब्लिक लाइब्रेरी अफ साइन्सका शोधकर्ताहरुका अनुसार

ओ ब्लड ग्रुप भएका मानिसहरुलाई लामखुट्टेले बढि मन पराउँछ । ओ ब्लड ग्रुप भएका मानिसको शरीरको रगत चुस्न लामखुट्टेले बढि रुचाउँछ । शोधकर्ताहरुका अनुसार हाम्रो रगतमा प्रोटिन हुन्छ र उक्त रक्तप्रोटिन ओ ग्रुपको रगतमा बढि हुन्छ । त्यसैले बी ब्लड ग्रुप भएका मानिसको तुलनामा ओ ब्लड ग्रुप भएका मानिसहरुलाई लामखुट्टेले टोक्ने दर दोब्बर हुन्छ ।

 त्यस्तै ए ब्लड ग्रुपका मानिसलाई बी ब्लड ग्रुपका मानिसलाई भन्दा पनि लामखुट्टेले कम टोक्छ । शोधका अनुसार लामखुट्टे मानिसको पसिनाको गन्धबाट पनि आकषिर्त हुन्छ । बढि पसिना आउने मानिसप्रति लामखुट्टे बढि आकषिर्त हुने शोधकर्ताको ठम्याइ छ । पसिनामा ल्याक्टिक एसिड, युरिक एसिड तथा एमोनिया जस्ता तत्व हुन्छन् जसले लामखुट्टेलाई आकषिर्त गर्दछ । त्यस्तै एक शोधका अनुसार लामखुट्टेले हेर्ने तथा रंग छुट्टाउने क्षमता पनि हुन्छ । लामखुट्टेले रातो, निलो तथा कालो लगायतका रंग सजिलै सँग पहिचान गर्न सक्छ ।

 त्यसैले यदि तपाइँले यस्ता रंगका कपडा पहिरिनुभयो भने लामखुट्टेले बढि सताउनेछ । शोधले अर्को रोचक कुराको खुलासा पनि गरेको छ ।

 जस अनुसार बियर पिउने मानिसलाई नपिउने मानिसको तुलनामा लामखुट्टेले बढि सताउने गर्छ । बियर पिउने मानिसको शरीरमा इथानोलको मात्रा बढि हुन्छ । इथानोलले मानिसलाई बढि आकषिर्त गर्दछ

बिहेपछि किन भैसी जस्तै मोटाउँछन् महिला,... दुब्लाउछन पुरुष ? कारण यस्तो रहेछ ,जानी राखौ


बिहेपछि किन भैसी जस्तै मोटाउँछन् महिला,… दुब्लाउछन पुरुष ? जानिराखौ पुरुष मित्रहरु कुनै स्लिमस्त्रीलाई मन पारेर बिहे गर्ने फैसला गर्दै हुनुहुन्छ भने एउटा कुरामा सम्झौता गर्नैपर्छ । त्यो के हो भने तपाइँले मन पारेकी स्लिम केटीको सरिर बिहेपछि पनि उस्तै स्लिम रहन्छ भन्ने पक्का हुँदैन । अर्थात् बिहेपछि कुनैपनि महिलाको सरिर भद्धा दैजान्छ पुरुष मित्रहरु कुनै स्लिम स्त्रीलाई मन पारेर बिहे गर्ने फैसला गर्दै हुनुहुन्छ भने एउटा कुरामा सम्झौता गर्नैपर्छ ।त्यो के हो भने पाइँले मन पारेकी स्लिम केटीको सरिर बिहेपछि पनि उस्तै स्लिम रहन्छ भन्ने पक्का हुँदैन । अर्थात् बिहेपछि कुनैपनि महिलाको सरिर भद्धा हुँदैजान्छ । त्यसैले अहिले भोलि भद्धा बनेको खण्डमा पनि उस्तै माया गर्ने बाचा गरेर लगनगाँठो कस्ने सुर कस्दा राम्रो होला । अमेरिकामा गरिएको पछिल्लो अनुसन्धानले बिहेपछि महिलाहरु मोटाउने र सम्बन्ध विच्छेदप्रति पुरुषहरु मोटाउने तथ्य पत्ता लगाएको छ । ओहायो श्वविद्यालयमा गरिएको अनुसन्धानले यस्तो देखाएको हो । महिलाहरुले बिहेपछि आफ्ना पतिको वा कर्मघरका मान्छेहरुको बढि सेवा सुश्रुषा र्नुपर्ने हुन्छ , जसका कारण उनीहरुले आफ्नो सरीरको तन्दुरुस्तीको लागि समय दिन पाउँदैनन् । बिहेपछि महिलाहरु बढि आत्मविश्वासी बन्ने र आफ्नो जिउडाल र सुन्दरताको मामिलालाई कम मात्र महत्व दिने गरेकाले पनि सरिर मोटाउँदै जाने अनुसन्धानकर्ताहरु बताउँछन् । अध्ययनकर्ताहरुले पुरुषहरु भने बिहेपछि दुब्लाउने र डिभोर्सपछि मोटाउने गरेको बताउँछन् । बिहेपछि पुरुषहरुले मानसिक मात्र होइन शारीरिक रुपमै बढि उर्जा खर्च गर्नुपर्ने हुन्छ । अर्को कुरा बिहेपछि पुरुषहरु आफ्नो तन्दुरुस्तीको मामिलामा समेत महिलाको भर पर्छन् सैले जब डिभोर्स पछि उनीहरु एक्ला हुन्छन् उनीहरुलाई व्यायामको होस हुँदैन

