प्याज भान्सामा नियमित तरकारी वा मसलाकोरुपमा प्रयोग हुने बस्तु हो । कतिपयलाई प्याज मन नपरेपनि अधिकाँशलाई यो मन पर्छ ।
प्याज सामान्य देखिने बस्तु भएपनि यसका दर्जनौं फाइदा छन् । प्याजले रोगसँग लढ्ने क्षमता बढाउँछ भने अनुहार पनि सफा पार्छ । आँखाको दृष्टी बढाउने प्याजले विभिन्न रोगबाट पनि बचाउँछ ।
यहाँ प्याजका १० फाइदाबारे चर्चा गरिएको छ ।
१ कोलेस्ट्रोल सन्तुलित राख्छ
प्याजमा पाइने एन्टी-ब्याक्टेरियल गुणले शरीरमा हुने कोलेस्ट्रोलको स्तर नियमितरुपमा कम राख्छ । प्याजमा हुने तत्वले पाँचन प्रणाली पनि सुधार गर्छ ।
२ मुटुलाई फाइदाजनक
काँचो प्याजले रक्तचापलाई सन्तुलित राख्छ । यसमा हुने मिथाइल सल्फाइड र एमीनो एसिडले कोलेस्ट्रोललाई नियन्त्रण गर्छ मुटुमा हुने रोग लाग्न दिँदैन ।
३ कपालका लागि फाइदाजनक
प्याजले कपाललाई पनि स्वस्थ राख्छ । प्याजको रस लगाउँदा कपाल झर्न रोकिन्छ भने कालो पनि हुन्छ । यसले कपाललाई फुल्नबाट रोकेर कालो पार्ने काम समेत गर्छ ।
४ क्यान्सरबाट बचाउँछ
प्याजमा सल्फर तत्व अधिक हुन्छ । यो पेटमा हुने कोलोन, स्तन वा फोक्सोको क्यानसरबाट बचाउन उपयोगी हुन्छ । यसले पिसावमा हुने संक्रमण समेत रोक्छ ।
५ मधुमेहबाट बचाउँछ
नियमित प्याज सेवन गर्दा शरीरमा इन्सुलिनको मात्र सन्तुलित हुन्छ र मधुमेहबाट बचाउँछ । मधुमेह हुने ब्यक्तिले नियमित खानामा प्याज सलादकोरुपमा खानु राम्रो हुन्छ ।
६ पत्थर
पत्थर भएका ब्यक्तिलाई प्याजको सेवन निक्कै राम्रो हुन्छ । प्याजको रस चिनीसँग मिलाएर शरवत बनाएर सेवन गरेमा पत्थरीको समस्या रहँदैन । प्याजको रस सहितको पानी विहानमा सेवन गर्दा पत्थरी निस्कन्छ ।
७ कब्जियतको समस्या समाधान
प्याज सेवन गर्दा कब्जियतको समस्या पनि समाधान हुन्छ । प्याजमा हुने रेशादार पदार्थले पेटमा हुने समस्याबाट मुक्त गर्छ ।
८ चिसोबाट बचाउँछ
प्याज गर्मी चिज हो । यसले चिसो हुनबाट बचाउँछ । चिसो लागेको समयमा वा रुघा खोकी लाग्दा प्याजको सेवन गर्दा फाइदा हुन्छ ।
९ लू बाट बचाउँछ
गर्मी मौषममा प्याज सेवन गर्दा लू लाग्ने खतरा हुँदैन । प्याजको एक चम्चा रस पानीमा मिसाएर छातीमा मालिस गर्दा फाइदाजनक हुन्छ ।
१० यौन शक्ति बढाउँछ
प्याजले यौन शक्ति पनि वृद्धी गर्छ । सुन्दर यौन जीवनका लागि प्याजको सेवन फाइदाजनक मानिन्छ । पुरुषले प्याजको सेवन गर्दा उनीहरुको यौन शक्ति बढ्छ ।
के तपाई चाया को समस्याले गर्दा तनावमा हुनुहुन्छ ? चाया सरुवा रोग होइन । चायाको समस्या देखिने दर हाम्रो मुलुकमा भने अझ बढी छ । चिकित्सा तथ्यपत्र अनुसार, सेतो धूलोको कणजस्तै देखिने चाया एक प्रकारको निर्जीव छाला हो, जुन कपालको जरो छेउछाउ जम्मा हुन्छ । चाया बढ्दै जाँदा टाउको चिलाउने, छालामा खटिरा/बिमिरा देखिने, छाला सुन्निनेजस्ता समस्या देखिन थाल्छन् । चायाले अनुहार, आँखीभौं, परेला, कानको पछाडिसमेत जम्मा भएर ‘सिबोरिक डर्माटाइटिस’ को रूपसमेत लिने गर्छ । चाया सबै मौसममा हुने गर्छ, जाडो याममा अलिक बढी चाहिँ अवश्य हुन्छ । त्यसैले हिउँद लागेपछि कपाललाई विशेष हेरचाह अत्यावश्यक हुन्छ ।