तौल घटाउने सजिला घरायसी उपायहरु ……

भदौ ७ । के तपाई आफ्नो मोटो पनले गर्दा समस्यामा हुनुहुन्छ ? चिन्ता नगर्नुहोस्, शरीर मोटो र दुब्लो हुनु चिन्ताको विषय होइन शरीर स्वस्थ हुनु चाहिँ आवश्यक हो । मोटोपनाले केही असहज पैदा गर्छ नै यस कारण शरीरको तौल सन्तुलनमा राख्नु अति आवश्यक छ । हामीलाई थाहा भएकै कुरा पनि हो– यदि तौल घटाउनु छ भने ऊर्जाको सन्तुलन सधैँ ऋणात्मक हुनै पर्छ । तर दुब्लाउनु छ भने ऊर्जाको आयात (खानपिन) घटाउने तथा ऊर्जाको खपत (उपयोग) बढाउनुपर्ने हुन्छ । तौल घटाउने सजिला घरायसी उपायहरु : 

* एक समयमा नियमित पानी पिउनुहोस् । जसले गर्दा मेटाबोलिजम बढ्छ र शरीरबाट विषालु पर्दाथ बाहिर निस्कन्छ । पानी पिउनाले पनि शरीर स्वस्थ रहन सहयोग पुर्याउँछ । 

* खेलकुद अथवा व्यायाम एउटा मात्रै अति नै प्रभावकारी उपाय हो, जसले स्फूर्ति बढाउँछ, स्वस्थ बनाउँछ, रक्तचाप तथा चिनीरोगविरुद्ध लड्ने शक्ति प्रदान गर्छ । व्यायाम र खेलकुद गर्ने व्यक्ति चलायमान हुन्छ । यसले तौल नियन्त्रण गरी निरोगितातिर डोर्याउँछ । त्यसैले व्यायाम र खेल खेल्न अल्छी मान्नुहुँदैन ।

 * जूसको सट्टा फलफूल आनाले पनि तौल कम गर्न सकिन्छ । फलले जुसको तुलनामा भोक पनि कम गर्छ । फलमा घुलनशील फाइबरको मात्रा बढी हुन्छ । त्यसैले प्रत्येक दिन दुइपटक फलफुल खानुहोस ।

 * तौल घटाउन क्यालोरीयुक्त खाना कम गर्नुपर्छ । त्यसैले अल्कोहलको सेवन कम गर्नुस किनभने हरेक पल्टको अल्कोहल सेवनमा तपाइले १०० देखी १५० क्यलोरी खानुहुन्छ ।

 * उमेर अनुसारको खानपान गर्नुहोस् । बढ्ने उमेरमा खानाको आवश्यकता बढि पर्ने भएपनि ४० वर्ष नाघिसकेकाहरुले भने चिकित्सकहरुको सल्लाहहनुसार मात्र खाना खानु उपयुक्त हुन्छ । 

* हरेक बिहान हल्का मनतातो पानीमा कागती र मह मिसाएर सेवन गर्ने गर्नुहोस् यसले तौल कम गर्न सहयोग गर्छ ।

दलित महिलाबाट जन्मिएका छोरालाई मन्त्री कृपाशुर शेर्पाको धम्की – ‘मेरो पछि नलाग, ज्यानै लिन सक्छु’

मेरो नाम गणेश शेर्पा हो । बुबा कृपासुर शेर्पा र आमा धनमाया दर्नाल हुन् । जागिरको सिलसिलामा बुबा कृपासुर ताप्लेजुङ सदरमुकाम फुङलिङमा जानुभएको रहेछ, बुबाले फुङलिङमा सूर्यमान गुरुङको घरमा डेरा गरी बस्नुभएको रहेछ उतिवेला । त्यहीवेला मेरी आमा धनमायासँग प्रेमविवाह पनि गर्नुभएछ । उहाँहरूको सम्बन्धबाट म २०३७ मंसिर १ मा जन्मेको हुँ । औपचारिक विवाह नभएकी महिलाबाट बच्चा जन्मेपछि छरछिमेकी र चिनेजानेका सबैले आमालाई सोधेछन्– यो बच्चाको बाउ को हो ? आमाले जवाफ दिनुभएछ– कृपासुर शेर्पा । मैले थाहा पाउँदा सबैले आमाको कुरा काट्थे । सबैले मलाई बाउ नभएको केटो भन्थे । अरू के–के भन्थे, म सानो छँदा सबै थाहा हुने कुरा पनि भएन । आमा–बुबाबीच विवाहले वैधानिकता पाएको रहेनछ । यही मारमा म पनि परेँ, आमा पनि पर्नुभयो वैधानिक विवाह नभई बच्चा जन्मेको भनेर गाउँघरमा आमाले अपमान सहनुपर्‍यो । आमा माइत बस्नुभएको थियो । हामीले सबैको हेला सहनुपर्‍यो । म जन्मेपछि बाबा फुङलिङबाट भागेर हिँड्नुभएछ । आमाले अवहेलना सहेर भए पनि मलाई हुर्काउनुभयो । माइती बसेर मलाई बढाउनुभयो । आमासँग पैसा थिएन । अरूको काम गरेर नै मलाई हुर्काउनुभयो । आमा अरूको घरमा काम गर्न गएको म पनि देख्थेँ । म पनि आमाको पछि–पछि जान्थेँ । म सात–आठ वर्षको हुँदा बुबाबारे केही कुरा थाहा पाएँ । जिल्लामा एकजना पूर्वमन्त्री हुनुहुन्थ्यो विष्णु मादेन । उहाँले ‘तेरो बुबा काठमाडौंमा छ, जानुपर्छ, म तलाई काठमाडौं लैजान्छु’ भन्नुभएको थियो । त्यतिवेलादेखि नै हामीले उहाँलाई खोज्न थालेका हौँ । मेरा दुईजना मामा ब्रिटिस आर्मीमा हुनुहुन्थ्यो । उहाँहरूले पनि मेरो बुबा खोज्न पहल गर्नुभएको थियो । तर, हामीले बुबालाई भेटाउन सकेका थिएनौँ । कान्छो मामाले धेरै मिहिनेत गर्नुभयो बुबा खोज्न । उहाँले हामीलाई धेरै माया पनि गर्नुहुन्थ्यो । माइतीघरमा आमालाई हेर्ने नजर सबैको एउटै थिएन । कसैले माया गर्नुहुन्थ्यो, कसैले हेला । म १० वर्षको हुँदा मामाले मलाई काठमाडौं ल्याउनुभयो । मामाकी छोरी वीर अस्पतालमा काम गर्नुहुन्थ्यो । उहाँले बुबालाई चिन्नुभएको रहेछ । बुबाले काम गर्ने भन्सार अफिस पनि थाहा रहेछ । मामाले सबै परिवारसहित हामीलाई बुबाको कार्यालय भन्सार लैजानुभयो । हामीलाई देखेपछि बुबा एकाएक तर्सिनुभयो । ‘केही होइन, केही होइन, किन यहाँ आएको,’ भनेर उल्टै हप्काउनुभयो । बुबाले मामाको घरको टेलिफोन लिनुभयो । पछि, उहाँले के कुरा गर्नुभयो ? थाहा भएन । म सानै थिएँ । सबै कुरा थाहा हुने अवस्था पनि थिएन । त्यसपछि भने हाम्रो बुबासँग आवतजावत र भेटघाट हुन थाल्यो । त्यसपछि उहाँले सहयोग गर्न पनि थाल्नुभयो । खाना खर्च दिन थाल्नुभयो । पछि, बुझ्दै जाँदा थाहा भयो– उहाँले पहिला नै दुईवटा विवाह गर्नुभएको रहेछ । उहाँको यस्तो कुरा थाहा पाएपछि आमाले ‘किन झुटो बोलेको’ भनेर प्रश्न गर्नुभयो । बुबाले ‘जे भयो भयो, अब यसलाई हल्लाखल्ला नगर’ भन्नुभएको आमाले मलाई सुनाउनुभएको थियो । गएको आठ–नौ वर्ष बुबाले हामीलाई सहयोग गरे पनि त्यसपछि उहाँ हाम्रो सम्पर्कमा आउन चाहनुभएन । हामीले फोनमा कुराकानी गरेर आफ्ना कुरा राख्यौँ । ‘हामीलाई हेरचाह गर्नुहोस्, खान–लाउन दिनुहोस्, छोराको नागरिकता बनाइदिनुहोस्, अंश पनि दिनुहोस्’ भन्यौँ । तर, उहाँले ‘तिमीहरू मेरा केही होइनौ, जे सक्छौ गर’ भन्नुभयो । उहाँले आफ्नो भूमिका निभाउनेतिर ध्यानै दिनुभएन ।