चायाबाट बच्ने केहि उपायहरु :
१. कपाल सुकाउँ :
चाया पर्दा कपाल रुखो हुन्छ । त्यसैले, कपाल धोएर सुकाउँदा सकेसम्म कुल ड्रायर चिसो हावा प्रयोग गर्ने । यसपछि कपाल कोर्दा ठूलो दाँत भएको काइँयो प्रयोग गर्ने ।
२. दही र कागतीको प्रयोग :
चायाबाट मुक्तिको लागि दही र कागतीको रस मिलाएर कपालमा लगाउनुस्। आधा घन्टापछि कपाल पखाल्नुस्। यसो गर्दा चाया कम हुदै जान्छ ।
३. तनाव ब्यबस्थापन :
तनावले स्वास्थ्यलाई अझ बढी नबिगार्ने स्वास्थ्य अबस्था कतै हुन्छ ? तपाई आफनु स्वास्थ्यमा सुधार गर्न लाग्नु भएकाबेला तपाईँ कस्तो अबस्थाको सामना गर्दै हुनुहुन्छ भन्ने कुरा भनिरहनु पर्दैन । तपाईँलाई तनाव कम गर्ने सल्लाह दिइन्छ । यो चायाको समस्या पनि त्यो भन्दा फरक छैन । औषधीविज्ञहरु तनावले यो अबस्थालाई अझ बढी चर्काउँछ भन्ने कुरामा विश्वास गर्छन् ।
४. ‘हेयर स्पा ट्रिटमेन्ट’ :
चायाग्रस्त रुखो कपालको सुरक्षाका लागि सातामा एक पटक ‘हेयर स्पा ट्रिटमेन्ट’ गर्ने । यसबाट टाउकाको छालासँग जोडिएको चाया पर्ने, कपाल झर्ने, टाउकाको छाला सुक्खा हुने र कपाल दुईमुख हुनेजस्ता समस्या समाधान हुन्छन् । साथै, कपाल चम्किलो र स्वस्थ पनि हुन्छ । ‘हेयर स्पा ट्रिटमेन्ट’ ले टाउकाको रक्तसञ्चार पनि ठीक गराउँछ ।
५. भोजनमा फेरबदल :
स्वस्थ छाला र कपालका लागि भोजनको भूमिकाका बारेमा धेरै पहिलेदेखि थाहा पाइएको छ । जब चाया देखा पर्छ, सामान्यतया जिंक, ओमेगा ३ चिल्लो एसिड, सेलेनियम, अनि बी भिटामिन भएका खानाहरु फाइदाजनक हुन्छन् ।यदि तपाईँ आफ्ना भोजनमा यी कुराहरुलाई संगठित गर्ने प्रयास गर्नुहुन्छ भने चाया को समस्या पनि धेरै कम हुन्छ ।
काठमाण्डौ । अफ्नो श्रीमतिको यौन इच्छा पुरा गर्न नसकेर हैरान भएका एक व्यक्तिले सम्बन्ध बिछेद गरेको घटना हाम्रो अनलाइनमा “श्रीमतिको यौन तृष्णा पुरा गर्न नसक्ने श्रीमानले मागे डिभोर्स “ पढ्नु भएकै होला । नआतिनुस, हामि यस घटना सुनाएर तपाईको यौन शक्तिको बिषयमा प्रश्न गर्न चाहेका होइनौ । हाम्रो उद्देश्य भनेको ति मानिसहरुलाई सहयोग गर्नुहो जो आफ्नो पार्टनरलाई पुर्ण रुपले सन्तुष्ट गर्न नसकेर निरास भएका छन् । यँहा हामि यौन शक्तिलाई कम गर्ने कारकहरु र त्यसलाई हटाउनको लागि खान-पिनका केहि यस्ता चिजहरुको बारेमा कुरा गर्न गइरहेका छौ जसको कारण यौन शक्ति बढाउन सकिन्छ ।
पुरुषहरुको यौन शक्तिमा कमी ल्याउने केहि कारक:
जाँड रक्सी र सुर्तिजन्य बस्तुको प्रभाव: जाँड रक्सी, चुरोट र सुर्तिजन्य बस्तुको अत्याधिक सेवनले लिङगको कोशिकाहरुमा प्रभाव पार्दछ र यो यौन शक्ति कमजोर हुनुको एक मुख्य कारण हो ।
डिप्रेशन:
धेरै तनाबले हार्मोनमा परिवर्तन ल्याउछ । यौन शाक्ति कम गर्ने कारण मध्ये एक यो हो ।
बिरामि:
डायबीटीज र हाई ब्लड प्रेशरले पनि यौन शक्ति कम गर्दछ ।
खान-पानका केहि टिप्स जसलाई खानाले यौन कमी हटाउन सकिन्छ :
सेतो मुसली
यूनानी चिकित्साका अनुसार सेतो मुसलीको प्रयोगले यौन शक्ति बढाउन धेरै फाइदाजनक हुन्छ ।
अदुवा
यौन शक्त बढाउनेमा यसको भूमिका पनि अत्यन्त महत्वपुर्ण हुन्छ । त्यसैले यसलाई खान-पिनमा अवश्य प्रयोग गर्नुहोस ।
खजूर
बादम, पिस्ता र खजूर दैनिक खानाले तपाईले अवश्य फरक महशुश गर्नुहुनेछ ।
लसुन
काचो लसुनको २-३ पोटि दैनिक खानाले तपाईको यौन प्रभाव बढाउनेछ।
ताजा फल
यौन शक्ति कमी भएर पीडित मानिसहरुले ताजा फलहरुलाई आफ्नो नियमित खुराकमा अवश्य सामेल गर्नु पर्नेछ । एजेन्सीको सहयोगमा
क्यान्सर गम्भिर प्रकारको रोग हो । जुनसुकै क्यान्सर लागेपनि पैसा र शरीर दुवैको क्षति हुन्छ । तर क्यान्सरलाई बेलैमा पहिचान गर्न सकियो भने रोकथाम पनि गर्न सकिन्छ । क्यान्सरका लक्षण देखिए भने पनि आत्तिइ हाल्नु हुँदैन । तर नियमितरुपमा जाँच र चिकित्सकको परामर्स भने लिनु पर्छ । हरेक जसो क्यान्सरमा देखिने ५ लक्षण यहाँ प्रस्तुत गरिएको छ । यी लक्षण देखिएभने कहिले पनि वेवास्ता नगर्नुस् । १ दुखाइ शरीरको कुनै पनि अंग वा भागमा निरन्तर दुखाइ महसुस भयो भने यसलाई वेवास्ता नगर्नुस् । पेन किलर खाएर दुखाइ कम गर्ने मुर्खता पनि नगर्नुस् । महिलामा हुने स्तन क्यान्सर शुरुमा पत्ता लगाउन निक्कै गाह्रो हुन्छ । २ ज्वरो ज्वरो आउनु पनि शरीरमा सञ्चो नभएको संकेत हो । नियमितरुपमा ज्वरो आउनु पनि क्यान्सरको लक्षण हुन सक्छ । क्यान्सर रोग लाग्ने समयमा विभिन्न प्रकारले लामो समय सम्म ज्वरो आउने समस्या हुन सक्छ । कहिले काँहि सिजलन ज्वरो आएको भनेर लापर्वाही गर्दा गम्भिर समस्या पनि हुन सक्छ । ३ दुब्लाउँदै जानु वा वजन कम हुनु यदि तपाइँ एकाएक दुब्लाउन थाल्नु भो वा शरीरको बजन १ वा डेढ सातामै १० प्रतिशत सम्म कम भएमा तत्काल जाँच गराउनुस् । कुनै शारीरक अभ्यास नै नगरीकन तौल घट्नु वा दुब्लाउनु राम्रो संकेत होइन । डाइटिङ नै गर्दा पनि एकाएक तौल घट्नु राम्रो संकेत होइन । ४ थकान जतिबेला पनि थकान र कमजोर अनुभव गर्न थाल्नु भो भने बुझ्नुस् शरीर अस्वस्थ छ । क्यान्सरका शुरुवाती लक्षणमा थकान र कमजोर हुनु पनि पर्छन् । खासगरी चुरोट वा खैनी सेवन गर्नेहरुलाई यसमा विशेष ध्यान दिनु पर्छ । कतिपय अवस्थामा रक्तचाप कम हुँदा पनि थकाइ लाग्ने र कमजोर महसुस हुने हुन्छ । ५ तनाव जतिबेला पनि तनाव हुन्छ । दिशा र पिसावको रंग बदलिएको छ भने सतर्क बन्नुस् । यस्तो अवस्थामा सके सम्म छिटो डाक्टरकोमा जानु राम्रो हुन्छ । अधिकाँश मानिस ब्यस्त जीवन नै तनावको कारण भन्ने ठान्छन् तर कहिले काँही यस्तो हुनु गम्भिर समस्याको संकेत हुन सक्छ । क्यान्सकार लक्षण मध्ये अत्याधिक तनाव र शरीर चिलाइरहने समेत पर्छन् ।