 हामी अधिकारका लागि लडेका थियौँ । अधिकार खोज्न काठमाडौं–२ मा आयौँ र डेरा गरी बस्न लाग्यौँ । उहाँको खोजीकै लागि हामी यहाँ ०६७ पुसदेखि काठमाडौं बस्दै आएका छौँ । यहाँ आएपछि हामीले बुबालाई भेट्यौँ । ‘अब हामीलाई तपाईंसँगै घरमा राख्नुहोस्’ भन्यौँ । उहाँ ‘आज, भोलि, पर्सि हुन्छ’ भन्दै हामीलाई भुलाइरहनुभयो । हामीले पटक–पटक भन्दा मान्नुभएन । उहाँले पछि–पछि त ‘तिमीहरूलाई अंश पनि दिन्नँ, तिमीहरू मेरो पछि नलाग, मेरा पछि लागे जे पनि हुन सक्छ’ भन्दै धम्की दिन थाल्नुभयो । त्यसपछि बाध्य भएर मैले उहाँविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरेँ । यो पोहोर सालको चुनावअगाडिको कुरा हो । मुद्दाको म्याद उहाँले बुझ्नु पनि भयो । त्यसपछि उहाँ ‘आमा र म बसेको ठाँउमा आएर रुनुभयो ।’ उहाँले ‘म संविधानसभा सदस्य हुँ , मन्त्री हुने पालो आएको छ, यो केसले गाह्रो हुन्छ, मन्त्री हुनबाट नरोक’ भन्नुभयो । त्यसवेला उहाँले एक महिनाभित्र नागरिकता बनाइदिने, घर किनदिने भन्नुभयो । आमाले पनि विश्वास गर्नुभयो । ‘ठीक छ, तपाईंले हामीलाई स्वीकार गर्नुहुन्छ भने हामी तपार्इंलाई अप्ठ्यारो पार्दैनौँ, मिलेर जान्छौँ’ भन्यौँ । यसैका आधारमा हामीले ०७१ पुस १८ मा काठमाडौं जिल्ला अदालतमा चलेको अंशमुद्दामा मिलापत्र गर्‍यौँ । मिलापत्र गर्दा उहाँले नै आफैं वकिल खोजेर कागज बनाएर ल्याउनुभएको थियो । यसरी कागज नै गरेपछि अब हाम्रो समस्या हल हुन्छ कि भन्ने आशा गरेका थियौँ । तर, उहाँ आफैँले भनेको समयमा नागरिकता बनाइदिनुभएन । अंश दिने कुरा पनि केही गर्नुभएन । मुद्दा फिर्ता लिएपछि पनि ‘तपाईंले भनेको काम गर्नुभएन’ भनेर सोध्यौँ । त्यसपछि उहाँले उल्टै धम्की दिन थाल्नुभयो । उहाँले भन्नुभयो, ‘तिमीहरूले मुद्दा फिर्ता लिइहाल्यौ, तिमीहरू मेरा केही पनि होइनौ, तिमीहरूले अब अंश पाउँदैनौ, मुद्दा हाले पनि कमजोर हुन्छ, अहिले मसँग घर किन्ने पैसा पनि छैन, मन्त्री भएपछि पैसा होला, म तिमीहरूलाई चिन्दिनँ ।’ उहाँको यस्तो धम्की आएपछि हामीले फेरि कानुनी बाटोमा जाने निर्णय गर्‍यौं र ०७१ माघ २३ मा पुन: उक्त मुद्दाको प्रक्रिया अगाडि बढायौँ । काठमाडौं जिल्ला अदालतमा यो मुद्दा अहिले पनि विचाराधीन छ । हामीले मुद्दा अगाडि बढाएपछि उहाँले धम्की दिन थाल्नुभयो । विभिन्न अपरिचित व्यक्तिहरू पठाउने र धम्क्याउने काम गर्नुभयो । उहाँ आफैं आएर ‘म अहिले माननीय छु, गृहमन्त्री मेरो आफ्नै पार्टीको मान्छे हो, म पनि केही समयपछि मन्त्री हुँदै छु । तँलगायत तेरी आमालाई तुरुन्त सिध्याइदिन सक्छु, हातखुट्टा भाँच्न सक्छु’ भन्नुभयो । त्यसपछि मैले मेरो जिउधनको सुरक्षा पाऊँ भन्दै विभिन्न पार्टीका नेताहरू, आयोग र संघसंस्थालाई निवेदन दिएको छु । गृह प्रशासनको आडमा कतै हामीमाथि खतरा हुने हो कि भन्ने चिन्ता लागेको छ । ‘तँ पत्रकारकहाँ गए पनि केही फरक पर्दैन, म उनीहरूलाई किन्छु’ भन्नुहुन्थ्यो । त्यही भएर म बाहिर गएको थिइनँ । एकजना पत्रकारले धोका पनि दिएका थिए मलाई । अहिले मन्त्री भएपछि कुरा उठेको भन्ने होइन । म १५ वर्षको भएदेखि नै अधिकारका लागि लडेको छु । मिडियामा अहिले मात्र आएको हो । विगतमा बुबाले हामीलाई सहयोग पनि गर्नुभएको छ । भेट्दा सधैं ५–१० हजार दिनुहुन्थ्यो । विवाह गर्दा पनि सहयोग गर्नुभयो । सबै कुरा पैसा होइन । म ३५ वर्षको भएँ, अहिलेसम्म म नेपाली नागरिक हुन सकेको छैन । मेरा पनि एक छोरी र छोरा छन् । उनीहरूले भोलि मलाई के भन्लान् ? अहिले घरजग्गा किनबेच गराएर, एक–दुईजना मानिस विदेश पठाउन सहयोग गरेर खर्च चलाएको छु । मलाई उहाँले छोरा भनेर स्वीकार गर्नुपर्छ । मेरो नागरिकता बनाइदिनुपर्छ । अरू कुरा त म बिस्तारै व्यवस्था पनि गरुँला । आमा अहिले हुनुहुन्छ । डेरामा छौँ । म आमाको उपचारतिर लागूँ कि अदालततिर ? बुबाले भन्नुपर्‍यो । विगतमा बुबाले स्वीकार नगरेपछि आमाले धेरै रक्सी पिउनुभयो । आमाले बजारमै हल्ला पनि गर्नुहुन्थ्यो । उहाँको मनमा यति धेरै पीडा छ, म व्याख्या गर्न सक्दिनँ । मानिस मेरी आमालाई नकारात्मक तरिकाले हेर्थे । आमा एक्लै लड्न सक्नुभएन । मैले उहाँको लडाइँलाई निरन्तरता दिएको छु । नागरिकता नपाएसम्म म लडिरहन्छु । आमा ६७ वर्षको हुनुभयो । अहिले बोल्न नसक्ने अवस्थामा हुनुहुन्छ । दुवै हातका औँला छैनन् । गाउँमा ढिकीले किचेको, राम्रो उपचार भएन । उहाँका सबै औँला झरे । फुङलिङ गाविसले दिएको जन्म सिफारिस र मैले पाँच कक्षासम्म पढेको श्री बालमन्दिर प्राथमिक विद्यालय फुङलिङले दिएको प्रमाणपत्रमा मेरो बुबाको नाम कृपासुर शेर्पा लेखिएको छ । अहिले बुबा मन्त्री हुनुभयो । हामीले खुसी मनाउन पाएनौँ । नागरिकता छैन, सिंहदरबार पस्न सकेका छैनौँ । मलाई केही भयो भने मेरा छोराछोरीको अवस्था के हुन्छ ? के उनीहरू यो देशका नागरिक हुन नपाउने हो ? म प्रधानमन्त्रीज्यूलाई पनि आग्रह गर्छु– मेरा बुबा तपार्इंको सरकारमा मन्त्री हुनुहुन्छ, मलाई न्याय दिनुहोस् । एमाले अध्यक्ष केपी ओलीसँग पनि मेरो आग्रह छ, तपाईंको पार्टीले मलाई न्याय दिलाओस् । म डिएनए टेस्ट गर्न चुनौती दिन्छु ।