मलेसिया: अवैधानिक रुपमा काम गरेको आरोपमा मलेसियाका जेलमा रहेका १७ नेपालीलाई नेपाली दुतावासले नि:शुल्क टिकट उपलब्ध गराएपछि उनिहरु घर फर्किएका छन् ।
मलेसियाको बिभिन्न जेल तथा डिटेन्सन क्याम्पमा रहेका ती नेपालीलाई मलेसियामा कार्यरत रहेका केही संस्थाको सहयोगमा नि:शुल्क टिकट उपलव्ध गराएको दुतावासले जनाएको छ ।
काजाङ्गको सिमोनिया डिटेन्सन क्याम्पमा रहेका पन्ध्र जना, के एलआइ ए डिटेन्सन क्याम्पमा रहेका एक र अर्का एक जनालाई नेपाल फर्काइएको दुतावासले जनाएको छ । मलेसियामा रोजगारीका लागि आएका नेपालीले काम र दाम राम्रो नपाएपछि अवौधानिक बन्ने गरेका छन् ।
अवौधानिक रुपमा काम गरिरहेको अवस्थामा प्रहरीले पक्राउ गरे उनीहरुलाई यहाँको कानुन अनुसार ३ महिना जेल र थप डिटेन्सन क्याम्पमा राख्ने गरेको छ ।
केहि समय अघि जेलमा रहेका नेपालीलाइ घर फर्काउन गैरआवसिय नेपाली संघ मलेसिया, बिजनेश एसोसिएसन मलेसिया र नेपाली कांग्रेस जन सम्पर्क समिती मलेसियाले निशुल्क टिकटका लागि दुतावासलाई सहयोग गरेका थिए ।
जेलमा रहेका नेपालीलाई शुन्यमा झार्ने योजना बनाएको दुतावासले यसमा सहयोग गर्न मलेसियामा कार्यरत संघसस्थासँग समेत अपिल गरेको छ । डिटेन्सन क्याम्पमा रहेर पनि टिकट अभावका कारण घर फर्किन नसकेका नेपालीलाई नेपाल फर्काउने काममा सहयोग गर्न दुतावासले आग्रह गरेको हो ।
दाल तरकारी या अन्य अचार मसलामा राखेर धनियाको पात सेवन गर्ने सामान्य चलन छ । तर बजारमा गएर पनि चाट वा अन्य खानेकुरा खाँदा धनियाको पात मागेर खाने बानी छ भने आजै छोड्नुस्
सही तरिकाले नधोएको धनियाको पातबाट खतरनाक किरा (टेपवर्म) पेटमा पुग्ने र पेट हुँदै दिमाग सम्म पुग्ने विज्ञहरुले बताएका छन् ।
टेपवर्म मस्तिस्कमा पुगेमा मानिसको मृत्यु समेत हुन सक्छ । भारतको ब्याङ्लोरस्थित नेशनल इन्स्टीट्यूट आफ मेडिकल हेल्थ एण्ड न्यू साइन्स (निमहाम्स) का चिकित्सकले गरेको शोधमा यस्तो कुरा पत्ता लागेको हो
यो संस्थामा रहेको एक मात्र ब्रेन म्यूजियममा मस्तिष्क सम्बन्धी शोध भैरहेको छ । यसै क्रममा धनियाँको पातमा किरा पत्याङ्ग्राको संख्या बढी हुने र त्यस्ता पात राम्रोसँग नपखाली खाएमा निक्कै खतरनाक हुन सक्ने चिकित्सकहरुले बताएका छन् ।
होटल वा सडकमा राखिएका खानेकुरा खाँदा धनियाको पात भुलेर पनि खान नहुने समेत उनीहरुको भनाइ छ ।
राम्रोसँग नधोएको धनियाको पात सेवन गर्नु हेलमेट नलगाइ बाइक चलाउनु जस्तै खतरनाक रहेको समेत एक शोधकर्ताले टिप्पणी गरे