 (आफूलाई पर्यटनमन्त्री कृपासुर शेर्पाको छोरा बताउने गणेशले नयाँ पत्रिकासँग गरेको कुराकानी र उनले विभिन्न राजनीतिक दल, संघसंस्था र निकायमा न्याय पाऊँ भन्दै बुझाएको निवेदनका आधारमा) [ हामीले पाठकहरुको लागि काठमाण्डु टुडे मा छापिएको लेख जस्ताको तस्तै साभार गरेका छौ ]


बीरगञ्ज नाका तत्काल खुल्दैनः भारतीय राजदूत


३ कात्तिक, काठमाण्डौ । नेपालमाथि अघोषित नाकाबन्दी गरिरहेको भारतले बीरगञ्ज नाका तत्काल नखुल्ने बताएको छ । बीरगञ्जमा रोकिएका इन्धनका ट्याङ्कर अन्य नाकाबाट भित्राउने उपाय पनि सही नभएको उसले बताएको छ । परराष्ट्रमन्त्री कमल थापाले भारत भ्रमण गरेर आएको भोलीपल्ट नेपालका लागि भारतीय राजदूत रणजीत रायले पत्रकार सम्मेलन गरी हजारौं आन्दोलनकारी सीमा नाकामा बसेर आन्दोलन गरिरहेको हुँदा तत्कालै नाका खुल्ने सम्भावना नरहेको बताए । रक्सौलमा अडकिएर बसेका सवारीलाई अन्य नाकाबाट नेपाल प्रवेश गराउने उपाय पनि सहज नभएको उनले बताए । अन्य नाकाहरु त्यति ठूलोमात्र सवारी थेग्न सक्ने नरहेको भन्दै उनले त्यसो गर्नु सही समाधान हुन नसक्ने बताए । तर, अन्य नाकाबाट दैनिक एक हजारसम्म सवारी साधन नेपाल प्रवेश गरिरहेको उनले बताए । मधेसमा भएको आन्दोलनकै कारण ढुवानी असहज भएको दोहोर्‍याउने राजदूत रायले भारतले नेपालमा कुनै प्रकार नाकाबन्दी नलगाएको र नाकाबन्दी लगाउनुपर्ने कुनै कारण नरहेको जिकिर गरे । नेपालले चीनबाट पेट्रोलियम पदार्थ आयात गर्ने तयारी थालेकोबारे सोधिएको प्रश्नमा राजदूत रायले भने-‘नेपाल सार्वभौम मुलुक हो, चीनबाट पनि ल्याउन सक्छ तर ढुवानी खर्च धेरै हुन्छ ।’ भारतले मधेससँग मात्र नभई सम्पूर्ण नेपालसँग सम्बन्ध मजबुद बनाउन चाहेको उनको भनाई थियो । सम्पूर्ण नेपालसँग नै रोटीबेटीको सम्बन्ध रहेको उनले बताए । तराईमा देखिएको राजनीतिक समस्याको समाधान खोजेसँग आवागमन सहज हुने उनको दावी थियो । सरकार र मधेसबादी दलहरुवीच वार्ता भइरहेको र संसोधन प्रस्ताव समेत दर्ता भइसकेको जानकारी आफुले पाएको भन्दै उनले छिटै समस्या समाधान हुनेमा आशाबादी रहेको बताए । इन्धन अभावमा नेपाली जनताले दुःख पाइरहेका छन, तपाईहरुले पाइरहनुभएको होला नी भन्ने प्रश्नमा राजदूत रायले भने- ‘हामीले पनि तपाईहरुले जस्तै समस्या भोगिरहेका छौं ।’